Posts

Showing posts from April, 2024

सक्कलीनक्कली

 सक्कलीनक्कली श्रीकृष्णलाई सानैबेला उनलाई जन्मेको स्थानबाट कसैले थाहा नपाईकन व्रजमा नन्दकहाँ जन्माएको जस्तै उसलाई पनि राजदरबारमा जन्मेको भए पनि क्रान्तिकारी स्वभावको राजासाहेबले सुदूर पश्चिममा हुर्काउन लगाएका थिए । इतिहास साक्षी थियो, उसका बुबालाई थाहा थियो कि उनीहरूको वंशमा पुस्तौंपुस्ता सधैं राज्यका लागि अंशबन्डा तथा अनेकौँ हत्याकाण्ड हुने गर्दथे । त्यसैले आफ्नो छोराको बचावट तथा जनतामा छोरामार्फत परिवर्तनका न्यायहरू दिलाउन, जनताका दुःख जान्न उक्त राजाले सो कदम चालेका थिए । राजाले मात्र यो कुरा थाहा पाएकाले गर्दा उक्त हुर्केको छोरा युवराजलाई सुदूर जिल्ला भ्रमण गएको बेला हेर्न जान्थे र आफ्ना गुप्तचरमार्फत छोरालाई विदेशी शिक्षा नदिई स्वदेशमै माटोअनुसारको शिक्षा दिन लगाएका थिए । हुन पनि राजासाहेबको परम्पराअनुसार राजा र राजकुमार सँगै बस्नु, हेराहेर गर्नु हुँदैनथ्यो । यो कुरा ज्योतिषशास्त्रमा उल्लेख भएको राजासाहेबलाई राम्रैसँग थाहा थियो । यो गोप्य कुरा महारानीलाई पनि थाहा दिइएको थिएन र राजकुमारलाई छोरा बनाएर हुर्काउने बढाउने धाईआमालाई पनि । यता राजासाहेबको नक्कली छोरा भने सक्कली राजकुम...

माइकल

 माइकल उसको नाम के हो विजयलाई थाहा छैन तर माइकल भनेपछि टोलका सबैले उसलाई चिन्दछन् । विजय बिहानै एउटा स्टान्डर्डको होटेलमा त्यही माइकलसँगै चिया पिउँदै थियो । त्यहाँ उनीहरूले एउटाएउटा समोसा पनि खाए । खाइसकेपछि अलिबेर पैसा जसले तिर्छ उसैलाई फाइदा हुनेजस्तो गरे । विजयले नै पर्स निकालेर काउन्टरमा गएर साहुजीलाई “कति भयो ?” भनेर सोध्यो । “बैसठ्ठी रुपियाँ भो” भनेर साहुजीले भन्यो । विजयले “कसरी ?” भनेर सोध्यो । समोसा एउटाको १६ दुने ३२ रुपियाँ चिया एउटाको १५ दुने ३० रुपियाँ जम्मा ६२ रुपियाँ भन्यो । विजयले ६० रुपियाँ दियो अनि “२ रुपियाँ छुट भो” भन्यो । माइकलले रिसाएर काउन्टरमा २ रुपियाँ ति¥यो । “पैसा काउन्टरमा तिर्ने होइन क्या, हामीले खाएकै ठाउँमा बिल आउँछ अनि प्लेटमा पैसा राखिदिने अनि केही टिप्स पनि दिने । ब्रोले त सारै इन्सल्ट गर्नुभो ।” माइकलले भन्यो । त्यति नै बेला विजयको त्यही टोले गुन्डा टाइपको माइकलसँग बानेश्वरसम्म जाने प्रोग्राम बन्यो । माइक्रोमा बसेर उनीहरू बानेश्वर हुइँकिए । बानेश्वर पुगेपछि विजयले झुत्रो लुगा लगाएको मायालाग्दो बच्चा खलासीलाई तीस रुपियाँ भाडा ति¥यो तर माइकलले त्यो त...

१९औँ लोकतन्त्र दिवसको सन्दर्भ

आज २०८१ बैशाख ११को १९औँ लोकतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण न्यायप्रेमी तथा शान्तिप्रेमी हामी नेपाली जनताको तर्फबाट विश्वलाई नै अतुलनीय योगदान दिने यो लोकतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछु साथै लोकतान्त्रिक पद्धति अनुरूपको पर्याय शान्ति सम्झौता को यहाँ लेखाजोखा गर्ने सानो प्रयास गरेको छु । दुई एकदमै बिपरीत सिद्धान्तका पक्ष बीच हाम्रो देश नेपालमा एक दशकसम्म हिँसात्मक द्वन्द्व भइरह्यो । सर्वसाधारण जनता पनि कुनै एक पक्षका पिछलग्गू बन्नै पर्ने वाध्यता थियो । यसको समाधान कहिल्यै निस्कन्न जस्तो भइरहेको थियो । यस्तो धेरै कालो मडारिरहेको बादलले हाम्रो देशलाई तहसनहस नै पारेको थियो । यसको निकास निस्कने कसैले आश गरेका थिएनन् तर त्यही चाँदीको टलक देखाप¥यो । त्यो उज्यालो झिल्को लोकतन्त्रले विस्तृत शान्ति सम्झौता को जगमा देशमा अमनचयन कायम भयो । यसरीे दुई एकदमै विपरीत पक्ष बीच लोकतान्त्रिक मूल्यमान्यता अनुरूप अन्तराष्ट्रिय मानव अधिकार आयोगको प्रत्यक्षअप्रत्यक्ष योगदानमा शान्ति सम्झौता भएपछि हाम्रो देशमा द्वन्द्वकाल समाप्त भयो । पहिलेका ती कहरयुक्त पीडाबाट जनताले छुटकारा पाए । अब देशले ...

स्वागतम् नयाँ वर्ष २०८१

Image
  स्वागतम् नयाँ वर्ष २०८१ तपाईंले यो शरीर छोडेपछि , विगतका यादहरू सम्झनु हुन्छ कि विर्सनु हुन्छ भन्न सक्नुहुन्छ ? तपाईंको मायालु आत्माले शरीर छोडेर यो सृष्टि पनि छोड्छन् । फेरि प्रत्येक विहानीको कुञ्जसँगै नयाँ यात्रामा गइरहनेछ तपाईंको जीवन । तपाईंको प्रत्येक ढुकढुकीको धड्कन तपाईंको आत्माको तपाईंलाई आत्मीय सम्झना जीवनका जुनसुकै यात्रामा पनि हुनेछ । मायालुभन्दा धेरै निकट मायालुको पनि महामायालु त्यो नै त हो तपाईंको आत्मा तपाईंको अस्तित्त्व । समयको अनन्त निरन्तर यात्रासँगै हामी पनि यसरी नै यात्रुझैँ यात्रा गरिहेका हुन्छौँ । तैपनि हामी समयलाई नापी नयाँ समय भन्छौँ । यो नयाँ वर्ष त ऋतुको परिवर्तन जस्तै मात्र हो । नयाँ ऋतुमा नयाँ पाउला पलाएसरि हामीले नयाँ उमङ्ग, हर्ष, जाँगरहरु यथेष्ट रुपमा ऊर्जावान भएर नयाँनयाँ वहार फैलाइनै रहनुपर्छ , अझ परिपक्व बन्दै जानुपर्छ । विगतका अनुभवलाई मनन गर्दै अझ परिस्कृत बन्दै जानुछ । यसरी सफलतामा अचूक पाइला चालिरहनु  भनेको नै नयाँ वर्षतिरको बहारिलो निरन्तर यात्रा हो । समय त्यो समय हो जुन आफ्नो असल कार्यमा डो¥याउँदै लग्दा साङ्गितिक किसिमले डोरिन्छ , एउटा म...