Posts

Showing posts from May, 2025

कथा :— नेपालआमाले ३ बाकस कमाइन्

 कथा ः— नेपालआमाले ३ बाकस कमाइन् बिजु सुवेदी विजय गडगडाहटका साथ गाउँमा पहिलो पल्ट हेलिकप्टर मडारिरहेको थियो । “छालिवान गाउँ भनेको यही हो ?” हेलिकप्टरबाट चिच्याईचिच्याई सोधिरहेको थियो । चिलगाडी नजिक आयो भन्दै गाउँलेहरु बाक्लिँदै थिए अनि तत्कालै गाउँलेहरु सबै चिच्याएर हो ! हो !!  भन्दै थिए । गाउँनै थर्काउने गरी हेलिकप्टर गजधम्म रोकियो । हेलिकप्टरको पंखा घुमिरहेको थियो । म त्यही चिलगाडी भित्र थिएँ । मैले जनयुद्धको सपना बोकेको, तर अब घोषणापत्र नै राखेर झिलिमिली बाकसमा पठाइएको थियो — “देश बनाउने टेन्डरमा भाग नपाएको हर्के म नै हुँ !” गाउँ फर्केको हुँ म— काठको बाकसमा, पहिले बन्दुक बोकेको हात, अब शलले बेरिएको छ, सपनाको गोली थियो– जनयुद्ध, तर टुक्रिएको छ– जनगणनामा हराएको नाम । म मरेको थिएँ झन्डा समाएर, तर फर्केर आएँ बाकस समाएर,“शहीद” भनियो, तर परिवारले खायो— ‘सहिद ग्यारेन्टी छैन’ को सुक्खा चिठ्ठा । गाउँले करायो — “यो त हाम्रो छोरो हो !” नेताले कराए — “यो त पार्टीको इतिहास हो !” तर इतिहासमा फोटो नै छैन मेरो, केवल बाँकी छ त केवल एउटा कुहिएको कफिन– र केही अधुरा नारा । “नयाँ नेपाल” का लागि...

ल नेपाली जनता तिमीहरुको सधैँ राम्रो होस् ।

  म आज नेपाल हेर्न आएको छु गणतन्त्रको कार्यक्रममा पस्छु गणतन्त्रका समर्थकहरु हेर्छु कार्यक्रम त गरिरहेका छन् तर सबैका अनुहार फुस्राफुस्रा ल हेरुँ न त यता पनि भनी राजतन्त्रको कार्यक्रममा पनि छिर्छु त्यहाँ पनि सबैका अनुहार फुस्राफुस्रा दुबैतिरका जनतालाई सोध्छु आखिर तपाईं के चाहनुहुन्छ ? यहाँ किन कुन लक्ष्यका लागि आउनुभएको ? उहाँहरु अवाक भइरहेछन् बरु पन्छिन खोजिरहेछन् दुबैतिर कुनै चालमा हारेजस्तो कतै मेसो नपाएजस्तो गन्तव्य केहो ? सोधिरहेजस्तो मैले अनुसन्धान गरेँ र सोधेँ तपाईंहरु कुन ठाउँमा हो ? उहाँहरुबाट नैराश्यका भाव झल्किरहेथ्यो कुनै विकल्प नपाएजस्तो कुनै समाधान नभएजस्तो कुनै निकास नपाएजस्तो होइन ! होइन !! होइन !!! उहाँहरु कदापि दास कार्यकर्ता होइन उहाँहरु कुनै तन्त्र खोजिरहनुभएको छ त्यसका लागि ग्राण्डमास्टरलेजस्तो ब्रिलियन्ट चाल चाल्ने कोही आइदेओस् म शहीदले देखेको यत्ति हो बस् यत्ति हो ल नेपाली जनता तिमीहरुको सधैँ राम्रो होस् । २०८२ जेठ पन्ध्र बिजु सुवेदी विजय

कथाः “स्मृतिको पूर्णिमा प्रेमकथा”

 कथाः “स्मृतिको पूर्णिमा प्रेमकथा” धुलो उड्दै गरेका बाटाहरू, टाढा पहाडको फेदमा हरियालीले ढाकिएको गाउँ थियो – फूलपाती गाउँ । यहाँ बिहानै पन्छीको चिरबिर, चौतारीमा बसेर गफ गर्ने बृद्धबृद्धा, र खेतमा झुकेर काम गरिरहेकी आमा– यी सबैले एउटा शान्त र रमणीय वातावरण बनाउँथे । स्मृति, बीस बर्षकी सुन्दरी तर विचारशील केटी थिइन् । उनी पढेलेखेकी थिइन् र गाउँकै विद्यालयमा पढाउने सपना बोकेकी थिइन् । उनी आफ्नो जीवन आफैं बनाउन चाहन्थिन्, तर उनका आमा–बुबाको सोच त्यो सपनासँग ठ्याक्कै मेल खाँदैनथ्यो । एक साँझ, खेतको डिलमा बसेर स्मृति आकाशतिर हेर्दै थिइन् । बुबा, हरिकृष्ण, खेतबाट फर्कँदै आउँदै थिए । बुबाः “स्मृति, किन यति गहिरो सोचिरहेकी जस्ती देखिन्छ्यौ नि ?” स्मृतिः (हल्का मुस्काउँदै) “बुबा, जीवन कता जान्छ होला भनेर सोचिरहेकी थिएँ ।” बुबाः (बस्दै) “जीवन भनेको नदी हो नि... कहिलेकाहीँ उर्लिन्छ, कहिलेकाहीँ शान्त बग्छ तर तिमी आफैं त्यसको दिशा रोज्न सक्छौ ।” स्मृति बुबाको कुरा सुन्दै थिइन् । उनलाई थाहा थियो, उनका बुबा गाउँका अरु पुरूषभन्दा फरक थिए । छोरीको पढाइ र सपना उनी समर्थन गर्थे तर घरभित्र भने वातावरण ...

पुस्तागत अध्ययन : एक अध्ययन

  पुस्तागत अध्ययन  : एक अध्ययन (पहिलो खण्ड) Generational Analysis: A Study   != kl/ro १. परिचय पुस्तागत अध्ययनको परिभाषा यसको महत्त्व र प्रयोजन सामाजिक विज्ञान तथा अन्य क्षेत्रहरूसँग यसको सम्बन्ध २. पुस्ताहरूको वर्गीकरण र विशेषताहरू पुस्ताहरूको ऐतिहासिक विभाजन (जस्तैः बेबी बुमर, जेन एक्स, मिलेनियल, जेन जेड आदि) प्रत्येक पुस्ताको सांस्कृतिक, आर्थिक, राजनीतिक, तथा प्रविधिसँगको सम्बन्ध प्रत्येक पुस्ताको सोच, व्यवहार र मूल्य प्रणालीको तुलना ३. पुस्तागत भिन्नता र प्रभाव प्रविधि र पुस्ताहरू (डिजिटल युग र यसको प्रभाव) शिक्षा प्रणाली र पुस्तागत परिवर्तन रोजगारी, व्यवसाय र आर्थिक दृष्टिकोण सामाजिक संरचना र पारिवारिक सम्बन्धहरूमा परिवर्तन ४. नेपालको सन्दर्भमा पुस्तागत अध्ययन नेपाली समाजमा पुस्तागत अन्तर परम्परागत र आधुनिक पुस्ताबीचको द्वन्द्व वा समायोजन नेपाली राजनीतिमा पुस्तागत प्रभाव रोजगारी, प्रवासन र पुस्तागत सोच ५. वैश्विक सन्दर्भ र तुलनात्मक अध्ययन विकसित र विकासशील देशहरूको पुस्तागत भिन्नता पुस्तागत विचारधाराको विश्वव्यापी प्रभाव सांस्कृतिक अन्तर र पुस्तागत अध्ययन ६. पु...