यसरी असल लेखक बनौं
दुःख सहन्छ त पीडा रहन्छ । कसैले मन फुकाउन बह कहन्छ त कसैले कुनै कुरामा उठाउनै आवश्यक कुरामा आवाज नउठाउँदा आक्रोशित भएर आवाज उठाउँछ । यस्तो आवाज ठाउँमा उठाउन सक्नुपर्छ । अनि मात्र ऊ सफल हुन्छ । तर आजभोलि प्रायः सबैजसो असफल भएको देखिन्छ । यसैका कारण दुःख सहेका प्रायः व्यक्तिहरु प्रतिरोध गर्न विर्सिरहेका छन् । म १ कक्षा पढ्दा कवि दुर्गालाल श्रेष्ठको नेवारी कविता यहाँ नेपालीमा भन्न उपयुक्त ठानेको छु :– घाउ भएर त रोएको हुँ । दुखेकोले त स्वर निकालेको हुँ । म मरेको छैन, हामी मरेका छैनौँ भनेर मात्रै प्रस्तुत गरेका हौँ । यस्तो आवाज उठाउँदा अवश्यनै सञ्चार माध्यमको आवश्यक हुन्छ । यो आवाज उठाउने कुरो अवश्य नै राम्रो कुरो हो । समाजलाई जगाउने कुरो हो । हामीले बेलाबेलामा मात्र होइन, निरन्तर समाजलाई झक्झकाइरहन्ु पर्दछ । अनि मात्र हाम्रो समाज उज्यालो प्रगतीशील बाटोतर्फ निरन्तर अगाडि बढ्न समर्थ हुन्छ । यस्ता समाजलाई उठाउने कुराका लागि विभिन्न कार्यक्रमहरु, पत्रपत्रिका, चलचित्र, टेलिभिजनका समाचारबाट पनि हुन्छन् । तर यसरी जुनसुकै माध्यमबाट समाजलाई प्रस्तुत गर्दा पनि समाज टसको मस हुँदैन । यस लेखकला...