छिटै आऊ गणतन्त्र
छिटै आऊ गणतन्त्र (२०८० जेठ १५को गणतन्त्र दिवसको शुभकामनासहित ) गणतन्त्र ! पैँसठ्ठी जेठ पन्ध्रमा तिमी आयौ बालुवा चाल्नेकहाँ चाहिँ कहिले आउँछौ ? गिट्टी कुट्नेकहाँ चाहिँ कहिले आउँछौ ? मालिकको दासता भएको ठाउँमा चाहिँ कहिले आउँछौ ? गणतन्त्र ! तिम्रा निम्ति एक लाखभन्दा बढी सहिद भइसके साँच्चै गणतन्त्र ! तिमी ०६५ जेठ १५मा आयौ राजतन्त्रेलाई धुलो चटायौ जसलाई पनि अरूलाई बुद्ध बनाएर सबैलाई आफू राजा बन्ने लालसा बढिरहेको छ पक्कै पनि महाराजा बनाउन गणतन्त्र तिमी आएकै होइनौ मलाई पनि कसैको राजतन्त्रे स्वीकार्य छैन मेरै राजतन्त्रे भए पनि मलाई स्वीकार्य छैन “राजगद्दी जनताको मानिए पनि सम्पत्ति नेपाल सरकारको भएको छैन मलाई पनि कसैको राजतन्त्रे स्वीकार्य छैन चाहे त्यो मलाई एकदमै मनपर्ने पार्टी नै किन नहोस् मलाई तिमीहरुको पनि राजतन्त्रे स्वीकार्य छैन” हो ! यो मेरो गणतन्त्रप्रतिको निष्ठा हो गणतन्त्र ! तिमी युग बदल्ने आवाज हौ अवाज दबाउन गरिएको तगारो विरुद्धको सशक्त आवाज हो दासताको बन्धनबाट छुट्कारा छ यसमा त्यसैले दबिएका ठाउँमा आवाज बनी आऊ गणतन्त्र ! तिमी जनताको दैलोमै आउनु आवश्यक छ साँच्चै गणतन्त्र ! ...