जनयुद्ध र जनआन्दोलनको विरूद्धमा १६ बुँदे सहमति (अन्तरवार्ता)
विनास र विध्वंसकारी भुइँचालो गएको केही दिनपछि नै तपाईंको नेतृत्वमा गोरखाको बारपाक, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे, रामेछाप, दोलखालगायत अतिप्रभावित क्षेत्रहरूमा जानुभयो । त्यहाँको स्थितिका बारेमा बताइदिनुहुन्छ कि ? भूकम्पीय विपत्तिले जनतालाई निकै ठूलो क्षति पुर्यायो । जनताले निकै ठूलो दुःख भोग्नुपरेको छ । बस्तीहरू नै भत्किएका छन् । सरकारी तथ्याङ्कअनुसार नै असी लाख जनता प्रभावित भएका छन् । आठ लाख घरहरू बस्न नमिल्ने गरी भत्किएका छन् । दस हजारजतिको निधन भएको छ । हजारौँको सङ्ख्यामा घाइते भएका छन् । यो नेपालकै इतिहासमा एकैपटक भएको सबैभन्दा ठूलो क्षति हो । भूकम्पपछि हामी मुख्य प्रभावित क्षेत्रमा पुग्यौँ । बारपाकको डाँडा चढ्दै गर्दा र गाउँमा पुग्दा कल्पनाभन्दा बाहिरको क्षति देख्यौँ । घरको के कुरा गर्ने, डाँडा नै फुटेका छन् । घरका आँगन, पिँढी सबै उप्केका छन् । ठूलाठूला पत्थरहरू उप्केर बसेका छन् । जनता घरबाट निस्केर पनि कहाँ जाने, आँगन नै फुटेको छ । एउटा विध्वंसजस्तो देख्यौँ । हामी जाँदा गाउँका आमा, बा, दाइभाइहरू बडो पीडामा हुनुहुन्थ्यो । सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, दोलखा, रामेछा...