सातौं गणतन्त्रको शुभ–कामना !
आज गणतन्त्र दिवस हो । गणतन्त्र दिवसका उपलक्ष्यमा शान्तिका परेवा उडाइए । विचरा ती शान्तिका परेवाले कहाँसम्म उडेर शान्ति फैलाउने हुन् । फेरि राजतन्त्रमा शान्तिका परेवा उडाइएजस्तै अर्को राजतन्त्रको फेरीमा कैद बनाइरहेका छन् शान्तिका परेवारुपी हामी विवस आम नेपाली जनता ! एउटा कुरामा भने उपलब्धी भएकै हो । यो गणतन्त्र मनाउनुको कुनै तुक छैन भने पनि यो गणतन्त्र भनेको एउटा युगको सुरुवात हो । २४० वर्षे राजतन्त्रको युगमात्रै समाप्त भएको हैन । यो २४० वर्षभन्दा आगाडिका तमाम राजतन्त्र पनि झिनो अवस्थामै भए पनि समाप्त भएको अवस्था हो ।
देशमा अहिले हामीले कसैलाई पनि र कसैका पूरै परिवारहरुलाई सरकार ! सरकार ! हजूर ज्यूनार गरिबक्सियोस् । खाइबक्सियोस् जस्ता बक्सियोस् जस्ता सामन्ती र त्यसका भरौटे परिवारहरु मानिसलाई पनि भगवानको रुपमा स्तुती गर्ने परम्परा हटिसकेको अवस्था छ । त्यसैले यो आजको नयाँ युगको सुरुवात भएको दिन हो । यो ऐतिहासिक युगान्तकारी दिन ल्याउन १० वर्षे जनयुद्ध तथा १९ दिने लोकतान्त्रिक आन्दोलनमा एकलाखभन्दा बढी वीर नेपाली जनताहरु सहिद भएका थिए । ती सहीदहरुलाई श्रद्धाञ्जली दिनु भनेको यो गणतन्त्र दिवस मनाएर नै हो । नत्र राजतन्त्रका भरौटेहरुलाई अति आदरार्थीका शब्द बोलेर त के फोनमा पनि प्रयोग गरिएन भने जेलका जाक्दथ्यो । तैपनि जनताका अधिकारहरु पूनप्र्राप्ति भएका छैनन् । अझै पनि जनताहरुलाई घरमै बसे पनि जेलमा बसेको जस्तो पार्न तानाबाना बुन्ने काम भइरहेका छन् । त्यसैले सचेत बन्नु नितानत जरुरी छ ।
झिनो अवस्था मै भएपनि यसरी संस्थागत हुन नसकी अलिअलि वाकस्वतन्त्रका रुपमै भए पनि प्राप्त भएको गणतन्त्रलाई संस्थागत गर्ने आम नेपाली जनता , बुद्धिजीवी वर्ग , लेखक , पत्रकार , साहित्यकार सबैको दायित्व हो । तरै पनि प्रायः जसो मिडियाहरुका वक्तव्यहरु हेर्दा उनीहरुलाई पैसा मात्रै चाहेको जस्तो भान हुन्छ । उनीहरुले जनताका अधिकारहरु कुत्सित पार्न ठूलाठूला देश बेचुवा दलालहरुबाट पैसा असुलीरहेका छन् । त्यसैले बुद्धिजीवी जनता , लेखक , पत्रकार सबै श्रमजीवी जनताहरुले अझै पनि आफ्ना हक अधिकारका लागि लडिरहनुपर्ने आजको टड्कारो आवश्यकता छ । त्यसैले यो आफूले पाएको झिनो अधिकारलाई प्रयोग गर्न नचुक्नुहोस् ।
दासी गिदी हटाउनुहोस् । दास मानसिकता परित्याग गर्नुहोस् । राजतन्त्र समाप्त भएको खुशियाली मनाउनुहोस् । २०६५ जेठ १५देखि नेपालको आकाशमा प्रभात उदाइसकेको छ । त्यो रातो घामले कालो युग ढलाइसकेको छ । यो आजको सातौं गणतनत्र दिवसको उपलक्ष्यमा साथीभाइ , नातागोता , बन्धुवान्धव , शुभचिन्तक न्यायकामी , मुक्तिकामी सबै नेपाली जनताहरुलाई धेरै धेरै शुभ–कामना व्यक्त गर्दछु ।
२०७१ जेष्ठ १५ (गणतन्त्र दिवस)
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
Comments
Post a Comment