Posts

Showing posts from February, 2024

हरे ! यो विश्व कता गइरहेको छ ?

जनयुद्ध, जनयुद्ध हो जुन धनयुद्ध होइन जुन ब्यापारका लागि होइन  ननै रवाफका लागि जसले देशका लागि लड्छन् बलिदानी दिन्छन् गर्वले छाति चौडा गर्छन् न कि युक्रेनका लागि  न कि रसियाका लागि यो त आम मानिसका समस्या समाधानका लागि हुनुपर्छ आज युक्रेन र रसियामा दोस्रो, पहिलो विश्व युद्धमा सरि आफ्नै परिवारका दुईसदस्य बीच पनि काटामार चलिरहेको छ अरु त अरु हामी नेपालीका साख्खै दाजुभाइ पनि  एक आपसमा बम हानी  झिगा माकुरासरि मरिरहेछन् यो के का लागि ? कसले जितेर कसलाई फाइदा हुने हो ? के इराकमा टाउका काट्दा अनि युक्रेनमा अनि इजरायलमा अहिले जान सजिलो हुन्छ भनी कति मर्न गए कति यो त सरासर मर्न जानु हो ओहो ! ज्यान कति सस्तो पैसा कति बिछट्टै महङ्गो के यो विवसता हो ? के यो पैसाका लागि जे पनि गर्ने हो ?् यही हो पक्ष विपक्ष यो कदापि ठीक होइन यी दुबै पक्षलाई बिपक्ष बनाउनु आजको समयको माग हो यो नै त हो शान्ति सम्झौता समय धूर्त भइरहेको छ शान्तिका लागि कसैले लगानी गर्दैनन् युद्धका लागि पुस्तौँको यथेष्ट लगानी हुन्छ ज्यानको लगानी हुन्छ आहूती हुन्छ भएन परिवर्तन कतै व्यवस्था नयाँ आयो जनता जहाँको त्यहीँ...

कथा ः ३०० जोर मोजा हरायो ।

 कथा ः ३०० जोर मोजा हरायो । यो कुनै बनावटी कुरो होइन तर यो कुरा कसैको पनि घटेको छैन होला जस्तो लाग्छ मलाई । खालि यै कुराले मात्र मलाई हुँडलिरह्यो । त्यसैले पीडा शान्त पार्न पनि मैले वकिललाई जस्तै बक्नै पर्ने भयो । त्यसलै यसलाई तपाईंले बकवास भनी पनि अथ्र्याउन छुट दिएको छु । अनि यो कुरा बक्दा पनि आफन्ती चेतेर भए पनि सुध्रिने नै छन् । के सुधार्ने कार्य राम्रो होइन र ? आफन्तका बारे मलाई भन्न त मन नलागेको हो तर बाध्य भएर भन्नु परिरहेको छ कि यो घटनाको उजागर भएपछि केही भएपनि सुध्रिने आभास पाउन् । मलाई भन्न एकदमै कर लाग्यो यो एउटा भ्रष्टाचारको अकूत नमूना हो । जसलाई मैले घरभित्रैबाट धनयुद्ध लड्नेहरुका विरुछ एकदमै जनयुद्ध लड्नु छ । जिन्दगीका बाटामा अनेकौँ मोडहरु आउँछन्, अनेकौँ घुम्तीहरु आउँछन् । आज यस्तै केही कुरा जिन्दगीका यात्रामा आएका छन् जुन मेरा जिन्दगीका यात्रामा कहिल्यै नभुल्ने डोब बनी आएका छन् । त्यो डोबले मेरो मुटुमा कहिल्यै नमेटिने घाउ बनाएको छ । चसक्कै दुखाएको छ । आफूले जतिसुकै नजिकका भनी भावनाले भने पनि उनीहरुभन्दा धेरै टाढा लग्दो रहेछ । एउटा जिम्मेवारी बोध नभएपछि , जायज कुरामा स...

लेखापरीक्षकका चुनौतीहरू Ealorgy of Auditor & Auditing

  लेखापरीक्षकका चुनौतीहरू  लेखापरीक्षकले लेखापरीक्षण गर्दा थुप्रै चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ । यी चुनौतीहरू विभिन्न क्षेत्रहरूबाट आउन सक्छन्, जसले लेखापरीक्षण कार्यलाई अधिक गहिरो बनाउन सक्छ । लेखापरीक्षकले संगठित संस्थागत मानकहरू, नीति र प्रक्रियाहरूको पालना, लेखा प्रणालीको प्रभावकारीता, र संस्थागत विवेचनको सत्यता र पारदर्शिता निश्चित गर्नुपर्छ । यी चुनौतीहरूसँग सामना गर्न सकेमा संगठनको विभिन्न क्षेत्रहरूमा समान रूपमा अवलोकन गर्न सम्बन्धितनियम र विधिहरूको पालना र लेखा प्रणालीमा सुधार गर्न सक्छ । लेखापरीक्षकले सूचना सुरक्षा र गोपनीयताको संरक्षणमा अत्यन्तै गहिरिएर ध्यान दिनुपर्छ , अध्ययन गर्नुपर्छ किनकि यसले अविश्वसनीयता, उत्पीडन वा नोक्सान गर्न सक्छ । यसमा संगठनको तथ्यांकन, सहज, र प्राथमिकता रहनुपर्छ । संस्थागत लेखापरीक्षणमा समय र संसाधनको प्रबन्धन सकारात्मक रूपमा आवश्यक छ किनकि संगठित र ठूला संस्थाहरूमा लेखापरीक्षणको कार्यक्रम ठूलो र गाढा हुन सक्छ । यसले संगठनलाई नियमित रूपमा प्राथमिकता तथा प्रबन्धन र संचालनको प्रणालीमा सुधार गर्न सक्छ । टेक्निकी विकासको संभावितता र सम्भ...

आजको राजनीति र गर्नुपर्ने कर्तव्य!!!

 आजको राजनीति र गर्नुपर्ने कर्तव्य!!! पोहोरको मात्र कुरो हो सेनाले “हतियार साफ गर्ने !!!”भनेर यही बहानामा सबै आर्मीका अस्त्रशस्त्र प्रदर्शन गरेको ! यस्तोमा वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र सङ्ग्रौलाले तथा यस्तै प्रगथतिवादीहरूले यो संस्थागत हुने अवस्थाको गणतन्त्रको धज्जी उडाइरहँदा कसलाई फाइदा पुग्न गयो त्यो मिहीन ढङ्गले उनीजस्ता वरिष्ठ प्रगतिवादी लेखकले मिहीन ढङ्गले यतापट्टि पनि सोच्नु अत्यन्तै अत्यावश्यक छ । सेनाको द्वैध चरित्र मात्र होइन ६–७ तहको द्वैध चरित्र मैले सामना गरिसकेको छु , मेरो यो ४० वर्षे चरम राजनीतिक सङ्घर्षमा ! ०४१सालदेखि निरन्तर राजनीतिमा अपडेट अर्थात् अद्यावधिक भइरहेको छु तर जुन वेला अलिकतिमात्र ध्यान नदिएका समयमा पनि विशाल राजनीतिक चलखेल भएको र हिजोको लाखौँले बलिदानी गरी ल्याएको परिवर्तन धेरै पछि पारेको, प्रतिगमण अरू सशक्त पार्दै लगिएको उदाहरण हाम्रा सामु छर्लङ्गै छन् । पछाडिबाट जतिसुकै हात मिलाउने भन्ने सह्दयी बनी आए पनि ३६ वर्ष साथ दिए पनि ३७औँ वर्ष भयो भनी गद्दारी गर्नेहरू छ्याप्छ्याप्ती छन् यहाँ । धमिलो पानीमा माछो बनाई कति गरे कति । हिजोको पञ्चेहरू कसरी ४७...