Posts

Showing posts from December, 2015

“सत्य सङ्घर्षक कथाहरु ” कथा सङ्ग्रहका समीक्षाहरु

Image
विषयगत विविधता “सत्य सङ्घर्षका कथाहरू” विजु सुवेदी ‘विजय’का अढाई दर्जन कथाहरूको सङ्ग्रह हो । सामाजिक कथाहरूको बोलवाला रहेको सङग्रहमा प्रेम कथाहरू पनि समेटिएका छन् । सङ्ग्रहमा आन्दोलन सम्बन्धी कथाहरूलाई पनि उत्तिक्कै स्थान दिइएका छन् । एउटा विज्ञान कथा पनि रहेको सङ्ग्रहमा विषयगत विविधता पाइन्छन् । २०७२ साउन ३० कान्तिपुर राष्ट्रिय दैनिक ‘कोसेली’ शनिवासरीय साहित्यिक परिशिष्टाङ्क प्रगतिपथका कथा युवा कथाकार विजु सुवेदी ‘विजय’ कथा सङ्ग्रह “सत्य सङ्घर्षका कथाहरू”मार्फत बजारमा आएका छन् । प्रगतिवादी धारतिर ढल्किएका उनका कथा अलि फरक शैलीमा लेखिएका छन् । नेपाली समाज र मनोविज्ञानसँग तिनको सम्बन्ध छ । देशभक्ति र स्वतन्त्रताको चेतना बोकेका कथाले राजनीतिक नेतृत्त्वको अकर्मण्यता र जनताको अल्छीपनप्रति व्यङ्ग्य गरेका छन् । सच्चा क्रान्तिकारीले देश, जनता र परिवर्तनका लागि गर्ने सङ्घर्ष र बलिदानको उपादियतामाथि कथाले बोलेका छन् । बढी बिचारात्मकजस्ता लाग्ने कथाहरूभित्रका प्रेमकथाले पाठकलाई लोभ्याउँछ । २०७२ भदौ १२ नागरिक राष्ट्रिय दैनिक ‘अक्षर’ शनिवासरीय साहित्यिक परिशिष्टाङ्क ...

रणमा अघि बढिदेऊ

गीत :– रणमा अघि बढिदेऊ बिजु सुवेदी “विजय” समतामूलक समाज पर्खिरहेका छन् । क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ ।। धनी झन्–झन् अकुत सम्पत्ति कुम्ल्याउँदैछन् । गरिब झन्–झन् धेरै रित्तो हात हुँदै छन् । यो अव्यवस्था हटाउन तिमी बन्दुक बोकीदेऊ । क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ । रातो झण्डा  लाल आँगनमा पर्खिरहेको छ । तिम्रो प्रतीक्षा गरिब दुःखी गर्दैछन् । यो आन्दोलन सफल पार्न तिमी तम्सिदेऊ । क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ । कुनै लक्ष्यबिना बाँच्नुको कुनै अर्थ हुन्न । न्याय निम्ति उत्सर्गको शपथ त्यो लिनुपर्छ । अनि हुन्छ देश र जनताको विजय । क्रान्तिकारी तिमी रणमा अघि बढिदेऊ । २०७२ पुस १३ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com

गजल :–जीवन एक मोज हो, झोज हो

गजल :–जीवन एक मोज हो, झोज हो बिजु सुवेदी “विजय” जीवन एक मोज हो । जीवन एक झोज हो ।। अर्थको कोशीस गर्दा, जीवन एक खोज हो । बुढेसकाल टेकेपछि , जीवन एक बोझ हो । विशाल संसार नियाल्दा, जीवन एक रोज हो । खानका लागि बाँच्नाले , जीवन एक भोज हो । २०७२ पुस ११ शनिवार बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com

गीति कविता :– बिजुली प्रसाद

गीति कविता :– बिजुली प्रसाद बिजु सुवेदी “विजय” सबैका लागि चाहिने कुरो म बिजुली प्रसाद नहुँदा म त जहिल्यै कालो हुन्छ नि सर्वत्र म भए जो नि सन्तोष गर्छ गर्बले फुल्दछ आशाको केन्द्र भएको छु म नेपाली जनकोे म जान्छु सधैँ बहेर जहीँ उज्यालो ल्याउन नभए म त कसैको गाँस पाक्दैन अब त ईन्धन सबै नाकाको बन्दी भएर म हिरो मेरै छ भर अरुको छैन बिकल्प अब त सर्बत्र मेरो हाई र हाई म भएँ फुरुङ्ग मेरै छ माग अहिले जहीँ नेपाल देशमा २०७२ पुस ८ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com

गति कविता :– जाग हे ! दुःखी

गति कविता :– जाग हे ! दुःखी बिजु सुवेदी “विजय” जाग हे ! दुःखी समर गर्न अन्याय विरुद्ध बाँधिन सक्छ साङ्लोले हात आवाज उठाऔँ ।। फुटाई राज गरेर बाँध्ला कम्मर कसौँ न सामन्ती सत्ता बढार्न आज समूह बनौँ न लुटेरा राज आउन सक्छ दमन गरेर डटेर गरौँ सामना अब बुलन्दी भएर प्रत्येक चाल देशका लागि चालेर बढाऔँ प्रखर बनी जुटेर अब एकता देखाऔँ शत्रुका पञ्जा छुटाई अनि उकाली चढौँ न उन्नति हुन्छ यसरी बढी शिखर पुगौँ न अबेर भयो हे ! उठ सब बहार ल्याउन डरायौँ भने परिन्छ पछि निडर बनौँ न सहिद सम्झी डटेर अब सङ्ग्राम गरौँ न कस्सेर मुठ्ठी दिएर ज्यान गरौँ न अर्पण २०७२ पुस ४ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमार्डाैँ bijusubedi@gmail.com

गीति कविता :– देशको हाल बिग्रियो

गीति कविता :– देशको हाल बिग्रियो बिजु सुवेदी “विजय” देशको हाल बिग्रियो आज संकटै संकट जता नि हेरे कालोको धन्दा महङ्गी भूकम्प पैसाको क्याँठ देखायो भने जे पनि पाइन्छ अन्यथा भाउ मोल्न नि खोजे केही नि पाइन्न पैसाको पछि लागेर यहाँ बेपारी मोटाए जनता–लाई लुटेर यहाँ ढाड नि सेकाए विश्वको एक नम्बर भयो गरिब राष्ट्रको के गरी बाँच्ने सकस भयो निमुखा जनले आकाशे भाउ सबै नि बस्तु के गरी जिउने कसरी बसे जनता आज कहर खाएर नाकाको बन्दी भारत एक्लो निर्याती भएर असली मित्र भएन हरे ! दक्षिणी सिमाको नेताको चाल दलाली गर्ने देशको सम्पत्ति के गरी खाने यसरी यहाँ नेपाली सन्तत्ति २०७२ पुस २ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi#gmail.com

“सत्य सङ्घर्षका कथाहरु” सन्दर्भमा समीक्षक राजन पनेरुलाई पत्र

“सत्य सङ्घर्षका कथाहरु” सन्दर्भमा  समीक्षक राजन पनेरुलाई पत्र समीक्षकलाई मैले यसो गरे होला, उसो गरे होला भनेर कहिल्यै नभन्नु मेरो लेखकीय धर्म हो ।  यसो गर उसो गर भनेमा समीक्षाको मतलब नै हुन्न भन्ने मेरो मान्यता हो । मैले मेरो पुस्तकका लागि भूमिका लेखिदिनुहुने नेपाली विषयमा डाक्टरी गर्नु भइसक्नु भएका डा. राम प्रसाद ज्ञवाली सर होस् वा अहिलेसम्म सबैभन्दा बढी नेपाली साहित्यका लागि समालोचना लेखिसक्नुभएका विश्व साहितयका विज्ञ डा. गोविन्द राज भट्टराई सर होस् वा चहकपूर्ण लेखकीय गुण भएको तपाईं राजन पनेरु होस् मैले लेखनीमा हस्तक्षेप गर्न उचित ठानेको छैन र कहिल्यै गर्दिन पनि । जस्ताको तस्तै प्रस्तुत गर्ने मेरो लेखकीय धर्म हो ।  समीक्षा समाजका अगाडि ऐना सरह यस पुस्तक “सत्य सङ्घर्षका कथाहरु”का लागि लेखिदिनुभएकोमा तपाईंलाई मुरी मुरी धन्यवाद छ । मलाई लाग्छ तपाईंले यस पुस्तकका लागि मेरो “आफ्नो कथन” र अन्य यस पुस्तक सम्बन्धी यस पुस्तकमा भएका र अन्त पनि प्रकाशित भूमिकाहरु पढ्नु भइसेकपछि मलाई आलोचनात्मक रुपमा पहिलो पटक पठाउनु भएको समीक्षा जुन अरुलाई नदेखाउनुहोला भनेर पठाउनु भएको थ...

कविता :– मृत्युमा रस छ

कविता :– मृत्युमा रस छ कवि :– बिजु सुवेदी “विजय” हरेक मीठो बजाऊ गीत निरस कर्कस सुनेर केही भएन आज बेसुरा बेताल हरेक राम्रो सजाऊ लुगा निरस सौन्दर्य लाएर केही भएन आज अगति अशान्ति हरेक राम्रो चाखेर खाना निरस चहक खाएर केही भएन आज अमन बमन हरेक मान्छे भेटेर बोल्दा निरस असाथी भेटेर केही भएन सबै बेकार स्वार्थीलो हरेक ठाउँ घुमेर आज बेकार बेजान घुमेर केही भएन आज निर्जन सर्वत्र हरेक खेल खेलेर बस्दा नमज्जा बेकार खेलेर आज पाउने के हो धिक्कार बिकार हरेक लेख पढेर बस्दा दिक्दार आलस्य आखिर सबै आ–आफ्ना कुरा रटान गर्दछन् हरेक सूची रुचिनै छैन ऐँठन भएर आखिर सबै निस्तो नै निस्तो फगत बेकार रुचि नै छैन कुनै नि कुरा निरस सर्वत्र त्यसैले मृत्यु लाग्योनि प्यारो यसमा रस छ मृत्युका लागि कामना गरेँ मरेर जानेछु अगाडि अब फ्याँकेर ज्यान भलाइ गर्नेछु निडर छु म मर्नका लागि यही छ अठोट अगाडि अब फ्याँकेर ज्यान भलाइ गर्नेछु २०७२ मङ्सिर २५ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौँ bijusubedi@gmail.com

लघुकथा :– पढाइ र अनुभव

लघुकथा :– पढाइ र अनुभव लघुकथाकार :– बिजु सुवेदी “विजय” पढाइले उज्जवल भविष्य हुन्छ भनेर उसले धेरै पढेको थियो तर रोजगारी कतै पाएको थिएन । जहाँ पनि “कामको अनुभव कति छ ?” भनेर सोध्नाले हलुवामा वालुवा भइरहेको थियो । ऊ सधैँ जागिरबाट चिप्लिन्थ्यो । जहाँ पनि अनुभवी मान्छे चाहिने हुनाले आखिर उसको मोटो पुस्तकको पढाइले कतैपनि रोजगारी प्राप्त हुन सकेन । विस्तारै समयको चलन बुझेर उसले जस्तोसुकै काम भए पनि तल्लोस्तरदेखि गर्ने निधो गर्यो । कामको सिलसिलामा अनुभव त के हुन्थ्यो र पढाइले जे सिकाएको थियो त्यसको ठीक उल्टो काम गर्नुपथ्र्यो । पढाइले “इमान्दारीले आफ्नो कार्यालयलाई माथि पुर्याउनुपर्ने ” सिकाएकोले केही भएको थिएन । बरु अनुभवले कसरी आफ्नो कार्यालयका लागि कर छलेर साम, दाम, दण्ड, भेदजस्ता तीकडमले साहुको व्यवसायलाई नाफामा पुर्याएर राम्रो बनाउने भन्ने सिकाएको थियो । २०७२ मङ्सिर २५ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं   bijusubedi@gmail.com

गीति कविता :– आत्तिनु हुँदैन, मात्तिनु हुँदैन ।

गीति  कविता :– आत्तिनु हुँदैन, मात्तिनु हुँदैन । बिजु सुवेदी “विजय” दुःख भयो भनेर आत्तिनु हुँदैन । सुख भयो भनेर मात्तिनु हुँदैन ।। गरिब भनेर कबै हेला नगर, उन्मादित भएर ठाट्टिनु हुँदैन । जवानी सबको एकपल्ट आउने हो, चौडा छाति भनेर पात्तिनु हुँदैन । आगोमा झोस्ने रुइजस्तो नबन, त्यसरी तिमी कस्सेर बात्तिनु हुँदैन । बिचार नमिलेमा सम्झाउनु पर्छ , रिस उमालेर तात्तिनु हुँदैन । देशको अस्तित्त्व सधैँ जोगाउनुपर्छ, विदेशीसँग झरेर साट्टिनु हुँदैन । बुझ ! दुश्मन भनेको दुश्मन नै हो , अचानोमा फसेर काट्टिनु हुँदैन । नोट :– यो गीति कविता गजल लेख्ने पाराले लेखेको हुनाले यसलाई  ७  शेरको गजल पनि भन्न सकिन्छ । २०७२ मङ्सिर १९ शनिवार बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौँ bijusubedi@gmail.com

लघुकथा :– गिनिस बुक र बृद्ध

लघुकथा :– गिनिस बुक र बृद्ध बिजु सुवेदी “विजय” गिनिस बुकमा सबैभन्दा बृद्धको पगरी गुथ्न सफल १०४ वर्षिय सनत् नामक बृद्धलाई सो गिनिस बुकका टोलीले प्रमाणपत्र दिन आए । टोलीका एकजना :– “हामी तपाईंलाई प्रमाणपत्र दिन आएका । एउटा कुरा सोधुँ है बाजे ? हैन तपाईं यसरी १०४ वर्षसम्म दीर्घ आयु बाँच्न सक्नुको प्रमुख कारण के हो ? मलाई लाग्छ तपाईंले रक्सी, धुम्रपानजस्ता कुनै पनि कुलत गर्नु नभएर होला हैन त बाजे ?” यत्तिक्कैमा पल्लो कोठाबाट अर्को बृद्धको आवाज आयो :– “मेरो प्यारो छोरा सनत् बाबु ! त्यहाँ मैले चिलिममा तमाखु बनाएर राखेको थिएँ, ल्या त । अँ अनि बोतलको ह्वीस्की पनि छ त्यहाँ त्यो पनि ल्या । आफूलाई त सधैँ रिलाक्स गर्नुपर्ने हुन्छ ।” २०७२ मङ्सिर १७ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com

तत्कालै चीनबाट इन्धन ल्याउने जोहो गरोस् ।

लेख :– तत्कालै चीनबाट इन्धन ल्याउने जोहो गरोस् । बिजु सुवेदी “विजय” अहिलेको अवस्थामा भारतले तीन बाली उत्पादन गर्नुहुने तराईको उर्वर भूमिमाथि आँखा गाडेर र्याल चुहाइरहेको छ । उसले कसरी हुन्छ तराईलाई आफ्नो भू–भाग बनाउनमा कुटनीतिक चाल चलिरहेको छ । हुनत भारतीय सदनमा आज मोदी सरकारको विरोधमा नेपाललाई नाकाबन्दी नगर्न बहुमतले ठूलै दबाब दिएको समाचार आएको छ । तर हाम्रा कधेसी नेताहरुमा नेपालभक्तिको त्यस्तो चेत अझैसम्म पनि पलाएको देखिएको छैन । हाम्रा मधेसी नेताहरुको भारतपरस्त विचारले झन् मोदी नेतृत्व सरकारलाई हौस्याइरहेको छ । यस्तो अवस्थामा पनि नेपाल सरकार भने अझै पनि विभिन्न बहानामा भारतबाट इन्धन ल्याउँदा पाउने कमिशनको आश गरी जिब्रो लेब्र्याउँदै बसिरहेका छन् । हाम्रो देशका नेताहरुप्रति नेपाली जनताहरुको धारणा नकारात्मक रहेको धेरै भइसक्यो तर अझै पनि उनीहरुलाई जनतासँग राम्रो बनाउने एकरत्ति पनि विचार देखिँदैन ।  नाकाबन्दी बारे संयुक्त राष्ट्र संघ, सार्कजस्ता आफूलाई परेका समस्याहरुका बारेमा अन्तर्राष्ट्रिय फोरमहरुमा बुलन्द आवाज उठाउन नसक्नु वर्तमान ओली सरकारको ठूलो कमजोरी हो । अहिले भरख...