फर्की फर्की VS पुजार सार्की

 फर्की फर्की VS पुजार सार्की


आज राति ९ बजे समाचार सुनिरहँदा भोलि २०८१ जेठ १० गते बुद्ध जयन्तीका दिन अनमोल के.सी.को नायकत्वमा अभिनित फर्की फर्की रिलिज हुने र त्यही समयमा प्रदीप खड्का, पल शाह, आर्यन सिग्देल अभिनित पुजार सार्की नेपालभरी रिलिज हुने कुरा थाहा पाएँ । यो समाचार भाइरल भइरहेको छ । ट्रेन्डिङमा पनि यो समाचार छ । राजनीतिक पार्टीको सधैँको महाझगडाहरुलाई धेरै पछि पार्ने यो मनोरञ्जनात्मक भीडन्तले सबैको जिब्रोजिब्रोमा यो समाचार ल्याउन बाध्य बनाइरहेको छ । फर्की फर्कीका निर्देशक सुयोग गुरुङ हुन् भने पुजार सार्कीका निर्देशक दिनेश राउत हुन् उनले आइ एम सरी, नोभेम्बर रेन, प्रसाद, क्लासिक, पर्व, प्रकाश सिनेमाहरु निर्देशन गरिसकेका छन् । अहिलेसम्म ३३ लाखले फर्की फर्की सिनेमाको ट्रेलर हेरिसकेको तथा पुजार सार्कीको ट्रेलर पनि १८ लाखले हेरिसकेको नेटमा उल्लेख छ । फर्की फर्की साइन्स फिक्सन, टाइम ट्राभल वेसको प्रेम रोमान्सले भरिपुर्ण देखिन्छ भने पुजार सार्की दलितले भोग्नु परेको यथार्थ पीडा जुन आज पनि यति दारुण छ कि यसलाई एक पटक हेर्नै पर्ने छ । सम्बन्धित निकायलाई समाधानका लागि अहिल्यै म घच्घच्याउन चाहन्छु । दुईटै सिनेमाको भीडन्त भनी समाचारमा लडाइँ भएर यी दुइटै सिनेमाको हाइप अनि पब्लिसिटीमा धेरै फाइदै भइरहेको छ कि यसले दर्शकहरु लालायित भइरहेका छन् । दुबै सिनेमाको दाबी छ कि पहिले कहिल्यै प्रकाश नपारेका कुरा देख्न र अनुभव गर्न सकिन्छ । दुबै सिनेमाको जनरा फरकफरक भएकाले एउटाको ब्यापारले अर्कोलाई कुनै पनि कुनामा असर नपर्ने देखिन्छ । दुबैका दर्शक फरकफरक हुनेमा दुइमतै छैन । त्यसैले एउटा सिनेमाले अर्को सिनेमालाई पछार्ने अनि एउटा हिरोले ३ टा हिरोलाई पछार्ने, ३ टा हिरोले एउटा हिरोलाई पछार्ने भन्ने कुरा कहीँ कतैबाट पनि ¥याङठ्याङ मेल खाँदैन । 


दुइटै चलचित्रले हाम्रो समाजलाई राम्रो प्रतिफल दिउन् ।

४ टै जना सुपरस्टार भएर निस्किउन् ।

२ टै सिनेमाले बम्पर व्यापार गरुन् ।

सिनेमाको फाइदाले देश विकासमा योगदान पु¥याउन् ।

सबैले काम अनि मामनाम पाउन् ।


अन्तमा:=

सिनेमा असफल भए पनि, स्टार जति सुकै फ्लप भए पनि मेहनत गर्न नछोड्नू । आफुले सक्दो आउटपुट दिन लागिपर्नू , ३० भन्दा बढी सिनेमा गरीसक्दा पनि नायिका केकी अधिकारीले कसरी छलाङ्ग लगारुइन् र आजको समयमा उनी नम्बर १ भएकी छिन्, उनी लगायत सबैलाई बम्पर सफलताको शुभकामना !!!


सिनेमा त अपार सफल भयो । दर्शक सबैले हेरेर समर्थन जनाएको पनि पुष्टि भयो तर ठाउाको मान्छेलाई भन्नैपर्ने भएको छ लौ न नदेखेको, नसुनेको जस्तो नगरिदिनुस् न है ? सम्बन्धित निकायलाई एकदमै आग्रह छ कि आज पनि किन बोक्सी भएर हाम्रा दिदीबहिनीहरु जिउँदै दारुण किसिमले मर्नु परिरहेको छ ? यो समाधान भएपछि मात्रै सिनेमा सफल भएको ठोकुवा गर्न सकिन्छ ।

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा