न्याय चाहियो प्रभू !!!
न्याय चाहियो प्रभू !!! “कस्तो जमाना आयो । आज म न्यायिक समितिमा पुगेँ न्याय माग्न ! मलाई आज १ बजेको समय दिइएको थियो । पीडाकर्ताहरू त्यहाँ १२ बजे आएर न्यायिक समितिका चम्चेहरूलाई चिया नास्ता खुवाउन भ्याइसकेका थिए ।” विश्वास यस्तै पीडामा डुबिरहेको थियो । उनीहरूले विश्वासलाई भने “तपाईं पनि केही लिने कि ?” उसले भन्यो “अहँ ! म लिन्न ।” “किन र विश्वासजी ?” विश्वासले भन्यो “आज शुक्रवार ! मेरो व्रत छ ।” त्यो पिडकहरूलाई पहिल्यै थाहा थियो । त्यसैले त उनीहरूले उसमाथि यसरी खाजा खुवाउनेमा पनि प्रपञ्च रचेको थियो । किन शुक्रवारै उनीहरूले विश्वासलाई न्यायिक समितिमा बोलायो त्यो उनीहरूको मिलिभगत थियो । विश्वासलाई फेरि सोधे उनीहरूले खिसी गरेर हाँस्दै “पानी भए पनि लिने कि ?” विश्वासले त्यो पनि लिएन । जाने बेला विश्वासले उसको एकमात्र विश्वासिलो सिएमलाई भेटेको थियो । सिएमले उसलाई पाका पारेर सूचना पठाएका थिए “विश्वासजी ! विश्वास डगमगाउन नदिनुहोस् । पैसा नपाए नपाओस् तर हामीले झुक्नु हुन्न ।” यसले विश्वासलाई ठूलो विश्वासको जग मिलेको थियो । दरिलो आत्मविश्वास पलाएको थियो । ...