Posts

Showing posts from 2011

कविता :- परमात्मा

बिजु सुवेदी "विजय" bijusubedi@hotmail.com १ भारी हुन्छ जिउ जब मृत्युले अङ्गाल्न खोज्छ मनमा कुनै दाग छैन

टाल्सटायको आत्मस्मरण

टाल्सटायले एउटा कहानी लेखेको थियो । पछि उनले त्यसलाई आत्मस्मरण पनि हो भनेर भने । किनकी टाल्सटाय आफै शाही परिवारका थिए । उनले लेखेका थिए । मेरी आमा म सम्झन्थेँ एकदम भावनाशील थिई । पछि मैले पत्ता लगाएँ उनमा भावना भन्ने कुनै चिजै थिएन । थिएटरमा उनको ४-४ रुमाल आँसुले भिज्दथ्यो । जब नाटक शुरु हुन्थ्यो , जब दुःख-ट्राजेडी हुन्थ्यो यत्ति धुवाँधारसँग रुन्थी कि नोकर रुमाल लिएर पर्खिरहनुपथ्र्यो । शाही परिवारकी थिई । तत्काल रुमाल फेर्नुपथ्र्यो ४-४ , ६-६ , ८-८

कविता :-उज्यालो साहित्यलाई समर्थन गरौं

बिजु सुवेदी "विजय" bijusubedi@hotmail.com जीवनमा अँध्यारा पक्षहरु हुन्छन् उज्याला पक्षहरु हुन्छन् रातमा उज्यालोको आवश्यकता पर्दछ अँध्यारोमा उज्यालोको आवश्यकता पर्दछ साहित्यले त्यो बत्ती बाल्न सक्नु पर्दछ

कविता :-तिमीले टेकेको भूमिमा भूइँ छैन हेर त बाबुराम

कविता :-तिमीले टेकेको भूमिमा भूइँ छैन हेर त बाबुराम सत्ता टिकाउन जानेका रहेछौ बाबुराम तिमीले जनतालाई थाहाभैसक्यो तिमीलाई अब सत्ताबाट हटाउन धैरै गाह्रो हुन्छ मधेसीलाई रिझाउन ४९ मन्त्रीका टाइटानीक मन्त्रीमण्डल बनायौ अरुलाई रिझाउन कुनै मन्त्रीको नामसम्म मलाई थाहाछैन भन्यौ भारतलाई रिझाउन बिप्पा सम्झौता गर्‍यौ गरिबलाई रिझाउन मुस्ताङ्ग गाडी चढ्यौ सबैमा १०० मा १०० नम्बर ल्याएको ठान्यौ कुर्सीमा तप गर्ने प्रयास गर्यौ तिमीले योकुर्सी भनेको गजबको रहेछ टाँसिरहन मनलाग्ने लेसिरहन मनलाग्ने सत्ता चलाउने भन्दा भन्दै जेमा पनि जुवा खेलेको भन्यौ बाबुराम तिमीले सायद बाबुराम तिमीले सत्तालाई तासको सत्ता सम्झयौ हे बोर्ड टप बाबुराम सत्ता ,अठ्ठा , छक्का पञ्जा सबै खेल्यौ तिमीले गरिबलाई सपना बाँड्दै यहाँसम्म पुग्यौ तिमी तर गरिबलाईनै वास्ता गर्न छोड्यौ गरिब दुःखीका लागि के गरेका छौ जवाफ छ तिमीसँग ? तिम्रो त पढ्ने र पढाउने काम थियो कसरी तिमीलाई जुवा खेल्न मनलाग्यो ? सायद धेरै पढेकोले पढाइदेखि वाक्क लाग्यो होला तिमीलाई त्यसैले जुवा खेल्यौ तिमीले जनताले तिमीलाई विश्वास गरेर नेपालको साँचो दिए...

७ बुँदे सम्झौताबारे बैद्यपक्षको धारणा

७ बुँदे सम्झौताबारे बैद्यपक्षको धारणा रिपोर्ट तयार पारिएको मिति२०६८ कार्तिक १६ गते बुधवार बेलुकी ११ बजे एकिकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा "वादल"ले आज राजधानीको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको पत्रकार सम्मेलनमा व्यक्त गर्नुभएको धारणा प्रस्तुत गर्नुभएको थियो । एकिकृत नेकपा माओवादीभित्र पछिल्लो समय जुन किसिमको विवाद चुलिएको छ र सेना समायोजन र संबिधान निर्माण शान्ति प्रक्रियाका सम्बन्धमा एकिकृत नेकपा माओवादीको केन्द्रिय समिति,स्थायि समिति लगायतका बैठकहरुबाट जुन किसिमका एउटा रुपरेखा कोरिएको थियो , संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान निर्माणको लागि , जुन किसिमको अभियान चलाइएको थियो त्यसको बिपरित गएर जुन उद्देश्य प्राप्तिका लागि सेना गठन गरिएको थियो , जनमुक्ति सेना निर्माण गरिएको थियो , त्यसको पनि भावना प्रतिकुल गएर जुन किसिमको हिजो ७ बुँदे सहमती भएको छ यस सहमती सम्बन्धमा आज माओवादी बैद्य पक्षले पत्रकार सम्मेलन गरेर आफ्नो आधिकारिक धारणा प्रस्तुत गरेको छ र उसले भनेको छ पछिल्लो समयमा जुन किसिमको सम्झौता भएको छ , यो सम्झौता राष्ट्रघाती छ र यसल...

कविता :- बन्दूकलाई सन्दूकमा राख्न सक्दैनौं हामी

 कविता :- बन्दूकलाई सन्दूकमा राख्न सक्दैनौं हामी मेरो टाउको दुखे दिमागलाई बोझ हुन्छ । मलाई सहन  गाह्रो भए मुटुलाई बोझ हुन्छ । त्यसैले मैले बोल्नैपर्छ , भन्नलाई अब बाँकी राख्दिन । दिमाग र मुटुलाई बोझ पार्न छोडी अब सन्तुलनमा ल्याउँछु । दुनियाँ यो यस्तै छ , राम्रो चिताउनेलाई कसले दिमाग ठीक छ भनेको छ र ! संसारमा सदियौंदेखि यस्तै चलिरहेको छ । झूठको खेती गर्ने पो चलाख हुन्छ यहाँ , साँचो कुरा गर्ने त सोझो , निमुखा हुन्छ यहाँ । दुनियाँ यो यस्तै छ , काम गरी खानेलाई सबैले हेप्छन् यहाँ , जसले पनि यो गर त्यो गर अह्राउँछन् मात्रै । बसीबसी खानेलाई साहू महाजन भन्छन् यहाँ , सलाम , नमस्कार , हजूर टक्र्याउँछन् सधैं । दुनियाँ यो यस्तै छ , नीति नियम पालन गरे धेरै सोझो भन्छन् यहाँ , नियम पालन गर्नेहरु कोही छैनन् यहाँ । त्यसैले त देशको यो हविगत छ , संबिधान नबनाउने षडयन्त्र हुँदैछ यहाँ । संबिधान बन्न सक्दैन भनेर खुशिहुने तिमीहरु । संबिधान बन्न नसकेकोमा दुःखी हुने हामीहरु । १० वर्षो जनयुद्ध गरी राजतन्त्र फालेको हामीले । पुरानो निरंकुश युग फ्याली नयाँ युग ल्याएको हामीले । ...

जनगायक जीवन शर्माको उज्यालो एफ.एममा देउसी

जनगायक जीवन शर्माको उज्यालो एफ.एममा देउसी हे भैलीरे भन भैली रे देउसीरे भन देउसी रे आहै घुम्दै आयौं देउसी रे आहै डुल्दै आयौं देउसी रे आहै देउसीरे खेल्न देउसी रे आहै हजूरैको देउसी रे आहै आँगनीमा देउसी रे आहै छमछम देउसी रे आहै नाच्दै आयौँ देउसी रे आहै  देउसीरे खेल्दै देउसी रे आहै गाउँदै आयौं देउसी रे आहै यो देशबाट देउसी रे आहै नेपाल र देउसी रे आहै नेपालीको देउसी रे आहै दुःख र मर्म देउसी रे आहै कथा र व्यथा देउसी रे आहै देउसीरे मा देउसी रे आहै उन्दै र बुन्दै देउसी रे आहै आयौं हामी देउसी रे आहै  हजूरैको देउसी रे आहै आँगनीमा देउसी रे आहै देउसीरे खेल्दै देउसी रे आहै   आएको हामी देउसी रे आहै आयौँ हामी देउसी रे आहै देउसी रे भन देउसी रे आहै  देउसीरे भन देउसी रे झीलिमिली सबैको घर बर्षदिनको रमाइलो तिहार झीलिमिली सबैको घर बर्षदिनको रमाइलो तिहार झीलिमिली सबैको घर बर्षदिनको रमाइलो तिहार झीलिमिली सबैको घर बर्षदिनको रमाइलो तिहार बर्षदिनको रमाइलो तिहार बर्षदिनको रमाइलो तिहार बर्षदिनको रमाइलो तिहार बर्षदिनको रमाइलो तिहार आहै  भनभन सङ्गीनी ...

गद्य कविता :-तिहार

बिजु सुबेदी कुलेश्वर, काठमाण्डौ bijusubedi@hotmail.com तिहार के ? यो  दिदिबाट भाईले आशीर्वाद लिने चाड हो ? दिदिले भाइलाई मात्रै होइन हरेक ठूला व्यक्तिले आफूभन्दा साना व्यक्तिलाई भित्री हृदयदेखि एक दिन मात्र किन सधैं आशिर्वाद दिनुपर्छ । यत्तिले मात्रै कहाँ पुग्छ र अभिभावककै भूमिका खेल्नु पर्दछ । सानाले पनि त्यसै गरी ठूलालाई  सधैं आदर गर्नुपर्छ । के ? यो काग,कुकुर,गाई,गोरु पूज्ने चाड हो ? सबै जनावरहरुलाई उत्तिकै बाँच्ने अधिकार दिनुपर्छ । सबै प्राणीहरुमा एकसे एक गुण छन् त्यसलाई पो संझनुपर्छ । त्यसबाट पो सिक्नु पर्दछ । त्यसैले गाई-गोरु , काग कुकुर जस्तै अरु जीवलाई सम्झिने शिक्षा लिनुपर्यो । के ? यो  भुइँचम्पा र पटाकाको चाड हो ? पैसा भएको बेला श्रमको मूल्य जलाऊ , अनि पछि पछुताउ । यस्तो नगर्नको लागि देऊ सबैलाई जनाउ । के ? यो  झीलिमिली  रङ्गचिङ्गी बत्तीको चाड हो ? विजुली र तेलको पैसाको हिसाब गर । बर्षौ भरी बत्तीको लाइन नकाटोस् बरु यसको जोहो गर । के ? यो  फलफूल र मिठाइको चाड हो ? यो वेला धेरै खाएर खानेकुरा सकाउ । अरुबेला ग्यास्ट्रीक पाल...

लघुकथा :-सरिताको जिद्दी

बिजु सुवेदी "विजय" bijusubedi@hotmail.com कुलेश्वर , काठमाण्डौं क्रान्तिकारी भएर भूमिगत जीवन विताइरहेका सवल र सुविला दुवैको भूमिगत समयमै बिहे भयो । भूमिगत समयमै बच्चा जन्मियो । बच्चालाई बाबुआमाको छद्म नाम राखेर स्कूलमा पढाइयो , हुर्काइयो । जब उनीहरुको क्रान्तिकारी पार्टी बैध ठहरियो , अपार मत प्राप्त गरेर उक्त क्रान्तिकारी पार्टी सबैभन्दा ठूलो पार्टी बनेर उभियो । उनीहरुको भूमिगत जीवन पनि समाप्त भयो । उनीहरुको बच्चा सरिता अहिले कलेजमा पढ्ने भएकी छे । सरितालाई पनि बुबा आमाजस्तै सफल नेता बन्ने इच्छा थियो । तर त्यो कहिल्यै पूरा भएको थिएन ।  एकदिन सबल देशको मन्त्री बने । सुविला पनि ठूलो  नेता बनिन् । उनीहरुको परिवारलाई विदेशबाट विदेश भ्रमणको निमन्त्रणा आयो । सबल , सुविला र सरिता विदेश भ्रमणमा गए । उक्त दिन सबल विदेशमा मिटिङ्गमा व्यस्त थिए । सुविला र सरिता पुरानो सङ्ग्रहालय घुम्न गए । सरितालाई सङ्ग्रहालयको नजिकको पसलको एउटा खेलौना बाघ साह्रै मन पर्‍यो । बाघको मूल्य सोध्दा पसलेले १००० डलर भनेर भन्यो तैपनि सरिताले किनिदिन जिद्दी गरिन् । ममी बाघ चाहियो , प्लिज किनिदिनुस् । सङ्ग्...

कविता :- गीता उपदेश

बिजु सुवेदी "विजय" कुलेश्वर काठमाण्डौं bijusubedi@hotmail.com किन व्यर्थै चिन्ता गर्‍छौ ? किन डराउने तिमी कोहीसँग ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ न त मर्छनै जे भयो त्यो राम्रो भयो जे भइरहेको छ त्यो राम्रो भइरहेको छ जे हुनेछ त्यो पनि राम्रोनै हुनेछ तिमी भूतको पश्चात्ताप नगर भविष्यको चिन्ता नगर वर्तमान चलिरहन्छ चलिरहेको छ तिम्रो कोही मरेको छैन तिम्रो के गयो ? किन तिमी रुन्छौ ? तिमीले के ल्याएका छौ र ? जो तिमीले गुमायौ तिमीले के उत्पन्न गर्यौ ? जो नाश भइगयो न तिमी केही लिएर आयौ जे लियौ यहीँबाट लियौ जे दियौ यहीँ दियौ जे लियौ यही भगवानबाट लियौ जे दियौ उहाँलाइनै  दियौ खाली हात आयौ खाली हात जानेछौ जुन चिज आज तिम्रो हो हिजो अरु कसैको थियो अझ अस्ती अरु कसैको थियो तिमी यसलाई आफ्नो सम्झेर मग्न छौ बस् यो प्रशन्नतानै तिम्रो दुःखको कारण हो परिवर्तन संसारको नियम हो जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही त जीवन हो त्यो त आत्माको लुगा फेराइ हो जीवन कहिल्यै मर्दैन एकै छिनमा तिमी करोडौंको मालिक बन्छौ एकै छिनमा तिमी दरिद्र हुन्छौ मेरो तिम्रो सानो...

दशैंको गीत

              दशैंको गीत हिंस्रक दानव मथि विजय गरेको चाड विजया मनाऔं । सभ्य शान्ति संग वली विनाको दशैं मनाऔं ।। जुवा तासमा पैसा नफाली मादक पदार्थमा बर्वाद नभई गरौं उत्सव दशैंको भजन कीर्तन विजयाको नाचगान गरौं । ऋणमा डुबेर भविष्य अंधकार नपारी  एक महीनाको गर्जो एकैदिनमा नउर्डाई दशैं मनाऔं । परिवारको सबै सबै सदस्य एकै ठाउँमा बसी बर्ष भरीको सुखदुःख बाँडेर खुला दिलले दशैं मनाऔं । ठूला संग आशीर्वाद लिई सानालाई आशीर्वाद दिई सम्पूर्ण नेपालीले टिका लगाएर महान् चाड दशैं मनाऔं ।                         बिजु सुबेदी "विजय"                        कुलेश्वर, काठमाण्डौं                       bijusubedi@hotmail.com  

वली विना दशैं मनाऔं

बिजु सुवेदी "विजय" कुलेश्वर , काठमाण्डौं                                                          वली विना दशैं मनाऔं पौराणिककालमा रामले रावणमाथि विजय प्राप्त गरेको दिनलाई विजया दशमीको रुपमा मनाइन्छ । रावणको दश टाउको हुन्छ । ती दश इन्द्रियहरुका प्रतीक हुन् । ती दश इन्द्रियमाथि विजय प्राप्त गरौं भन्ने यसको सार हो । आध्यात्मिक साधना गर्दा पनि दश इन्द्रियलाई नै जित्नु पर्ने हुन्छ अनि मात्रै पूर्ण साधना हुन्छ तथा सफल हुन्छ । त्यस्तै दशैंको वेलामा  नवदुर्गामातालाई पूजा गर्ने चलन पनि छ । नवदुर्गामाता भन्नाले शक्तिको नौ वटा प्रतीक हो । जसलाई नौरथा भरी पूज्ने गरिन्छ । नवदुर्गामाता भन्नाले नै स्पष्ट हुन्छ , उनी सबैकी आमा हुन् , जननी हुन् । उहाँका अगाडि सबै जीव छोरा-छोरी हुन् । तर्सथ हिँसा वली गरेर उहाँ खुशि हुनुहुन्न बरु दुःखी मात्र हुनुहुन्छ । उहाँले दानवी शक्तिमाथि प्रहार गर्नु भएको उहाँको विभिन्न नौ प्रकारको रुपलाई हामील...

लघु-कथा : - यो पनि एउटा माग्ने तरिका ।

बिजु सुवेदी "विजय" म एउटा अफिसमा मेनेजरको काम गर्छु । अफिस सधैं १० बजे पुग्थेँ । आज म अफिस निस्कँदा ११ बजेछ । बाटोमा म ल्यापटप राख्ने हृयाण्डब्याग बोक्दै हिँड्दै थिएँ । सधैंजसो बाटोमा भेट्ने नियमित अनुहारको भलाद्मी जस्तो सफा सुकिलो लुगा लगाएको मान्छेले गीत गाउँदै हाँस्दै मलाई हर्दै भन्न थाल्यो । "हजूरको साहूले हजूरलाई भन्नेछ :- मेरो अफिसमा १० बजे आउनु पर्छ । कहिलेकाहिँ ११ बजे आए पनि केही छैन तर १२ नाघ्यो भने तिम्रो जागिर चट ।" उसले मलाई पछ्याउँदै मलाई हेर्दै हाँसेर गाउँदै भन्दै गयो । "हजूरले पनि भन्नु हुनेछ म पनि यो अफिसमा चिया पकाउन आएको होइन । असिस्टेन्टको काम पनि गर्न आएको होइन । मेरो काम भनेको साइन गर्नु हो । अरु काम म गर्दै गर्दिन । काम मकहाँ पास गर्न ल्याऊ बस् । म साइन गर्छु चेकमा , साइन गर्छु चिठ्ठीमा ,लेटर प्याडमा बस् । म साइन गर्छु मेरो साइन गर्ने मात्र काम हो । आखिर म पनि त मेनेजर हुँ नि । मेरो पनि त स्टार्न्र्डड छ नि ।" त्यसपछि म दङ्ग हुँदै उसँग खुशि भएर उसलाई पर्सबाट रु.१००/- को नोट निकालेर  थम्याइदिएँ । ऊ पनि दङ्ग हुँदै अर्को मुर्ग...

कथा : सोनी-महीवाल

कथा : सोनी-महीवाल world famous love stories of great people मैले थुप्रै कथाहरु लेखेर यस www.bijusubedibijay.blogspot.com मा प्रकाशन गरेँ । पाठकहरुले निकै माया गर्नु भयो । मन पराइदिनु भयो । त्यसका लागि पाठकहरुप्रति धेरै-धेरै आभारी छु । तर आज मैले मेरो कथा प्रस्तुत गरिरहेको छैन । मलाई अत्यन्तै अत्यन्तै मनपर्ने कथा  "सोनी-महीवाल"को कथा पाठकहरुले पनि मैलेजस्तै रसास्वादन गरुन् भनेर यस पटक पेश गरेको छु । यो कथा "वर्ल्ड फेमस लभ स्टोरीज अफ ग्रेट पिपल " नाममा पुस्तक महल दिल्लीले प्रकाशित गरेको यो "सोनी-महीवाल" को कथा कृष्ण अर्यालज्यूबाट अनुवाद गरी बिद्यार्थी पुस्तक भण्डारबाट प्रकाशन गरिएको "पचास विश्व प्रसिद्ध कथाहरु" शीर्षकको पुस्तकबाट साभार गरिएको हो । .........बिजु सुवेदी "विजय" कुलेश्वर काठमाण्डौं ।bijusubedi@hotmail.com सोनी महीवाल कुनै समयको कुरा हो मुगलको प्रसिद्ध धनाढ्य ब्यापारिका १४ वषिर्य छोरा इजातबेग आफ्नो बुबाको आज्ञा लिएर दिल्ली घुम्न भनी निस्क्यो । इजात दिल्ली त पुग्यो तर उसलाई त्यो शहर रमाइलो लागेन त्यसैले ऊ त्यहाँबाट...

गीत :- धुरु-धुरु नरुनुस् आमा

बिजु सुवेदी "विजय" कुलेश्वर , काठमाण्डौ । bijusubedi@hotmail.com धुरु-धुरु नरुनुस् आमा तिम्रो आँसु म पुछी छोड्नेछु । जल श्रोतको दोस्रो धनी हाम्रो देश हो । तर पनि लोडसेडिङ्ग हट्न सक्या छैन ।। सगरमाथा यहाँ छ , संसारको अग्लो छाना । तर पनि तिम्रा सन्तान विदेशिएका किन ? शान्तिका अग्रदूत तिम्रा प्यारा सन्तान । तर यहाँ पार्टीहरु लुछाचुँडी गर्छन् ।। कला सँस्कृति , मन्दिर हाम्रो देशको ठूलो संपत्ति । त्यसैलाई बेची खान्छन् जो पनि यहाँ ।। कति लाहुरे भई , कति शहीद भई मरे । तिम्रो सपना जिउँ का तिउँ , वेदना लुकाइ रहृयौ ।। एउटा छोरो महलमा अर्को सडकमा । धेरै असमान भयो तिम्रै सन्तानैमा ।। तिम्रो नाम नेपाल हो त्यसैले सबको बोली नेपाली । तर किन आज जताततै नेपालीभाषालाई हेला ? धुरु-धुरु नरुनुस् आमा तिम्रो आँसु म पुछी छोड्नेछु । बिजु सुवेदी "विजय" कुलेश्वर काठमाण्डौं । bijusubedi@hotmail.com

धुम्रपान छोडौं ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८प्रति हाम्रो ऐक्यवद्धता -- बिजु सुवेदी "विजय"bijusubedi@hotmail.com , www.biju.0fees.net नेपालमा महिलाहरु अत्यधिक धुम्रपान गर्नेमा चौंथो राष्ट्रमा गनिन्छ । एक खिल्ली चुरोटमा करीब ४०० वटा रासायनिक पदार्थ हुन्छन् । जसमध्ये करीब ६० वटाले क्यान्सर गराउन सक्छन् । सूर्तिजन्य पदार्थ भन्नाले चुरोट , खैनी , पराग , गुट्खा , बिडी , सूर्ति , हुक्का , सिगारलाई जनाउँछ । २०६८ साउन २२ बाट लागूजन्य सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियम ऐन कार्यान्वयन गरौं गराऔं । भावि सन्ततीलाई स्वस्थ्य बनाउन योगदान गरौं । चुरोट सेवन गरेको ७ सेकेण्ड भित्र निकोटीन दिमागमा पुग्छ । धुम्रपानबाट नेपालमा बर्षोनी हुने १६,००० व्यक्तिको मृत्युलाई कमगर्न सहयोग पुर्‍याऔं । आफ्नो वालबच्चालाई चुरोटको धुवाँबाट बचाऔं । One person dies every second due to tobacco in the world. Smoker is much older than their age. कसैले पनि चुरोट बिडी या सिगार फुटकर रुपमा बेच्न पाइने छैन । धुवाँ रहित वातावरणमा बाँच्न पाउने अधिकारको हनन नगरौं । म स्वच्छ हावा फेर्न चाहन्छु तपाइँ नि ? ...

कथा :- शहर

गाउँको स्वच्छ हराभरा वातावरणमा हृष्टपुष्टसँग बसिरहनुभएको राजुको हजूरबुबा राजुलाई भेट्न पहिलोपटक शहरमा आउनुहुन्छ । शहरको धुवाँ , धुलो , फोहोरले गर्दा राजुको हजूरबुबाको फूर्ती सबै दुर्गन्धीत वातावरणले गर्दा खत्तम हुन्छ । यस्तो वातावरणले राजुको हजूरबुबालाई अक्रान्तनै बनाउँछ । गाउँमा हजूरबुबाले रेडियोमा मानवअधिकार आयोग र यसले गरेका मानवअधिकार संरक्षणका उल्लेखनीय कार्यबारे सुन्नु भएको हुन्छ । त्यसैले यसरी अरुको मानवअधिकार हनन गरी अक्रान्त पार्नेहरुलाई ठीक पार्नु पर्‍यो भनेर जङ्गिएर हजूरबुबा मानवअधिकार आयोगको कार्यालयमा जानुहुन्छ । हजूरबुबालेले मानबअधिकारको कार्यालयमा आफूलाई घटेका कुराहरुको सबै बेलिविस्तार लाइसकेपछि मानवअधिकार आयोगको सुट बुट लगाएको कर्मचारीले धेरै सोचेर एउटा राम्रो बट्टाबाट धेरै मोलजाने चुरोट खुइय्य तान्दै हजू्बुबा तिरै फुक्दै शानसँग भन्न थाल्छ । कहिल्यै चुरोट नखाने हजूरबुबा त्यहाँ चुरोटको गन्धले दिक्क भएर यहाँ पनि यसले मेरो मानव अधिकार संरक्षण गरेन भन्दै निराश भएर र्फकनुहुन्छ । अनि अझै झोक्किँदै हजूरबुबाले रेडियोमा लागू पदार्थको नियन्त्रणकोकार्यालयले लागूपदार्थ बिरुद...

साउने झरी

आज रातभरी झरी आयो रातभरी निन्द्रै लागेन कतै पानीले रोपेका धान छोप्ने हुन् की ? कतै खोला बढेर बाढीले दुःख दिने हो की ? कतै पैरोले भास्सेर बाटो बन्दभै यात्रु को बिचल्ली हुने हो की ? कतै पैरोले भास्सेर घरवार जाने होकी ? मेरो पनि कवि मन छ त्यो आज रोएको छ झरी जत्ति दकिँदै जान्छ मेरो आँखाको भक्कानो दर्किदैँ जान्छ म यहाँ विवस छु बिहान भैसक्यो साउने झरी उर्लेको उर्ल्र्यै छ भगवानको पेटमा गडबडी छ भगवान विरामी छ गड्याङ्-गुडुङ हुँदै दर्किरहेको छ ।। बिजु सुवेदी "विजय" कुलेश्वर , काठमाण्डौं bijusubedi@hotmail.com

कथा :- अनुत्तरित प्रश्न

                                                                        अनुत्तरित प्रश्न सधैं हजुरबुबाले आफ्नो प्यारो नातिलाई आफूलाई पनि आफ्नो हजुरबुबाले माया गरेको किस्सा सुनाएर ५ वर्षे नातिलाई आफूतर्फआकर्षित गराइराख्नुहुन्छ । हजुरबुबा :- मेरो हजुरबुबाले मलाई मैले तिमीलाई माया गरेजस्तै माया गर्नुहुन्थ्यो । नाति :- अनि हजुरको हजुरआमा हुनुहुन्न ? हजुरबुबा :- हजुरआमा त तीनजना हुनुहुन्थ्यो । नाति :- तर मेरो त एक जना मात्रै हजुरआमा हुनुहुन्छ । कसरी तीन जना नभएको हजुरबुबा ? हजुरबुबा :- हजुरबुबाले तीनजनै हजुरआमालाई एकदमै माया गर्नुहुन्थ्यो । अनि त्यसैले तीनैजनासँग बिहे गर्नुभएको ।  ( त्यत्तिक्कैमा एकजना हकर पत्रिका बेच्दै ठूलो ठू...

कथा :- तामेल महानगरपालिका

                                                        तामेल महानगरपालिका तामेल महानगरपालिका एउटा यस्तो महानगरपालिका हो , जहाँ थोरै जनसँख्या छ । सबै बासिन्दाहरु जागिर खान्छन् । अनि यातायातको साधनको नाममा बसहरु मात्र सञ्चालित छन् । जागिर खानेहरु पनि कम्तिमा आधा घण्टाको दूरीको हिँडाइसम्ममा पुग्ने अफिसको मात्र जागिर खान्छन् । किनकी त्यहाँ ड्राइभर र यात्रुको कहिल्यै तालमेल मिलेको छैन । आधा घण्टा दूरी पार गर्न गाडीले कम्तीमा ६-७ वटा स्टप पार गर्नुपर्ने हुन्छ । यहाँ एक्कैछिन गाडीमा भएको कृयाकलापलाई हेरौं । स्टप नं १ गाडी यात्रुहरु लानलाई पर्खिरहेको हुन्छ । ड्राइभर गाडीमा क्यासेटबाट गीत घन्काउँदै गर्छ । यात्रु :- एउटा गीत त गइसक्यो । ५ मीनेट त भइसक्यो । यो स्टपबाट लानु पर्‍यो नि गुरुजी ? ड्राइभर :- अर्को गाडी आएपछि ल...

लघु-कथा ---फेरि बन्द

लघु-कथा ---फेरि बन्द पार्टीका युवा नेता नाम्लेदादाले गाउँको एकजना केटीलाई बलात्कार गरेपछि प्रहरीले नाम्लेदादालाई समात्यो । नाम्लेदादाको झूठा मूद्दा खारेज गरेर रिहा नगरेसम्म पार्टीले अनिश्चितकालिन नेपाल बन्दको घोषणा गर्‍यो  । प्रहरी पार्टीको शर्त मान्न तयार भयो । एकै घण्टामा नेपाल बन्द फिर्ता भयो  । नाम्लेदादालाई प्रहरीले नछोडे पनि गाउँलेले जिउँदो नछोड्ने निश्चित गरेको थाहा पाएर नाम्लेदादा जेलबाट बाहिर आउन तयार भएनन् । पार्टीले पार्टीका युवा नेता नाम्लेदादाको जिउ ज्यानको संरक्षण गर्न नसकेको भनेर बन्द फिर्ता लिएको  एक घण्टापछि अनिश्चितकालिन नेपालबन्दको घोषणा गर्‍यो । बिजु सुवेदी "विजय" कुलेश्वर , काठमाण्डौं । bijusubedi@hotmail.com

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

Image
गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी ‘गोर्खेसाइँलो’ पून दोस्रो पटक प्रकाशित गरिएको नेपालमा गजलको सुरुआत विकास र प्रवाहलाई नियाल्दा वि.सं. १९४० को दशकतिर एउटा नयाँ र अनौखा काव्य विधाकोरुपमा युवा कवि मोतीराम भट्टले नेपालमा प्रवेश गराएका गजललाई सबै नेपाली कवि एवम् साहित्यकार स्रष्टाहरुले गजल लेखन कार्यको थालनी गरेको देखिन्छ । उक्त समयमा मोती मण्डलीमा रहेका नरदेव पाँडे सुधा शम्भुप्रसाद ढुङ्ग्याल लक्ष्मीदत्त पन्त इन्दु रत्नलाल रत्न गोपीनाथ लोहनी भीमनिधि तिवारी उपेन्द्रबहादुर जिगर मियाँ अमजद हुँसैन अन्जान गजब आदि नाम गरेका स्रष्टाहरुमार्फत् नेपाली साहित्यको इतिहासमा गजलविधालाई सहजरुपमा स्वीकार गरेको पाइन्छ । त्यसैको उपज नै आज पनि नेपाली साहित्याकाशमा गजल निकै लोकपृय बनेकॊ छ भनेर भन्दा त्यति अतियुक्ति नहोला । हुन त गजलसँग सम्बन्धित कुनै पनि लेख रचनाहरुकोसुरु गर्दा यिनै शब्दहरु पटक-पटक दोहोरिने गर्दछ । ता पनि विगतका गजल इतिहास सम्बन्धी लेख-रचनाहरु र वर्तमानको धरातलमा उभिएर हेर्दा युवा कवि मोतीराम भट्टले त्यतिखेर वनारसबाट नेपाल आएर धेरैथरि साहित्यिक आयामहरुको थालनी गरेको ...