Posts

Showing posts from May, 2014

सातौं गणतन्त्रको शुभ–कामना !

आज गणतन्त्र दिवस हो । गणतन्त्र दिवसका उपलक्ष्यमा शान्तिका परेवा उडाइए । विचरा ती शान्तिका परेवाले कहाँसम्म उडेर शान्ति फैलाउने हुन् । फेरि राजतन्त्रमा शान्तिका परेवा उडाइएजस्तै अर्को राजतन्त्रको फेरीमा कैद बनाइरहेका छन् शान्तिका परेवारुपी हामी विवस आम नेपाली जनता ! एउटा कुरामा भने उपलब्धी भएकै हो । यो गणतन्त्र मनाउनुको कुनै तुक छैन भने पनि यो गणतन्त्र भनेको एउटा युगको सुरुवात हो । २४० वर्षे राजतन्त्रको युगमात्रै समाप्त भएको हैन । यो २४० वर्षभन्दा आगाडिका तमाम राजतन्त्र पनि झिनो अवस्थामै भए पनि समाप्त भएको अवस्था हो । देशमा अहिले हामीले कसैलाई पनि र कसैका पूरै परिवारहरुलाई सरकार ! सरकार ! हजूर ज्यूनार गरिबक्सियोस् । खाइबक्सियोस् जस्ता बक्सियोस् जस्ता  सामन्ती र त्यसका  भरौटे परिवारहरु मानिसलाई पनि भगवानको रुपमा स्तुती गर्ने परम्परा हटिसकेको अवस्था छ । त्यसैले यो आजको नयाँ युगको सुरुवात भएको दिन हो । यो ऐतिहासिक युगान्तकारी दिन ल्याउन १० वर्षे जनयुद्ध तथा १९ दिने लोकतान्त्रिक आन्दोलनमा एकलाखभन्दा बढी वीर नेपाली जनताहरु सहिद भएका थिए । ती सहीदहरुलाई श्रद्धाञ्जली दिनु भनेको यो...