कथा : सोनी-महीवाल
कथा : सोनी-महीवाल
world famous love stories of great people
मैले थुप्रै कथाहरु लेखेर यस www.bijusubedibijay.blogspot.com मा प्रकाशन गरेँ । पाठकहरुले निकै माया गर्नु भयो । मन पराइदिनु भयो । त्यसका लागि पाठकहरुप्रति धेरै-धेरै आभारी छु ।
तर आज मैले मेरो कथा प्रस्तुत गरिरहेको छैन । मलाई अत्यन्तै अत्यन्तै मनपर्ने कथा "सोनी-महीवाल"को कथा पाठकहरुले पनि मैलेजस्तै रसास्वादन गरुन् भनेर यस पटक पेश गरेको छु ।
यो कथा "वर्ल्ड फेमस लभ स्टोरीज अफ ग्रेट पिपल " नाममा पुस्तक महल दिल्लीले प्रकाशित गरेको यो "सोनी-महीवाल" को कथा कृष्ण अर्यालज्यूबाट अनुवाद गरी बिद्यार्थी पुस्तक भण्डारबाट प्रकाशन गरिएको "पचास विश्व प्रसिद्ध कथाहरु" शीर्षकको पुस्तकबाट साभार गरिएको हो ।
.........बिजु सुवेदी "विजय" कुलेश्वर काठमाण्डौं ।bijusubedi@hotmail.com
सोनी महीवाल
कुनै समयको कुरा हो मुगलको प्रसिद्ध धनाढ्य ब्यापारिका १४ वषिर्य छोरा इजातबेग आफ्नो बुबाको आज्ञा लिएर दिल्ली घुम्न भनी निस्क्यो । इजात दिल्ली त पुग्यो तर उसलाई त्यो शहर रमाइलो लागेन त्यसैले ऊ त्यहाँबाट लोहोर र लाहोर हुँदै गुजरात पुग्यो । गुजरातमा बस्दा इजातबेगले थाहा पायो त्यहाँको प्रसिद्ध उत्पादन भनेको त्यहीँको स्थानिय कुमाले तुलाको बुट्टेदार माटाका भाँडा थिए । उसको यो प्रसिद्धी सुनेर इजातबेग तुलाकै घरमा पुग्यो । जब इजात उसको घरमा पुग्यो उसले आफ्नो होश गुमायो तैपनि आँट गरेर भन्यो "तपाइँको उत्पादनमा सबभन्दा राम्रो चीज कुन हो ? त्यो मलाई दिनुहोस् न ! "
इजातबेगको इच्छा सुनिसकेपछि तुलाले आफ्नो बेफुर्सद जनाउँदै छोरी सोनीलाई भने "सोनी यो ग्राहकलाई यिनको मनपर्दो भाँडो खोजेर देऊ त ! " हवस् बाबा भन्दै सोनीले पनि धेरैबेर लगाएर भित्रभित्रका शुद्ध भाँडो खोजेर निकाल्दै इजातलाई देखाउँदै गरिन् तर उसले कुनैपनि सामान नहेरिकन सानीलाईनै हेर्दथ्यो र टाउको हल्लाउँदै भन्थ्यो "अहँ कुनै राम्रा छैनन् । " त्यसरी धेरै आकार र प्रकारका भाँडाहरु देखाउँदा पनि त्यो ग्राहकले कुनै एउटा पनि नछानेपछि सबै चीजहरु एकै ठाउँमा जम्मा गर्दै सोनीले भनिन् " यो तपाइँको के चाल हो ? मैले यत्तिधेरै बुट्टेदार भाँडाहरु देखाइसकेँ तर तपाइँले त कुनै एक पनि छान्नु भएन । सायद तपाइँले खोजेको सामान यहाँ हामीसँग छैन होला , अन्त कतै गएर किन्नुहोस् ।" त्यसपछि मात्र इजात झस्क्यो र सोनीसँग केही भाँडाहरु किन्यो र यसैगरी सोनीको मन जित्नका लागि उसले एउटा नयाँ बिचार गर्यो ताकि उनको व्यापार पनि राम्रो हुन्थ्यो अनि इजातले सधैं जसो सोनीलाई भेट्न सक्थ्यो । सोही बिचार बमोजिम उसले सोनीको घरबाट महङ्गोमा सामान किन्ने र बजारमा लगेर सस्तोमा बेच्ने गर्न थाल्यो । खल्तीको पैसा सकेपछि उसले बाबुको नाममा बैकबाट पैसा पनि झक्ियो तर एकदिन यस्तो आयो कि इजात बेखर्ची बन्यो । तैपनि उसले सोनीको शहर गुजरात छोडेर घर जाने निर्णय भने लिन सकेन । आफ्नो साथमा आएका सहयात्री र सहयोगीहरुलाई पठाइदियो तर आफू भने जति दुःखकष्ट सहनु परेपनि सोनीको प्यारका लागि तयार रहृयो ।
त्यसै अनुरुप इजात एकदिन सोनीका बाबु तुलासामु उभिएर भन्यो "हजूर ! मैले सबैथोक गुमाएँ मेरो घरबार बिग्रियो । म लुटिएँ । त्यसैले कृपया मलाई तपाइँको सहयोगीको रुपमा स्वीकार्नुस् । " हुनत ती कुमालेलाई कुनै सहयोगी या नोकरको आवश्यकता थिएन तैपनि लक्का जवान केटाले केही न केही मात्रामा व्यापार बढाउन सहयोग गर्ला कि ! भन्ने सोचेर तुलाले इजातवेगलाई नोकरको रुपमा राखे । उता इजात भने सोनीको प्यारमा पागल भैसकेको थियो र हरपलनै सोनीको धड्कन बनेको हुन्थ्यो । यसरी इजात सोनीको प्यारमा पागल भएको कुरा न त तुलालाई न त सोनीलाईनै थाहा थियो । त्यहाँ इजातलाई पोखरीको माटो खन्ने र गाइभैंसीको रेखदेख गर्ने र चराउन लैजाने काम दिइयो । पंजाबमा गाइभैंसीको रेखदेख गर्ने व्यक्तिलाई महीयाल भनिन्थ्यो । त्यसैले वेगको नाम पनि इजातवेगबाट महीवाल हुन पुग्यो । त्यसै दिनदेखिनै महीवालले कुमाले तुलाको गाइभैंसी चराउनका लागि धेरै परको चेनाव नदिको किनारसम्म लैजान्थ्यो र साँझपख र्फकन्थ्यो अनि कुनै न कुनै बहानामा सुटुक्क सोनीलाई आफ्नो कोमल नयनमा लुकाउँथ्यो ।
एक साँझ जब हतारहतार गर्दै गाइभैंसी ल्याएर गोठमा नबाँधिकन महीवाल सोनी सामु पुगेर एकोहोरो टोलाउन थाल्यो । सोनीलाई उसको व्यवहारप्रति शङ्का लाग्यो । उसको त्यस किसिमको व्यवहार देखेर सानीलाई पनि उसको मन बुझने इच्छा लाग्यो । एकसाँझ उसले गाइभैंसी गोठमा बाँधिसकेपछि बोलाइन् र एकान्तमा लगेर वास्तविकता सोधिन् । " भन , महीवाल तिमीले यस्तो व्यवहार किन देखाउँछौ - उसले पनि कयौं दिनपछि मौका पायो र आफ्ना सारा भावहरु उनीसामु विसायो । त्यतिबेला महीवाल झुत्रे लुगामा नाङ्गो खुट्टाले उभिएको थियो । तैपनि सोनीलाई सामु पाएर घर परिवार सारा सम्पत्ति अनि सुखसहेल विर्सेको थियो । बिस्तारै टाउको सोनीतिर घुमायो र उनको सामु घुँडा टेकेर थच्च बस्दै भन्यो "सोनी म तिमीलाई प्रेम गर्छु । मलाई आफ्नो ठानीदेऊ । अब म तिमीबिना बाँच्न सक्दिन ।"
यसरी आफ्नो प्यारमा सारा संसार त्यागेको एक युवकलाई देखेर सोनीको मन पग्ल्यो र उसमा जस्तै उनमा पनि अनौठो भावको सृजना भयो । त्यसपलदेखि सोनीले पनि महीवाललाई नजानिँदो पाराले माया गर्न थालिन् । ती दुइ बीचमा नयाँ साइनोको सृजना भयो । दुबैको मन र मुटुमा नयाँ प्रेमको दीप जल्न थाल्यो । प्रेम भन्ने चीजै यस्तो हो कि नियन्त्रण गरेर दुइ बीचमा मात्र राख्न असम्भव भइदिन्छ र कुनै न कुनै तवरले यो त अन्य सामु फैलिइनै हाल्दछ । त्यस्तै भयो सोनी र महीवालको कलिलो प्रेममा पनि । एकदिन उनीहरु कुनै बन्द कोठामा प्रेमका रसिला गफ गरिरहेका थिए । अचानक सोनीकी आमाले सुन्न पुगिन् । " ओहो ! कस्तो दशा । एउटा सामान्य गोठालाले आफ्नी छोरीसँग घर बसाउने सपना देखेको । " यो उनलाई असहृय भयो र तत्क्षणनै त्यस कोठामा प्रवेश गरिन् र आगोको ज्वाला रन्केसरी छोरी सोनी र त्यस गोठालो महीवाललाई चड्केर तथानाम गाली गर्न थालिन् ।
यसरी व्यर्थमा गाली गरिरहेकी आमालाई सम्झाउने बिचारले सोनीले आफ्नो भित्री मनको व्यथा ओकलिन् र भनिन् । " आमा हेर्नुस् , तपाइँ पनि एक स्त्री हुनुहुन्छ । त्यसैले तपाइँले त मायाप्रेमको भाव बुझन सक्नुहुन्छ । हामी एक् आपसमा प्रेम गर्र्छौं । म महीवाललाई विर्सन सक्दिन । ऊ मेरो चेतना हो , मेरो जीवन हो । उसले मेरा लागि उसको सम्पन्न संसार त्यागेको छ , भुलेको छ । यसैगरी सोनीले भन्दै गइन् "अनि ऊ आज मेरा लागि एउटा गोठालो भएर हाम्रा गाइबस्तुको पछिपछि लागेर हिँडेको छ । आमा बिन्ती तपाइँ बुझने कोशिश गर्नुस् । आखिर म पनि त उसलाई माया गर्छु । हामी एक आपसमा विवाह गर्न चाहन्छौं । " छोरीले त्यसरी मनभरिको व्यथा नढाँटी ओकलेपछि भोलिपल्ट जब साँझमा महीवाल गाइवस्तु लिएर घर फर्कियो , उनले श्रीमानका सामु सबैकुरा खोलिदिइन् । अझ व्यङ्ग्य गर्दै भनिन् " तपाइँले यस केटालाई गोठालो बनाउन राख्नुभएको कि छोरीको प्रेमी हँ ? " यस्तो सपनामा पनि नसोचेको असम्भव जस्तो लाग्ने कुरा सुनेपछि तुला वा सोनीका बाबुले महीवाललाई तुरन्त घरबाट निकालिदिए । गहभरि आँसु र दिलभरि सोनीको माया अनि प्रेम लिएर बोझलिो गरी महिवाल तीतो सत्यमा रुँदै जङ्गलको बाटो लाग्यो । प्रेमरोगीहरुका लागि यत्तिमात्र केही होइन किनभने प्रेममा कुनै घाउचोटको नापतौल गरिन्न न त यसलाई निको पार्न कुनै मल्हमपट्टीनै प्रयोग गर्न सकिन्छ । भाषाबिहीन प्रेममा प्रयोग गरिने बिछोडका हर शब्दहरु ओकल्दै पागलपनमा महीवाल जङ्गलैजङ्गल एकोहोरो " हे मेरी सोनी , मेरी प्राण , म तिम्रै लागि शाहबाट महीवाल भएँ तर आज मेरो यो अवस्था आयो । मैले के पाप गरेको थिएँ र यो सजाएँ पाएँ ? सोनी भन तिमीलाई पाउन मैले के कसूर बाँकी राखेँ ? म के गरुँ ? कहाँ जाउँ ? म जे गर्न पनि तयार छु । "
उता सोनी पनि बियोगको पीडामा छटपटिन थालिन् । उनी हरपल रुने कराउने मात्र गर्न थालिन् र कुनैबेला दुइशब्द बोलिन् भने बसे ती ओंठहरु महीवालको नाम लिन मात्र खोलिन् । तर विधातासँग कस्को पो के लाग्छ - परिवारले सोनीको विवाह जबर्जस्ती अर्कैसँग गराइदिए । विवाह पश्चात सोनीको श्रीमानले सोनीलाई कुनै नयाँ रमाइलो स्थानमा पुर्यायो र सोही साँझ रङ्गनि कुरा गर्न थाल्यो तर ती शब्दहरुले सोनीलाई आनन्द हैन पीडा दिए । त्यसैले उनले श्रीमानका नशालु हातहरु पञ्छाउँदै भनिन् " हे भगवान ! यो दुःखी माथि दया गर , मलाई बाँच्न देऊ । म महीवालको लागि भएपनि बाँच्नुपर्छ । नत्र ऊ मभन्दा पहिलेनै तड्पिई-तड्पिई मर्नेछ । " यसरी भर्खर मात्र बिहे गरी ल्याएकी श्रीमतीले अर्कै पुरुषको नाम पुकार्दै भगवानसँग बिन्ती गरेपछि उसले सोनीको साथ सदाका लागि छोडिदियो । उसले सोनीलाई घर निकालानै त गर्न सकेन तर श्रीमतीको रुपमा पनि स्वीकार गरेन । त्यसपछि सोनी महीवालकै सम्झनामा व्याकुल बनिरहिन् भने उता महीवाल जङ्गलै जङ्गल भौतारिँदै हिँड्न थाल्यो । सानीको प्यारमा उसले आफ्नो सारा संसार बिर्सियो । एकदिन जङ्गलको बाटो हुँदै घरतिर आउँदै गरेकी सोनीकी साथीले महीवाललाई पागलसरी हिँडिरहेकी देखिन् र सोनीलाई चिठ्ठी लेख्न आग्रह गरिन् । महीवालले सानीलाई सम्बोधन गरेर आफ्नो रगतले यस्तो चिठ्ठी लेख्यो ।
प्यारी सोनी ।
हुन त तिमीलाई चिठ्ठी लेख्ने मेरो कुनै अधिकार छैन तैपनि पागल यो मन किन किन हरपल त्रि्रै छाया बनी भौतारिरहेको छ । तिमीले बिहे गर्यौ । यसका लागि मेरो बधाइ स्वीकार गर । म शाह हुँ या गोठालो यसमा मलाई केही खेद छैन । तर आजकल किन किन तिम्रो छायाँ पनि यो पागल मनबाट हराउने हो कि भन्ने डर लाग्छ । मैले तिमीलाई हार्दिक विश्वास गरेँ तर तिमी निष्ठूरी बन्यौ अनि नयाँ जीवनका लागि विवाह गर्यौ । केही छैन तिमी खुशि रहु । म त्यसै खुशि हुनेछु । तैपनि एउटा विन्ती गरुँ , सोनी म त्रि्रो रुपको आकृति यी हरपल आँसु बहाउने आँखामा कैद गर्न चाहन्छु । त्यसैले त्रि्रो भेटका लागि जुनीभर भौंतारिरहेको छु । हो सोनी म जुनीभर तिम्रै लागि भौंतारिरहनेछु ।
महीवाल
जब सोनीले महीवालको त्यो चिठ्ठी पढिन् । बलिन्द्र आँसुधारा रोक्न सकिनन् । आज उनलाई विशेषतः महीवालको नजरमा गिरेकोमा दुःख लाग्यो । चिठ्ठी पढ्नासाथ सोनीले पनि एउटा यस्तो पत्र लेखिन्
मेरो प्राण प्रिय महीवाल
तिमीले जेसुकै भन तर म त्रि्रै प्यारमा बौलाएकी छु । रात त्रि्रै सोचमा वितेका छन् । सिरानी चिसो छ आँसुले भिजेर । यतिमात्र हैन तिमीबाट टाढिँदा म मरेतुल्य भएकी छु । मेरो श्रीमानसँग कुनै सम्बन्ध छैन । यहाँसम्म कि उसले मलाई घुरेरहेरेको पनि छैन । म तिम्री हुँ महीवाल , तिम्री अनि सदा यही नदीको किनारमा तिमीलाईनै कुरिरहनेछु । तिमी आऊ या नआऊ तिम्रो खुशि
उही त्रि्री
सोनी
सोनीको चिठ्ठी पढेपछि महीवालको सोचाइमा परिवर्तन आयो । उसले जोगीको भेषमा सोनीको घर पारि सोही चेनाव नदीको किनारमा बस्ने निर्ण्र्ाागर्यो ता कि सानीलाई देख्न सकियोस् । नभन्दै त्यसैदिन उसले सानीलाई देख्यो र भेट्न जाने गर्न थाल्यो । जब महीवाल जोगीको भेषमा त्यहाँ बस्न थाल्यो स्थानीय मानिसले उसलाई साधुको संज्ञा दिए र सम्मान गर्न थाले । त्यहँका मान्छेको दिनचर्या भनेकोनै माछा मार्नु र बेच्नु थियो । त्यसको केहीअंश उनीहरुले महीवाललाई पनि दिन्थे भने महीवालले ती माछा पकाएर सोनीलाई लगी दिन्थ्यो । सोनी उसकै काखमा बसेर मीठो मान्दै खान्थिन् । यसैगरी उनीहरुले कहिलेकाहीँ त रात पनि विताउँथे । तर अचानक एकदिन महीवालको खुट्टामा चोट लाग्यो र ऊ नदीपार गर्न नसक्ने भयो । त्यसैले सोनीले उसलाई आफूनै नदीपार गरेर भेट्न आउने जनाउँदै आरा मगर्न आग्रह गरिन् र एउटा ठूलो माटाको भाँडाको सहाराले नदी पार गर्ने र वारि फर्किसकेपछि त्यो भाँडो त्यही झाडीमा लुकाउने गर्न थालिन् । त्यसैगरी सोनीले हरेकसाँझ नदी पार गर्ने र घाइते महीवालको घाउमा औषधी लगाइदिने गर्दथिन् ।
दैवको खेल यो क्रम त्यत्ति लामो समयसम्म चल्न सकेन । एकदिन सोनीकी भाउजूले देखिन् र त्यस ठूलो भाँडोको सट्टा उनले झाडीमा अर्कै उस्तै तर काँचो माटोको भाँडो राखिदिइन् । सोनीलाई यसको शङ्का त लाग्यो तर महीवालको घाउ कस्तो भयो होला भन्ने कौतुहलताले उनलाई नदीपार नगरी सुखै दिएन । उनले सोचिन् " मरेँ भने पनि उसकै खातिर मरौला के भो र । " उनी सोही काँचो माटोको भाँडोको सहाराले खोलामा पसिन् । उनी पसेको केही बेरमा त्यो काँचो माटाको भाँडो पग्लियो र सानी खालाको हिँस्रक छालसँगै घरि तल घरि माथि गर्दै , उत्रँदै र डुब्दै बगिन् । बस् चिच्याउँदै र गुहार माग्दै " महीवाल ! महीवाल ! मलाई माफ गर , मलाई माफ गर महीवाल " त्यो पूर्णेको रात थियो तर औशीकोभन्दा अँध्यारो भयो महीवालका लागि किनकी रात वित्यो सोनीलाई कुर्दै कुर्दै तर सोनी ऊ सामु पुगिनन् । ऊ तिरैतिर "सोनी सोनी " भन्दै भौंतारिरह्यो तर खोला तर्न उसको खुट्टा भाँचिएको थियो । आँट त गर्यो तर सकेन । बिहानपख जब ऊ नदी पारि हेर्दै टोलाइरहेको थियो माझहिरुले एउटा चिसो जालमा पानी चुहाउँदै केही झुण्ड्याएर ल्याएको देख्यो । जब उनीहरुले त्यो जाल विसाएर शि। निहुर्याए महीवालले देख्यो त्यो त उसकै प्यारी सोनीको थियो । उसले उनको मृत शरीरमा हजार पटक चुम्यो । डाँको छोडेर रोयो । छाती पिट्यो बियोगमा । सराप्यो निष्ठूरी दैवलाई । केहीवेरमा जब ऊ थाक्यो ऊ सोनीको लाशमा टाउको राखेर बेहोस भयो । वरिपरिका मानिसहरुले केही सोच्न सकेनन् र आँसु ढिक्का बर्साउँदै आ-आफ्नो घरतर्फलागे ।
साँझ पर्यो । उनीहरु फेरि त्यही महीवालको कुटीनेर जम्मा हुँदा देखे , नदीको किनारमा सानीको लाशसँगै महीवालको पनि लाश थियो । त्यसपल पनि उनीहरु का मृत शरीर एउटै अङ्गालोमा गाँसिएका थिए । केहीबेरमै त्यो दुःखान्त खबर संसारभर फिजियो । लाग्थ्यो वनको आगोसरी फिँजियो त्यो खबर । धेरै मानिसहरु जम्मा भए । दुबै लाशका लागि छुट्टा छुट्टै चिहान तय गरियो र सोनीका बुबा तुलाले आफ्नी छोरी र माझीहरुले महीवालको अन्तिम संस्कार आ-आफ्नै रीति अनुसनर गर्न चाहे र ती जोडीको लाश अङ्गालोबाट छुट्याउन हजार कोशिस गरे तर छुट्याउन सकेनन् । मृत्युपछि पनि कसिलो अङ्गालोमा टाँसिइरहृयो सानी र महीवालको जोडी । त्यसैले एउटै चिहानमा पुरियो दुबै लाशहरु । चारैतिरबाट फूल वर्षा भयो । मायाको एउटा दीयो त निभ्यो तर हजार दियालाहरु बल्ने देखियो । सबै कठोर मनहरु बद्लिए । प्रेममा त्यागको उदाहरण देखियो र प्रेमको इतिहासमा सोनी-महीवालको जोडीको नाम ठूला अक्षरमा लेखियो ।

Comments
Post a Comment