Posts

Showing posts from March, 2022

विश्व कविता दिवस मार्च २१को उपलक्षमा“नयाँ राम” कविता “शान्ति सम्झौता" कथा सङ्ग्रहको “नयाँ राम” मै कथाबाट उद्ध्रित

विश्व कविता दिवस मार्च २१को उपलक्षमा मेरो यो “नयाँ राम” कविता “शान्ति सम्झौता शीर्षकको कथा सङ्ग्रहको “नयाँ राम” मै कथाबाट उद्ध्रित गरी यहाँ पाठकवृन्द समक्ष पेश गरेको छु ।  ...म बै...री हुँ फूल...वारी,  ए मु...हार दुरा...चारी ।  के सो.च छ तिम्रो धरी,  हुँ म तिम्रो साक्खै परी ।  भनी उनी मेरो सामु,  बच्ची खै नि भन्नी मामु ।  आँखा बाट आँसुु टोली,  मन मनै मन डोली ।  बोली खोल्न तर्सी तर्सी,  आँखा...बाट बर्सी बर्सी ।  सखी कुन देश बाट,  कस्तो हो यो तिम्रो ठाँट,  मैले केही आँखा भेदेँ,  मैले केही शेष छेडेँ ।  उनी झनै शान्त भई,  आँखा दुई बन्द गरी,  गाह्रो भाव सुझ्न साह्रो,  बुझ्न चाहेँ बढ्यो पारो ।  फेरि होस आए जस्ती,  फेरि ठेस लाए जस्ती,  फेरि केही बोल्न खोजी,  जालो साङ्लो तोड्न खोजी ।  यही हाल मेरो पनि,  मैले पनि भन्नु छ नि,  कुन देश थियो प्यारीे !  केही छैन बोली न्यारी ।  फेरि कता गई कता,  हावा जस्तो भयो छटा,  खोज्न थालेँ बिली गयो,  छायाँ सुद्ध हर...

प्रशङ्ग प्रकाश सपुतको “पिर”

  प्रशङ्ग प्रकाश सपुतको “पिर” प्रायः मैले कथामा रुचि जगाइरहेको छु । थुप्रै कथा लेखिसकेको छु । कथाका बारे यस्तो अध्ययनबाट धेरै कुरा थाहा पाएँ । एउटा कथाको अन्वेषकका रुपमा आफूलाई पाठक माझ उभ्याइरहेको छु विगत २ दशकदेखि । यसपाली “शान्ति सम्झौता” शीर्षकको पुस्तकमा ६४ कथाहरुसहित एउटा “कथाको कथा” शीर्षकको कथाका परिभाषादेखि सबै पार्टपुर्जाहरु केस्रा केस्रा केलाएर लिएर आउँदैछु । तैपनि आफूलाई विद्यार्थी नै लाग्दछ । तैपनि आफुले बुझेसरि अरुहरु प्रायःले अर्कै व्याख्या गरिरहेको देख्दा प्रकाश सपुतको पक्षमा यथार्थ कुरा लेख्न बाध्य भएको छु । प्रशङ्ग “पिर” शीर्षकको प्रकाश सपुतको म्युजिक भिडियोले धेरैको मथिङ्गल ख्रल्बल्यायो । माथा पच्चीस गर्न बाध्य बनायो । जनयुद्धको फल आज कागजमा मात्रै सीमित भएको प्राःयले स्वीकारेको देखिएन बरु फोटो क्रस गरेर बहिष्कार गरेर जनयुद्धको अपमान भएको अती व्याख्या गरी सबै कुर्लिरहेका छन् । नेताज्युहरु ! यस्ता भाइरसहरु बेलैमा खत्तम पानुहोस् । बास्तबमा आज समाज कतातिर जाँदैछ ? किन अधोगतितर्फ जाँदैछ ? नेताहरु चिल्ला गाडीभित्र मात्र बसेर आम सर्वसाधारण जनताको पीर व्यथा कदापि मनन गर...

1+1=3

Image
 शान्ति सम्झौता शीघ्र प्रकाशन हुँदैछ । लेखक बिजु सुवेदी विजय प्रकाशक रत्न पुस्तक भण्डार, वागवजार, काठमाण्डौँ, नेपाल २०७८ फागुन २६ Peace process puplishing soon Writer Biju Subedi Bijay Publisher Ratna Pustak Bhandar, bagbazar, Kathmandu, Nepal 2078 Fagun 26