१७औँ वर्षको गणतन्त्र

 

गणतन्त्रले नेपाल बदल्न सक्छ
हे संसार ! गणतन्त्र विथोल्न नखोज
गणतन्त्र छिटै संस्थागत गर
सत्य निरुपण तथा मेलमिलाप आयोगको काम छिटै सम्पन्न गर
भ्रष्टहरूलाई छिटै कारवाही गर
ती सम्पत्ति सबै सरकारीकरण गर
नेपाली जनताको आस्था मर्न नदेऊ
गणतन्त्र जनताको दैलोदैलोमा ल्याऊ
लाखौँ शहीदको रगत पानी थिएन
त्यही रक्तिम संविधानको रक्षा गर
गणतन्त्र खै कहाँ आयो ?
उत्तर छैन कसैसँग
तर गणतन्त्र मनाउन थालेको १६ वर्ष पुरा भइसकेछ
आजको १७औँ वर्षको गणतन्त्र दिवस सच्चा होस्
सम्पुर्ण उत्पीडितजनलाई भित्रीदिलदेखि शुभकामना !!

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा