शिव वन्दना
शिव वन्दना बिजु सुवेदी “विजय” भोलेबाबा शिवजीलाई सबैको कल्याणको लागि यसैबाट विनम्रतापूर्वक आव्हान गरौं । हामीलाई कल्याणको परिभाषा पनि ठीक मात्रामा थाहा छैन । तर कल्याण के हो ? उक्त कल्याण शिवजीले मात्र जात्रु हुन्छ । हामीले त्यस्तो कल्याण सबैलाई प्रदान गरी शिवजीलाई दिलाइदिनुहुन विनम्र वन्दना गरौं । त्यस्तो कल्याणबाट सबैलाई शान्ति होस् , सबैलाई आनन्द होस् , सबैको मनको ईच्छा पूरा होस् । सबै भनेको त्यो हो जुन दृष्य–अदृष्य , चराचर जगत भित्र–बाहिर जति पनि रचना–अरचना छन् ती सबलाई कल्याण गरिदिनुस् । जय शिव भोला , द्रुत्त बम भोला , सबै दुःखीयारीहरुको दुःख हटाइदिनुहोला । दक्षको छोरी सती अन्माउँदा शिवलाई सोधियो बुबाको नाम पहिला शिर निहु¥याई महादेवले केही भत्र सकेनन् दक्षले बाबुबिना कन्यादान गर्न मानेनन् ।। १ ।। तब बिष्णुले दक्षलाई भन्यो न शुरु न अन्त्य आदिनाथ हो यो शिवनै शिव , शिव दृष्टि अनन्त सबका पिता सर्वश्रेष्ठ भगवन्त ।। २ ।। जति जन्म भयो जति मृत्यु सतीको तीसबैका खप्परमाला रुद्राक्षको शिवले लगाई भयो आदिनाथ शिव त्रिकालदर्शी त्रिकालप्रवेशी...