स्वागतम् नयाँ वर्ष २०८१
स्वागतम् नयाँ वर्ष २०८१
तपाईंले यो शरीर छोडेपछि , विगतका यादहरू सम्झनु हुन्छ कि विर्सनु हुन्छ भन्न सक्नुहुन्छ ? तपाईंको मायालु आत्माले शरीर छोडेर यो सृष्टि पनि छोड्छन् । फेरि प्रत्येक विहानीको कुञ्जसँगै नयाँ यात्रामा गइरहनेछ तपाईंको जीवन । तपाईंको प्रत्येक ढुकढुकीको धड्कन तपाईंको आत्माको तपाईंलाई आत्मीय सम्झना जीवनका जुनसुकै यात्रामा पनि हुनेछ । मायालुभन्दा धेरै निकट मायालुको पनि महामायालु त्यो नै त हो तपाईंको आत्मा तपाईंको अस्तित्त्व । समयको अनन्त निरन्तर यात्रासँगै हामी पनि यसरी नै यात्रुझैँ यात्रा गरिहेका हुन्छौँ । तैपनि हामी समयलाई नापी नयाँ समय भन्छौँ । यो नयाँ वर्ष त ऋतुको परिवर्तन जस्तै मात्र हो । नयाँ ऋतुमा नयाँ पाउला पलाएसरि हामीले नयाँ उमङ्ग, हर्ष, जाँगरहरु यथेष्ट रुपमा ऊर्जावान भएर नयाँनयाँ वहार फैलाइनै रहनुपर्छ , अझ परिपक्व बन्दै जानुपर्छ । विगतका अनुभवलाई मनन गर्दै अझ परिस्कृत बन्दै जानुछ । यसरी सफलतामा अचूक पाइला चालिरहनु भनेको नै नयाँ वर्षतिरको बहारिलो निरन्तर यात्रा हो ।
समय त्यो समय हो जुन आफ्नो असल कार्यमा डो¥याउँदै लग्दा साङ्गितिक किसिमले डोरिन्छ , एउटा मीठास ल्याइदिन्छ , झङ्क्रित तुल्याइदिन्छ । धेरै सानो शून्यको बीजबाट आज हामी भीमकाय शरीरमा छौँ, यसको सदुपयोग गर्नु छ । बहुपयोग गर्नु छ । जान त फेरि महायात्रामा जानु नै छ । गीतका सूर, लय तालमा आफुलाई ढाल्दै नवयुगको समय निरन्तर आइरहन्छन् । फेरि जीवन घर्किन्छ , फेरि अर्को लयसूर समाई अर्को सुरम्य गीतियात्रामा झङ्क्रित भइरहन्छ । यसरी नै नयाँ वर्षहरु आइरहन्छन् । अब त हामी यो वर्षको सङ्घारमा आइसक्यौँ ।
धर्तीका आडमा छौँ हामी । त्यसैले त धर्तीको टेकाको सहारामा छौँ हामी । “सुखदुःख केही नभनी यो पापी संसारमा बोक्ने आँट गर्यौ । एउटा अथाह स्नेहले लेपन गरी प्रेम बर्षाएर अँगालोमा सदा राख्यौ । बर्षको जाडो गर्मीका थुप्रै याममा डो¥याउनु भयो ।” जसरी हामी यसरी धर्तीबाट जन्मभूमिरुपमा मातृवात्सल्य पाउँछौँ त्यसरी नै प्रत्येक नयाँ वर्षको वात्सल्यले हामीलाई झङ्क्रित पारेको हुन्छ , हाम्रो मनमुटु भित्रसम्म छोएको हुन्छ । यति अचूक मायाप्रितिको प्रकृतिकी खानीको ममत्त्वमा बाँच्दा पनि आज मानवले प्रत्येक कुराको मोल तोकिरहेको छ । यो यान्त्रिक अनि आर्थिक विसङ्गति परिवेशमा आफ्नो खोल शरीर विछोड होला भन्ने त्रासमा मृत्युसँग डराएर आफैलाई अवमूल्यन गरिरहेछन् । मृत्युलाई बिर्सन खोजेर एक्लोपनमा ल्याइदिन्छ , दुःखको बर्षात गरिदिन्छ । शिशिरपछि सबैको वसन्त आउँछ । एकपारि दुःख भए अर्को पारि सुख पनि हुन्छ । एक पल्ला भारी भए अर्को पारि हलुङ्गो पनि हुन्छ । जति सुविधा लिन्छौ तिमी त्यसको अवश्यै सोधभर्ना जसरी पनि जुनसुकै बेला पनि तिर्न तयार हुनैपर्छ । हामीले जति राम्रो गछौँ नि त्यति आत्मविश्वास बढ्छ किनकि हामीले कसैलाई नराम्रो गरेका हुँदैनौँ , हामीलाई कोही कसैसँग डर पनि हुँदैन । बरु अनैतिक रुपमा जसले धन थुपारेको हुन्छ उसलाई ग्लानीले पोल्छ , उसको धन सुरक्षा गर्न उसले ठूलो पाप गर्नुपरेको हुन्छ । त्यसैले नयाँ वर्षको उमङ्गमा देखावटी, बनावटी अनि झूटको कदापि लेपन हुनु हुँदैन, यसले त हानीबाहेब केही गर्दैन । बरु यसमा सत्य, निष्ठा, दीनप्रति आस्था, ब्रह्माण्डसँग साक्षात्कारले अवश्य नै जिन्दगीमा उत्साह, उमङ्ग भरिदिन्छ । यही नै हो नयाँ वर्ष भनेको पनि । किनकि जसमा सबैतिर भलाइ हुन्छ त्यही नै हो नयाँ उमङ्गको नयाँ वर्ष । क्यालेण्डर फेर्नुमात्र नयाँ वर्ष होइन, यसैको फौहारले सर्वत्र उजाड ठाउँमा सिन्चन गरी नयाँ वर्षश्रपी बहार ल्याउनु अत्यन्तै आवश्यक छ । यस्ता अनेकौँ कुत्सीत नकारात्मक पन्नाहरु फेरिएपछि मात्र नयाँ वर्षको पन्ना सुवासिलो किसिमले उमङ्ग लिएर आउँछ ।
तैपनि हाम्रो जीवन कस्तो ?अर्थिय संसारको उल्झनमा छ । जसले पनि जीजीविषाका लागि आफ्नै मोल तोक्नुपर्ने भएको छ । यो पापी संसारको लीला हो । नाम कमाउनको पछि लाग्नै पर्ने विवशता नत्र अस्तित्त्व संकटमा पर्ला है रु तर नाम कमाउने नाममा पापी संसारको साँसारिक स्वार्थीपनले बदनाम भइरहेको चाल पायौँ कि पाएनाँ रु त्यसैले त वरिष्ठ व्यक्तिसँग सिक्नुपर्छ । जति हामी वरिष्ठतामा जान्छौँ त्यति नै नयाँ वर्षहरु आइरहेको भान हुन्छ । त्यसैले त सानालाई माया गर्नुपर्छ , सिकाउनु पर्छ , हेला गर्नु हुँदैन, पहिले त्यो ठाउँमा आफु पनि थियौँ भन्ने बुझ्नु जरूरी छ m उहााहरुलाई पनि खुड्किलाबाट माथि जान सिकाउनु पर्छ । विहङ्गमयी यो जीवनमा विचारहरू छताछुल्ल छन् तर पानी हाँसले सरि यसलाई फिल्टर गरी दूधको दूध पानीको पानी छुट्ट्याई न्यायीक यात्रामा सबैलाई लैजानु आवश्यक छ । कसैसँग कसैले ढााट छल गर्न नपरोस् । सबैले इमानदार हुने अवसर आओस् । आज पैसा कमाउन देशै बेची हिँड्ने अवस्था कसैको नआओस् । नयाँ वर्षके सङ्कल्प यस्तो होस् कि अब कसैले अरूको कमजोरीको खापलाई सिँढी बनाई उक्लिन नपरोस् । गुरु त एक माझी हुन् , तार्दै तार्दै उनले कतिलाई कहाँबाट कहाँ पु¥याए , यही त हो पावन सहारा । आफुले देखेको सुरम्य बाटो अरूलाई देखाइदिने जस्तो अन्धकार हटाउने कार्य जति राम्रो अरू के होला रु आफ्नो जीवनलाई हेरौँ । न हामीलाई भविष्य थाहा छ , न हामीलाई भूत थाहा छ , थाहा छ त बस वर्तमान । वर्तमान परिप्रेक्ष्यमा जसले उद्धार गर्छ उनै सच्चा सपुत हुन्छ । अस्तित्त्वरूपी गुरुको प्राकृतिक शिक्षा पनि यही हो । यही नै वर्तमान त हो नयाँ वर्ष ।
फेरि त्यही दिन आउँछ फेरि त्यही रात आउँछ । फेरि सपना आउँछ फेरि विपना आउँछ । हामी बीचका नकारात्मक सबै मात्र सपना बनुन् । सकारात्मक सबै विपना बनुन् हाम्रा कल्पनाहरू । हामी सधैँ नयाँ वर्षलाई मात्र हेरिरहन्छौँ, सोचिरहन्छौँ , कल्पिरहन्छौँ , महाकाव्य लेखिरहन्छौँ । तैपनि प्रेममा अथाह सुनामी झैँ अविरल बहिरहन्छौँ । पौडिरहेका छौँ हामी प्रेममा । यो प्रेमको सागर वितेका पल सम्झिँदा बर्षिन पुग्छ । यो प्रेमको सागरले सबै कसिङ्गर बढारिरहन्छौँ । यो प्रेम अति उच्च, सम अनि बालापनको छ । यो प्रेम निश्छल, निस्कलङ्क छ । यो प्रेमलाई जे भने पनि आत्मालाई भनेसरि हुन्छ । प्रेमको कुरा गर्दा हाँसोमा पनि सावने आँसु छल्किन्छ । यो प्रेमले भित्री मन छुन्छ । मुटु पगाल्छ । अत्यन्तै उचाइदेखि अत्यन्तै गहिराइसम्म स्वच्छ बनाइदिन्छ । सबैको व्यवहारमा, सबैप्रति यस्तै कायम भइरहोस् स्वच्छ, प्रत्येक नयाँ वर्षमा शपथ खाएसरि अतयन्तै प्रेमील अनि ताजगी तथा सबैकुरा सकारात्मक ।
भूल आहा यो शब्द जति नकारात्मक छ । त्यति नै व्यक्तित्त्व विकास गर्ने अनि समाज सुधार्ने बौद्धिक अस्त्र हो । जब भूल गरेको महसुस हुन्छ तब त भूल स्वीकार हुन्छ । भूल स्वीकार असल मान्छेले मात्र गर्न सक्छ । यदि पछि कहिल्यै त्यो गल्ती नदोह¥याउने प्रण गर्ने प्रेरणा भनेको भूल स्वीकारिताबाट नै प्राप्त हुने हो । त्यसैले यो गहिरो पाठ हो । ०८० सालमा जे भूल गयौँ त्यो पानीका तरङ्ग विलाएझैँ विलाउँदैछन् । यसलाई अनुभवी हीरिलो शिक्षाका रूपमा लिन सकिन्छ ।
वितेका वर्षका देशभक्ति, प्रेम, जीवन दर्शन, मनोवादआदि दार्शनिक विचारहरू पोखिरहँदा, यादहरू ताजा बनी आइरहन्छन् । कुमालेले बनाएसरि अनेकौँ सिर्जना गरिहेछौँ हामी । हामीलाई पनि निखार्न भगवानले कुमालेको चक्काले मेहनत गर्नुहुन्छ । यसरी कुमालेको मन्थनजस्तो बहुआयामिक चक्करमा छौँ हामी । संसार हामीले यसरी अनन्त चक्रमा देख्छौँ तर संसारको यो एक आयाम मात्र हो । यस्ता असीमित चक्काहरू छन् । यसरी नवीन रूपहरू निख्रिरहन्छन् । यही त हो प्रकृतिरूपी चक्काको समय चक्रसँगै निख्रिकन तीख्रिकन कोपीलाबाट फैलिएर फक्रिएर उन्मादिलो वयस्क पूmल बन्ने प्रक्रिया । समय वितेको दुईदिनजस्तो मात्र छ तर एक्कासी ८१ साल आइसकेछ । नयाँ वर्षको शुभकामना ! शुभकामना !! शुभकामना !!!
२०८१ /०१/०१
बिजु सुवेदी विजय

Comments
Post a Comment