भो अब म अडिट गर्दिन
भो अब म अडिट गर्दिन “नेपालमा अवसर हुँदाहुँदै विदेशमा भास्सिनु के भ्रष्टाचार होइन ? तर यहाँ विदेशको तारिफ गरी थुक निल्नेहरू देख्दा उसलाई अत्यन्तै लज्जावोध हुन्छ ती बिलखबन्दीहरू देखी । आफ्नो व्यक्तिगत स्वार्थलाई कदापि नहेरी देशका लागि एउटा दियोले झैँ आहुती दिई नेपालमा उज्यालो छर्ने शहीदको रगत हाम्रो नसानसामा सल्बलाइरहेको छ । यो बलिदानीले सिर्जिएको यो उर्वर देश बनाउन हामी कहिल्यै पछि हट्नु हुँदैन । नेपालका लागि जुनसुकै हालतमा पनि लागीपर्नुपर्छ , मरिमेट्नुपर्छ ।” होे ! यो आवाज विश्वास को हो । “देशलाई हामी सबैले कदर गर्नैपर्छ । यस्ता देश सखाप पार्ने भ्रष्टाचारलाई निमिट्यान्न नपारेसम्म हामीले विश्वमा सर्वोच्च अग्लो सगरमाथाको शिर गर्वले उठाउन सक्दैनौँ । विश्वमा वीर कहलिएका हामीलाई यो भ्रष्टाचारको कालले निल्नै लागिसकेको छ । प्रत्येक मानिस नेपाल भनेपछि भावविभोर हुनुपर्ने ठाउँमा विदेशको गुणगान गाउनमा तँछाडमछाड गरिरहेको देखिन्छ । विकसित देशजस्तो द्रुत्ततररूपमा नयाँ रङ्गले हाम्रो देश सिँगार्न सबैले आआफ्नो तर्फबट एकदमै इमानदारी देखाउन जरूरी भइसकेको छ ।” विश्वास यस्तै यस्तै जायज कुरा साका...