Posts

Showing posts from 2019

विज्ञान कथा :– शूण्य

Image
विज्ञान कथा :– शूण्य बिजु सुवेदी विजय इथरका बुबा ठूलो अन्तरिक्ष वैज्ञानिक थिए । उनी धेरै मेहनती भएकाले अन्तरिक्ष विज्ञानमा बाहिरी ग्रहसँग कनेक्सन गरेर एकमात्र सुपर वैज्ञानिक बनेर तहल्का मच्चाइरहेका थिए । उनी अन्तरिक्षका अति विकसित जीवलाई यस पृथ्वीमा पदार्पण गराउन चाहन्थे । यस पृथ्वीमा इथर जब ६ महिनाको भएको थियो अकस्मात् इथरका बुबा “मिराकल ! मिराकल !!” भन्दै दङ्ग परे, उफ्रिन थाले, चुलबुल हुन थाले । वास्तबमा उसका बुबाले जुन सूचना पठाएका थिए, त्यसको सहायतामा एकापट्टि उसका बुबालाई बाहिरी ग्रहका सुपर अन्तरिक्षयात्रीहरूले यानबाट लिन आएका थिए भने अर्कोपट्टि सोही बेला इथरका बुबा आफ्नो अन्वेषनात्मक यात्रामा घोत्लिएर कल्पँदै थिए । ‘शून्यमा आकाश, आकाशमा शून्य । आकाशमा सम्पूर्ण, सम्पूर्णमा आकाश । शून्यमा पनि त्यै, कोही विलिँदैन क्यै । भित्रको भित्र बाहिर, बाहिरको बाहिर भित्र । बृहत् हुन्छ सूक्ष्ममा, सूक्ष्म हुन्छ बृहत्मा । दृश्यमा यो अदृश्य, अदृश्यमा यो दृश्य । विचित्रमा छ चित्र, चित्रमा छ विचित्र । मनको विचार अदृश्य, पुग्छ तत्कालै अनन्तको पारि, त्यसैले त्यसकै छ राज, त्यस्तै छ शून्यको काज ...

एक रातको कथा यसका सुन्न सक्नुहुन्छ ।

यदि तपाईंले यो कथा सुन्न चाहनुहुनछ भने तलको प्ले बटन क्लिक गरेर सुन्न सक्नुहुन्छ । एक रातको कथा यसका सुन्न सक्नुहुन्छ ।

सत्य पौराणिक कथा: प्रेरणादायी र संग्रहणीय पुस्तक

Image
कथा अनेक प्रकारका हुन्छन् । काल्पनिक, भावनात्मक, सत्य वा पौराणिक कथा । हामीले पढ्ने र सुन्ने धेरैजसो कथा काल्पनिक हुने गरेपनि पौराणिक कथा पनि समाजमा उस्तै प्रचलित छ । जनश्रुतिमा आधारित यस्ता कथाहरु कतै पुराणमा उल्लेखित हुन्छन् त कुनै कथाहरु कतैपनि उल्लेख नभएपनि रोचक हुन्छन् । त्यस्तै कथाहरुको संग्रह लिएर यसपटक साहित्यकार विजु सुवेदी (विजय) आम पाठक माझ आएका छन् । सत्य पौराणिक कथाहरु नाम दिइएको यस संग्रहले हामीले सुनेका प्रचलित कथाहरुले पुस्तकको आकार पाएका छन् । जुन निकै रोचक मात्र छैन हराएका र हराउने क्रममा रहेका कथाहरुले पनि जिवन्तता पाएका छन् । यसमा करिव ३ दर्जन जति छोटा, लामा कथाहरु संग्रहित छन् । सबै कथाहरु रमाइला पनि छन् । पढ्दै जाँदा रोचक लाग्छन् । आफूले पिता पुर्खाबाट सुन्दै आएका कुराहरुलाई सत्यकथाको आडमा रहेर यी कथाहरु रचना गरेको लेखक स्वयंले बताएका छन् । मान्छेको मुखमै सिमित रहेका लोककथा, किंबदन्तीका कथा, पौराणिक लगायतका सत्य कथाहरु पुस्तकमा समावेश छन् । जुन कालान्तरमा एउटा इतिहास मात्र रहँदैन भावी पुस्ताका लागि पनि एउटा प्रेरणाको स्रोत बन्ने छ । ह...

कविता :–एक्लो

Image
एक्लो छु म एक्लो यो दुनियाँमा म एक्लो कोही साथी छ भने त्यो मरो छायाँ कोही सत्य बोल्छ भने त्यो उल्टो ऐना केही अँगालो छ भने भरिलो श्वासको इञ्जिन छ भने मुटुको सिपियु त भइहाल्यो दिमाग कहाँ छ त्यो माउस चलाउने अनन्त अनभिज्ञ ! यो उमेरभन्दा धेरै लामो छ समय गन्तव्यमा कहिल्यै पुगेको हैन चलायमान छ , दौडिरहन्छ हरदम रोकाएर हेर्न सकेको छैन यो अञ्जान शहरमा परिचित कोही छैन दिन रित्तोरित्तो सुल्टो आकाशको भाँडोजस्तो रात धुवाँधुवाँ घोप्टो आकाशको कैदीे जस्तो धुवाँ सारा पञ्छाउँदै कहिले हुनेहो हरदम प्रभात !र् हावा उस्तैउस्तै सर्वत्र नाचिरहेछ कसैलाई वास्ता दिइरहेछ अत्तरको कसैलाई ह्वास्स दिगमिगाहटको पानी पनि उस्तैउस्तै छ कतै जमिरहेछ, कतै पग्लिरहेछ कतै वाफ बादलिरहेछ आगो पनि उस्तैउस्तै छ कसैलाई पोलिरहेछ कसैको खाना पकाइरहेछ खुसी छ, त्यो पनि देखिन्न दुःख छ त्यो पनि देखिन्न इच्छा छ त्यो पनि देखिन्न बुद्धि, ज्ञान, ऐश, आराम छ सम्झना, विर्सना , तिर्सना सपना, बिपना, कल्पना सोच, खोज, मनमोज छ बाठो छ, लाटो छ गोरो छ, कालो छ गद्दार छ, स्नेही पनि छ असमानता, समानता साथीत्व, वेइमानीत्व बेवास्ता ! सकारात्मक, मध्यविचार, नकार...

शुभ–कामना नव वर्षको

Image
शुभ–कामना नव वर्षको —विजु सुवेदी ‘विजय’ पालुवा पलाउँछ बिहानी आउँछ रात पञ्छिँदै जान्छ शिशिर जान्छ बसन्त आउँछ सबैमा उमङ्ग ल्याउँछ उच्छवास ल्याउँछ नवीन भाव ल्याउँछ त्यसैले क्यालेण्डर बदल्ने मात्र होइन प्रकृतिको देन हेर्नुपर्छ जिन्दगी बदल्नु पर्छ समयको रफ्तार बढ्दै जान्छ पालुवा फेरि फक्रन थाल्छ निरन्तर चलिरहन्छ बगेको खोला हो जिन्दगी पुरानो, नयाँ, राम्रो, नराम्रो बहँदै बहँदै आउँछन् शितको थोपा पातमा टल्कने हीरा हो जिन्दगी राम्रो कुरा आँगाल्दै जानुपर्छ नराम्रो कुरा विर्सिदिनुपर्छ जतिसुकै आग्रह गर जतिसुकै सलाम गर बगेको समय फर्किन्न त्यसैले जिन्दगीमा जे जे भयो राम्रो कुरा लिनुपर्छ नराम्रोबाट चेत्नुपर्छ गल्ती नगर्ने प्रण गर्नुपर्छ आफू सुध्रिँदै जानुपर्छ नयाँ ताजगी, नयाँ मनोहर नयाँ आभाष, नयाँ पराक्रम नयाँ प्रण, नयाँ अभिनव नयाँ वर्षमा नवीनभाव आउनुपर्छ सदा कायम गर्नुपर्छ मरेर जिउने होइन इमान डगमगाउनु दिनु हुन्न बाँचेर जिउनुपर्छ जतिपनि छन् प्रयास ती छोड्नु हुन्न अहिले २०–१९ छ त के भो यसलाई सुधार्दै लानु छ हरबाधा हटाउँदै जानु छ योभन्दा प्रगती गर्दै जानु छ २०–२० बनाउँदै २०–२१गर्दै प्रगती गर्दै छुक...