लघु कथा ः ट्याक्स
लघु कथा ः ट्याक्स लेभ तोल्सतोइका विश्वप्रसिद्ध लघु कथाहरूबाट अमिन ट्याक्स उठाउने हाकिम हो । तारामण्डल देखिने छाना प्वाल परेका भित्ता भएको पुरानो झुप्रोमा यस्तै सात वर्षकी केटी ग्रुस्काबाहेक कोही हुँदैनन् । त्यहाँ आएर अमिनले चारैतर्फ हेरे । “भित्र कोही छ ?” “आमा गाई बाँधेर जानुभयो । बा मालिकको गाई हेर्न जानुभयो । ” “तिम्री आमा आइन् भने अमिन साहेब आएका थिए भनिदिनू । म योसमेत यहाँ ३ पटक आइसकेँ । यदि आइतवारभित्र ट्याक्स नतिर्ने हो भने गाई फुकाएर लैजान्छु ।” “तिमीले हाम्रो गाई लाने रे । किन ? तिमी चोर हो । म तिमीलाई गाई लान दिन्न ।” (हाँस्दै) “आ ! हो । तिमी त चलाख केटी रहिछ्यौ । तिम्रो नाम के हो ?” “ग्रुस्का” “ठिक छ ग्रुस्का ! तिमी सानी भैकन पनि चलाख रहिछ्यौ । तैपनि मेरो कुरा सुन त ! तिम्री आमालाई भनिदेऊ कि ‘म गाई लिएर जानेछु तर म चोर चाहिँ पक्कै होइन ।’ ” “तिमी चोर होइनौ भने गाई किन लान चाहन्छौ ?” “नियम कानुनले जे भन्छ त्यो त गर्नै पर्छ नि ! म करको सट्टामा तिम्रो गाई लान्छु ।” “करका बारेमा तिमीलाई केको चासो ?” “तिमी त धेरै चलाख केटी लाग्यो मलाई । कर के हो ? जार (राजा) आफ्ना प्रजाहरुबा...