कथा :- अनुत्तरित प्रश्न
अनुत्तरित प्रश्न सधैं हजुरबुबाले आफ्नो प्यारो नातिलाई आफूलाई पनि आफ्नो हजुरबुबाले माया गरेको किस्सा सुनाएर ५ वर्षे नातिलाई आफूतर्फआकर्षित गराइराख्नुहुन्छ । हजुरबुबा :- मेरो हजुरबुबाले मलाई मैले तिमीलाई माया गरेजस्तै माया गर्नुहुन्थ्यो । नाति :- अनि हजुरको हजुरआमा हुनुहुन्न ? हजुरबुबा :- हजुरआमा त तीनजना हुनुहुन्थ्यो । नाति :- तर मेरो त एक जना मात्रै हजुरआमा हुनुहुन्छ । कसरी तीन जना नभएको हजुरबुबा ? हजुरबुबा :- हजुरबुबाले तीनजनै हजुरआमालाई एकदमै माया गर्नुहुन्थ्यो । अनि त्यसैले तीनैजनासँग बिहे गर्नुभएको । ( त्यत्तिक्कैमा एकजना हकर पत्रिका बेच्दै ठूलो ठू...