छातिमा भाला भो
- Get link
- X
- Other Apps
गीति कविता :– छातिमा भाला भो
बिजु सुवेदी “विजय”
यो दिललाई भएन सञ्चो विषको प्याला भो !
भो राम्रो काम गर्छु नि भन्दा छातिमा भाला भो !!
पाइन्न दिल म भएँ एक्लो हरेक प्रहर ।
झूठको मुठ्ठी ठुलो छ हरे बहकी रहेछु ,
नौटङ्की घेरा चक्रमा परी फन्दामा परेछु ।
जता नि हेरेँ लुटाहा, डाँका, चोरी र चकारी,
एउटै चिज विभिन्न भाउ कस्तो यो भिखारी ।
ब्यापार रे यो ठगीको धन्दा गरेको गर्यै छ ,
विद्वान मान्छे कौडीको भाउ बिकेको बिक्यै छ ।
लय :– ३+२ बिश्राम ३+२ विश्राम ३+३ विश्राम जम्मा १६ मात्रा असारे लय
२०७३ भदौ ११ शनिवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com
- Get link
- X
- Other Apps
Comments
Post a Comment