छातिमा भाला भो
गीति कविता :– छातिमा भाला भो बिजु सुवेदी “विजय” यो दिललाई भएन सञ्चो विषको प्याला भो ! भो राम्रो काम गर्छु नि भन्दा छातिमा भाला भो !! पैसाले सब पाइन्छ यहाँ यो त हो सहर, पाइन्न दिल म भएँ एक्लो हरेक प्रहर । झूठको मुठ्ठी ठुलो छ हरे बहकी रहेछु , नौटङ्की घेरा चक्रमा परी फन्दामा परेछु । जता नि हेरेँ लुटाहा, डाँका, चोरी र चकारी, एउटै चिज विभिन्न भाउ कस्तो यो भिखारी । ब्यापार रे यो ठगीको धन्दा गरेको गर्यै छ , विद्वान मान्छे कौडीको भाउ बिकेको बिक्यै छ । लय :– ३+२ बिश्राम ३+२ विश्राम ३+३ विश्राम जम्मा १६ मात्रा असारे लय २०७३ भदौ ११ शनिवार बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाण्डौं bijusubedi@gmail.com