विज्ञान कथा :– शूण्य
विज्ञान कथा :– शूण्य
बिजु सुवेदी विजय
इथरका बुबा ठूलो अन्तरिक्ष वैज्ञानिक थिए । उनी धेरै मेहनती भएकाले अन्तरिक्ष विज्ञानमा बाहिरी ग्रहसँग कनेक्सन गरेर एकमात्र सुपर वैज्ञानिक बनेर तहल्का मच्चाइरहेका थिए । उनी अन्तरिक्षका अति विकसित जीवलाई यस पृथ्वीमा पदार्पण गराउन चाहन्थे । यस पृथ्वीमा इथर जब ६ महिनाको भएको थियो अकस्मात् इथरका बुबा “मिराकल ! मिराकल !!” भन्दै दङ्ग परे, उफ्रिन थाले, चुलबुल हुन थाले । वास्तबमा उसका बुबाले जुन सूचना पठाएका थिए, त्यसको सहायतामा एकापट्टि उसका बुबालाई बाहिरी ग्रहका सुपर अन्तरिक्षयात्रीहरूले यानबाट लिन आएका थिए भने अर्कोपट्टि सोही बेला इथरका बुबा आफ्नो अन्वेषनात्मक यात्रामा घोत्लिएर कल्पँदै थिए ।
‘शून्यमा आकाश, आकाशमा शून्य । आकाशमा सम्पूर्ण, सम्पूर्णमा आकाश । शून्यमा पनि त्यै, कोही विलिँदैन क्यै । भित्रको भित्र बाहिर, बाहिरको बाहिर भित्र । बृहत् हुन्छ सूक्ष्ममा, सूक्ष्म हुन्छ बृहत्मा । दृश्यमा यो अदृश्य, अदृश्यमा यो दृश्य । विचित्रमा छ चित्र, चित्रमा छ विचित्र । मनको विचार अदृश्य, पुग्छ तत्कालै अनन्तको पारि, त्यसैले त्यसकै छ राज, त्यस्तै छ शून्यको काज । सर्बत्र छ व्याप्त, व्याप्तमा छ शून्य । प्रलयमा छ सृष्टि, सृष्टिमा छ प्रलय । सुरुवातमा छ अन्त्य, अन्त्यमा छ सुरुवात । वृत्तको छ संसार, अन्त्य र सुरु त्यै एउटै विन्दुमा छ ।...
हो ! हो !! निःशेष छ निःशेष !
सबको सार शेषशून्य !
सबको सार शेषशून्य !!! ... ... ...’ भन्दै यसरी घोत्लिएर बिहानी हिँडाइ गरी यात्रामा मनका तरङ्गहरू दौडाएर डुबुल्की लगाइरहेका बेला रहस्यमयरूपमा मोटर दुर्घटनामा ठूलो एक्सप्लोजनसहित ग्यासको मुस्लो आकाशमाथि पुग्दा उनको सम्पूर्ण शरीर पनि भस्म भएर सोही ग्यासमै बिलायो । त्यहाँ ठूला वैज्ञानिकहरूले अनेकौँ अनुसन्धान गरे तर उसको बुबाको कुनै अंशको रसायन पनि त्यहाँ बाँकी भएको थिएन ।
पच्चीस वर्षपछि सोही अन्तरिक्षयान आएको उसकी आमाले देखिन् । त्यसबाट एक अन्तरिक्षयात्री उसको बुबाले अरू ग्रहसँग सम्पर्क राख्ने मेसिन, कम्प्युटर आदि उपकरणहरू जुन उसका बुबाले कसैलाई चलाउन नदिनू भनेका थिए, सोही ठाउँभित्र जबर्जस्ती प्रवेश ग¥यो । यसको बदलामा सो बाहिरी ग्रहको जीव र उनीहरूबीच घोर घमासान युद्ध भयो । आखिर आमाछोरा दुवैलाई सम्मोहनले बेहोस पारेर सो अन्तरिक्षयात्री पच्चीस वर्षपछि सो प्रयोगशालामा प्रवेश गर्न सफल भयो । उसले त्यसका लागि बाहिरी ग्रहबाट धेरै उपकरणहरू ल्याएको थियो । जब आमाछोराको होस खुल्यो सो प्रयोगशालाको रूप नै बेग्लै भयो अनि सो अन्तरिक्षयात्रीले आमा र छोराको शरीरभरि प्रकाशै प्रकाश छोड्यो । फेरि आमाछोराले नयाँशक्ति पाएको अनुभव गरे ।
लगत्तै पृथ्वीका वैज्ञानिक दलहरू सो ठाउँमा अनुसन्धान गर्न आइपुगे तर सो बाहिरी ग्रहको अन्तरिक्षयात्री गायब भैसकेको थियो । जब कुनै प्रमाण फेला परेन ती वैज्ञानिक दलहरू सबै आआफ्नो देशमा अनुसन्धानको कार्यलाई स्थगित गरेर फर्के । महान् वैज्ञानिकको छोरा इथर पनि समयले कोल्टे फेरेसँगै पच्चीस वर्षको भइसकेको थियो । “पच्चीस वर्षसम्म सो प्रयोगशालाका बारेमा कसैलाई नबताएर पच्चीस वर्षसम्म बन्द राखेर के बुद्धु काम गरेको ? त्यत्रो ठूलो कोठालाई प्रयोगशाला भनेर त्यतिकै नछोडी केही काम लिएको भए केही न केही त फाइदा हुन्थ्यो ।” भनेर आमाछोरा सो प्रयोगशालाभित्र प्रवेश गरे ।
त्यस्तो ठूलो ठाउँमा सबै उपकरणहरू त्यसै छरिएर रहेका थिए । अँ ! एउटा कुराको आमाछोरालाई याद थियो जब सो अन्तरिक्षयात्रीले उनीहरूलाई इन्द्रेणी जस्तो रङ्गीबिरङ्गी प्रकाशले छरेर बेहोस पारेको थियो । सो बेला सो प्रयोगशालाको सजावट एकदम राम्ररी मिलेको थियो तर जब पृथ्वीकै वैज्ञानिकहरूले सो प्रयोगशालाका सबै उपकरणहरू जाँच गर्दा केही प्रमाणहरू फेला परेन अनि सबै सामान छरपस्ट पारेर फर्केको थियो । त्यसरी नै एकदम राम्ररी जस्ताको तस्तै सजावट गर्ने भनेर आमाछोरा दुवै जुटे । केही दिनको अथक प्रयत्नपछि सो कोठालाई पहिलेकै सजावटशैलीअनुसार मिलाउन सफल भए । एउटा काठको बाकसलाई भने जता राखे पनि सजावट पहिले जस्तो भएन । चलाउँदा चलाउँदा दिक्कलाग्दा अकस्मात् सो बाकस उनीहरूको हातबाट खस्यो ।
अनि तुरुन्तै सो बाकस आवाजै नआईकन विस्फोट भयो । विस्फोट पनि यसरी भयो कि जुन बेला पच्चीस वर्ष अगाडि मोटर दुर्घटनामा धुवाँको मुस्लो चारैतिर फैलिएर फूलको पत्रपत्र जस्तो भएर आगो देखापरेको थियो । उसको बुबाको मृत्यु भएको बेला पनि त्यस्तै धुवाँको मुस्लो चारैतिर फैलिएर पूmलको पत्रपत्र जस्तो भएर आगो देखापरेको थियो भनेर आमाले छोरालाई भनेकी थिइन् अनि एकछिनपछि बादलमा पनि सोही विस्फोट भएको दृश्य देखाप¥यो । आमाछोरा दुवै अचम्ममा परी पहिलेका कुराहरू सम्झन पुगे । केही दिनपछि आमाछोरा दुवै सो कोठा फेरि बन्द गरेर बाहिर निस्के । तिहारको समय थियो एउटा नयाँ किसिमको पटाका निस्केको थियो अब पड्काउने, सबै जना हेर्न आऊ भनी एक जनाले भन्यो ।
पटाकालाई आगो लगाइयो तर पटाका आवाजै नआईकन विस्फोट भयो । पटाकाले पूmल आकारको पत्रपत्र निकालेर आगोको मुस्लो निकाल्यो तर आवाज भने आएन । सबै जना आवाज नआए पनि पूmलको पत्रपत्रजस्तो निक्लेको नै गजबको भयो भनी रमाए तर आमाछोरा भने अझै अचम्ममा परे । त्यस्तो रातको समयमा पनि आमाछोरा दुवैले आकाशतिर हेर्न थाले । नभन्दै पहिले उनीहरूले देखेकै दिशामा बादल देखाप¥यो । बादलले पूmलको पत्रपत्र जस्तो आकार लिन थाल्यो । सबैलाई आमाछोरा दुवैले “बादलको मुस्लो यहाँ पटाका विस्फोट भएकै तरिकाले भयो हेर्नुहोस्, हेर्नुहोस्” भने तर उनीहरूबाहेक कसैले देख्न सकेको थिएन ।
जब उनीहरू प्रयोगशालाभित्र प्रवेश गरे त्यो मिलाउन नसकेको विस्फोट भएको बाकस पहिलेकै अवस्थामा एकदमै सजावटलाई मिल्ने ठाउँमा भएको थियो । बाकसनेरको उपकरण इथरले जब चलाउन खोज्यो, उसको टाउकोमा तेजिलो प्रकाश पुञ्ज आयो । उसमा सबै स्मरणशक्ति फिर्ता आएको जस्तो भयो । त्यत्तिकैमा उत्तेजित भएर इथरले तत्कालै सो उपकरण सञ्चालन गरेर बाहिरी ग्रहका एक जना ज्ञाता ‘शून्यबाबा’लाई डाक्यो । शून्यबाबाको बत्तीको प्रकाशजस्तो डिजिटल रूप उसको अगाडि प्रकट भयो ।
बाबाले डिजिटल स्वरमा भन्यो, “हेङ् बाङ्लक इथर ! केङ् जिज्ञासाले बोलायौ ? जिज्ञासा प्रकट गर बालक ।”
त्यत्तिकैमा इथरले उत्सुकतापूर्वक सोध्यो, “हाम्रा पृथ्वीवासीहरूलाई यहाँहरू कसरी हेर्नुहुन्छ ?”
“मानिस एक विवेकशील प्राणी हो तर अहिलेको हजार वर्षमा मानिसहरू विवेकशील हुन भुलिसकेका छन् । किङ्नकि उनीहरूलाई आफ्नो स्वार्थ मात्र प्यारो छ । उङ्नीहरूले आफ्नो स्वार्थ नरोजे, आफू बाँच्न नपाउला कि भन्ने डर छ । खानका लागि बाँच्नेहरू ज्यादा छन् । बाँच्नका लागि खानेहरू थोरै छन् । बाँचेर समाज परिवर्तनका लागि केही गरौँ भन्नेहरू पनि थोरै छन् । समाज परिवर्तन गरौँ भन्ने नारा दिएर नेता बन्नेहरू पनि आआफ्नो कुर्सीको लडाइँमै व्यस्त छन् । उनीहरूमा सातपुस्ता पुग्ने गरी सम्पत्ति कसरी कुम्ल्याउने भन्ने लालसा व्याप्त छ । जहाँ पनि नेताहरू आफ्नो राज गर्न प्रचारप्रसार गर्दा जनता ललीपप खाएर जुनसुकै राजनीतिमा अवसरवादी भएर लागिरहेका छन् । तपाईंहरूकै भाषामा भन्ने हो भने यस्तो दहीच्युरे माङ्निसहरू तपाईंहरूकहाँ धेरै छङ् ।”
“बाबा ! यस्तो कुरा त यहाँ प्रत्येक व्यक्तिलाई थाहा छ तर यो कहिल्यै समाधान हुन्न बाबा । बरु अलि हामीले थाहा नभएका कुरा बरु यो ब्रह्माण्डका बारेमा खुलस्त परिभाषित गरिदिनुहोस् न ?”
“योङ् ब्रह्माण्ड अझ भनौँ भने योङ् सृष्टिलाई हेर्ने होङ् भने हामी अचम्ममै पर्छौँ । विज्ञानले यसलाई क्रमिक रूपमा भएको हो भनेका छन् भने अध्यात्मिक चिन्तनले यो भगवान्ले गरेको सृष्टि भनेका छन् । भगवान्को पनि आफ्नै परिभाषा छ । अझ भनौँ भने धार्मिक मान्यताअनुसार भन्नुपर्दा भगवान भनेर मान्छौँ तर हाम्रो विज्ञानको दृष्टिले हेर्ने हो भने परग्रही जीव भन्छौँ । परग्रही जीवमा पनि अति विकसित जीव जुन छ त्यसैलाई तपाईंहरूकहाँ धार्मिक मान्यतामा भगवानको संज्ञा दिइएको हो । तसर्थ भनाइ मात्र फरक हो । तपाईंहरू कहाँको विज्ञान र अध्यात्म हाम्रो निम्ति भिन्न छैन । यो विन्दु थाहा नपाएकाले तपाईंहरू कहाँ ठूलाठूला रासायनिक युद्ध भएको हो । अझ जैविक युद्धको तरखर भएको आभास हामीले पाएका छौँ । विज्ञानले जे भनेको छ अध्यात्मले जे भनेको छ त्यसको सुरुवातको अध्ययन मात्र फरक छ । उच्चतम अध्ययनबाट हेर्ने हो भने विज्ञान र अध्यात्मको मिलनविन्दु सुरुवात र अन्त्यमा एउटै हो । अर्थात् गन्ङ्तव्य एउटै हो गोरेटाहरू फरकफरक छङ् ।
यदि उच्चतम अध्ययनको दृष्टिले हेर्ने हो भने मानिस मानिसपिच्छे आआफ्नै धारणा हुन्छ । कसैले पनि पूरै विज्ञानलाई मानेको हुँदैन कसैले पनि पूरै कट्टरताका साथ अध्यात्म तथा धर्मलाई अङ्गीकार गरेको पाइँदैन । अलिकति अध्यात्म, धर्म अनि अलिकति भौतिक विज्ञान अँगाल्ने कारणले प्रत्येक मानिसको चिन्तन केही न केही भिन्न त भइहाल्ने भयो । आफ्नो चिन्तन जनाउन खोज्न मानिसहरूको विचारको दृष्टि जुन अनुभवबाट खारिएर आएको हुन्छ , त्यसलाई पनि प्रयोग गरेर विद्वान्हरूले अनेकौँ लेखरचनाबाट आफ्ना धारणाहरू राख्दै आएको तथा ठेलीका ठेली पुस्तकबाट ज्ञान बाँडिरहेको कुरा कसैबाट लुक्न सक्दैन ।”
“तपाईंहरूको ग्रहका अनुसार चिन्तन भनेको कस्तो र कसरी परिभाषित गर्नुहुन्छ ? उताबाट यताको चिन्तनलाई कसरी हेर्नुभएको छ जानकारीका लागि अनुरोध छ ।”
“अब कुरा थालौँ धर्मबाट । जुनसुकै धर्म किन नहोस् धर्मको मूल कुरा भनेको परोपकार नै हो । तसर्थ तपाईंहरू किन यो धर्म मान्ने ऊ धर्म मान्ने भनेर छुट्टिएर बस्नुहुन्छ ? आजको वैज्ञानिक युगमा किन सबै जना परोपकारी बनेर नबस्ने ? कुनै पनि प्राणीको कुरा गरौँ कुनै प्राणीलाई भगवान्द्वारा अझ विज्ञानको दृष्टिकोणले भनौँ भने विकसित जीवले हामी जस्तो कमजोर जीवलाई मृत्युको विफल परिणाम दिएको छ यो कटु सत्य हो । सजीव प्राणीलाई उसले जीवन धान्न उसको खाना नभै हुँदैन । जब उसले उसको खाना पाउँदैन उसले निर्जीव हुनुपर्ने हुन्छ । सजीव जीवनलाई छोड्नुपर्ने हुन्छ । हामी कल्पना गरौँ खाना नखाई बाँच्न पाए कस्तो हुने होला ? हो ! यस्तै जीवन पाए पनि हामीलाई अर्को तिर्सना हुन्छ त्यो हो मर्नै नपर्ने भए के होला ? यसरी जति प्राणी विकसित हुँदै जान्छौँ त्यतित्यति तिर्सना पनि विकसित हुँदै जान्छ । यो भयो विज्ञानले अहिलेसम्ममा खोजबिन गर्दै आएको कुरा ।
तर अध्यात्मवादको हिसाबले हेर्ने हो भने कुनै पनि कुराको मृत्यु भन्ने नै हुँदैन, पुनर्जन्म अवश्य हुन्छ तर मेरो व्यक्तिगत सोचाइमा अहिले यो कुरा आएको छ कि तपाईंङ्हरूका लागि यो अमूल्य अचुङ्क औषधी बन्न सफल हुन सक्छ । यसलाई मनन गरौँ है ? मैले भन्ङ्न खोजेको कुरा के हो भने सजीव तथा निर्जीव वस्तुको एकै ठाउँमा अन्त्य हुनु । अझ भनौँ भने ठोस तरल र ग्यास सबै एकआपसमा घुलमिल भएर फगत शून्यमै विलीन हुनु । आकाशमा जति पनि ग्रह, पिण्ड ताराहरू रहन्छन् अझ त्यसभन्दा पर त्यस्ता ग्रह ताराका आविष्कारहरूको जीवन पनि एकै पटक अन्त्य हुनु । जसरी तपार्इंहरूकहाँ पाइने हाइड्रोजन दुई भाग र अक्सिजन एक भाग पानीबाट छुट्टिएर अर्थात्् तरल पदार्थलाई ग्यासमा छुट्ट्याउन सकिन्छ । जसरी कुनै आणविक बम तपाईंहरूकहाँ लडाइँमा प्रयोग हुने अस्त्रले एकै छिनमा एउटा शहर ध्वस्त पार्न सक्छ । अझ त्यो भन्दा बढी यीे सारा पिण्डहरू, ताराहरू र ग्रहहरूको गुरुत्वबलहरू सबै निष्क्रिय तथा क्षीण हुन्छन् अनि एकदिन समय पनि रोकिनेछ । कहीँ पनि केही रहने छैन । जस्तो शून्यमा केही पनि हुँदैन । त्यस्तै कहीँ कतै पनि केही रहँदैन ।”
“यस्ता कुराहरू कसरी थाहा पाउनुहुन्छ ?”
“तपाईंहरू कहाँ सत्ले ठाउँ छोडिसकेको छ । यो मैले यहाँ अलिअलि अनुभव गरिसकेको छु । हाम्रो यान यस्तो ठाउँमा आउन सक्दैन । तपाईंमा भएको सत्को प्रभावमा अलि यानलाई आउन सजिलो भएको हो । सत्ले नछोडेको समय आजभन्दा चार हजार वर्ष अगाडि तपाईंको ग्रहका मानिसहरूमा सपनामा पनि कुनै नराम्रो गर्ने बानी हुँदैन्थ्यो । सपनामा बाहिरी ग्रहका विकसित जीवहरूसँग सल्लाह भएअनुसार तपाईंहरूको ग्रह पृथ्वीमा उन्नत बनाउन भरमग्दुर प्रयास हुन्थ्यो । यस्ता प्रक्रियाहरू हामीकहाँ लोप भएको छैन र सत्ले हामीहरूकहाँ अझै वास बसिराखेका छन् । त्यसैले तपाईंहरूले जस्तो मलाई सपनामा भगवान्ले यस्तो भनेका छन् भनेर त भन्दिनँ तर जे देखेको हो त्यो भन्छु तर यो एउटा मात्र उपाय हो । जसले सम्पूर्ण शक्तिलाई बराबरीमा ल्याइपु¥याउँछ र यही नै उचित समाधान हो भन्ने मेरो ठम्याइ हो । त्यही विचारलाई हामीहरू शून्यवाद भन्छौँ । तपाईंहरूकहाँ प्राचीनकालमा ठूलाठूला ऋषिमहर्षिहरूले पनि ‘स्वर्गलोक, धर्ती तथा नरकलोक स्वाहा !’ भनेर होम गरेको हामीले पनि इतिहासमा उल्लेख गरेका छौँ । त्यस्तो कुरालाई तपार्इंहरू कहाँ नबुझेर पागलपन भनी स्वीकार्न छोडिसकेका छन् । हामीहरूकहाँ यसका निम्ति धेरै ठूलाठूला अनुसन्धान भइसक्यो र यसको परिणाम शून्यवाद हो । हो यो समानतापन नदेखेर नै शून्यवादबाट प्रभावित भएर नै ती ठूलाठूला ऋषिमहर्षिहरूले यस्तो कटु यथार्थ बोलेका हुन् ।”
“यो समानतालाई कसरी परिभाषित गर्नुहुन्छ ? अझ स्पष्ट पारिदिनुहुन्छ कि ?”
“आज तपाईंहरूको सङ्म्पूर्ण देशहरूमा सबै जना गणतन्त्रका कुरा उठाइरहेका छन् । राजाले मात्र मोजमस्ती गर्ने होइन यसको हक सम्पूर्ण पृथ्वीवासीमा छङ् । यदि मानवमानव समान भयो भने फेरि अर्को कुरामा सवाल सुरु हुन्छ त्यो के भने निर्जीव वस्तु किन बनेको होला ? यदि निर्जीव वस्तुमा पनि जीवन भइदिए कस्तो होला ? तपाईंहरूले भन्दै आएको मङ्गल ग्रहसम्म पृथ्वीबाट वैज्ञानिकहरू गएर जीवन छ कि छैन भनेर प्रमाणित गरे तर यदि त्यहाँ हामीभन्दा पनि विकसित जीवन थियो किनभने त्यहाँ पहिले हाम्रो एउटा यान मात्रै टुरका लागि हाम्रो ग्रहबाट जान्थ्यो तर अहिले त्यहाँका जीवहरू विकसित भएर धेरै प्राणीहरू अर्को छुट्टै राम्रो ग्रहमा विस्थापित भए जहाँ मृत्यु र आहाराको जरुरत पर्दैन । त्यस हिसाबले हेर्ने हो भने हामीभन्दा पनि उच्च विकसित जीव छन् जहाँका एक प्राणी पनि नछोडी सम्पूर्ण प्राणीहरू गन्तव्य ठाउँमा गए ।”
“तपाईंहरूको कहाँ कहाँ कनेक्सन छ ?”
हाम्रो यो ग्रहमा भन्दा अरू ग्रहमा कनेक्सन छ । हाम्रो यस दुनियाँमा भन्दा अर्को बाहिरी दुनियाँमा कनेक्सन छ । हामीहरू सबै तपाईंहरू गाडीमा बाहिर जाने जसरी बाहिरी ग्रह घुम्न जान्छौँ । बाहिरी दुनियाँको अध्ययनमा हामीहरू अनुसन्धानमा तल्लीन भइरह्यौँ । अरू ग्रहका कुरा तपाईंहरू बुझ्नुहुन्न त्यसैले रातो ग्रहका बारेमा केही कुरा बताउँदै छु । तपाईंहरू त्यसलाई मङ्गल ग्रह भन्नुहुन्छ । मङ्गल यानेकि सबैलाई राम्रो गर्ने । हुन पनि यस ग्रहकाहरू सबै यस्तै छन् । राम्रो गर्ने जो पनि छन् । जसको यस ग्रहसँग कनेक्सन छ , उसले पनि यस्ता कुरा तौलेर, नापेर, रिसर्च गरेर मात्रै हामी मान्छौँ ।”
“कस्तो कस्तो अनुसन्धान गर्नुभयो नि ?”
“यसका लागि हामीले राता वस्तुहरू जस्तो कि कचौरा, गिलास, कप, मेच, टेबुल, कीटपतङ्ग, बादल जबजब रातो हुन्छ त्यसैको अनुसन्धानमा तल्लीन भइरह्यौँ । त्यस ग्रहले बाहिरी संसारमा पठाएका अनेकौँ तरङ्गहरू हामीले वैज्ञानिक यन्त्रद्वारा प्रमाणित पनि ग¥यौँ तर त्यसको रिप्लाइ दिनका लागि हामीमध्ये एक कोहीसँग पनि कनेक्सन नगरी एक्लै बस्न थाल्यौँ किनकि हामीहरूलाई थाहा थियो कि यसरी बस्दा मात्र बाहिरी संसारकाले कनेक्सन गर्छन् भनेर । जस्तो कि जबसम्म तपाईंहरूको ग्रह यस पृथ्वीको गुरुत्व बलको अर्विटको घेरामा हुन्छ , सबै कुराहरू एउटै हुन्छन् । त्यसैले एक्लो बसेको वैज्ञानिकले विचारको द्वन्द्व गरी दिमागलाई फैलाउनुपर्ने हुन्छ ।”
“उक्त वैज्ञानिकलाई कसरी अनुसन्धान गराउनुभयो ?”
“समयका पछ्यौरीहरू बित्दै गए । उसले जति पनि अनुसन्धान गरेको हो त्यसबाट केही न केही लक्षणहरू फेला पार्दै गयो । जस्तो कि उसले तरङ्गहरू रातो ग्रहमा फाल्दा उताबाट केही ताराको कुञ्जको चमक पाएको पत्ता लगायो । कहिल्यै मेसेज पठाउँदा हावाले सिरसिर गरी उसको मनमस्तिष्कमा हुनेगरी फरररर टाउकोमा आएको महसुस गर्न थाल्यो । उसको भाषा तरङ्गहरूसँग हुन थाल्यो । उसको भाषा छायाँहरूसँग हुन थाल्यो । उषाहरूसँग हुन थाल्यो । ब्रह्माण्डका हरेक ध्वनिहरूसँग हुन थाल्यो । यस्तो अध्ययन गर्दा ऊ अति नै संवेदनशील भई अध्ययनको कसीमा उत्रिन थाल्यो र त्यसबाट केही न केही नतिजा निकाल्न थाल्यो । उसले हरेक क्रियाकलापहरू अति नै संवेदनशील भएर सानोभन्दा सानो कुरामा पनि ठूला सम्भावना निकाली निक्र्योल गर्न थाल्यो । त्यो सम्भावना यस्तो थियो कि पूर्वसङ्केतमा बादल लाग्ने, हावा आउने, पानी पर्ने सबै बाहिरी ग्रहको कनेक्सनको यो सूत्रबाट हो भनेर उसले ठम्याउन सक्ने भयो । उसको पूर्वसङ्केतको अध्ययनले यो बेला आकाश छ्याङ्ग हुने भनेर बताउन सक्ने भयो । उसको पूर्वसङ्केतले पछि हुने दुनियाँका हरेक क्रियाकलाप हुने थाहापाउङ् सक्थ्यो । उसले यति थाहा पाउङ्थ्यो कि अब यसभन्दा बढी अनुसन्धानमा लागेमा दुनियाँले उसलाई भाँजो हाल्नेछन् भन्ने सम्मन थाहा पाउँथ्यो । त्यसैले ऊ अझ एकान्तमा बस्न थाल्यो किनकि पूर्वसङ्केतहरू दुनियाँलाई बुझाएमा हाम्रा ग्रहका दुनियाँले उक्त घटना नघटेसम्मन नमान्न पनि सक्थ्यो । त्यस अवधिमा उसले उसलाई तथा उसका प्रयोगका प्रयोगशालाहरू जोगाउन गाह्रो पर्न पनि सक्थ्यो । उसले थप अनुसन्धानको धेरै नै अपरिहार्यता महसुस गर्दै अझ एकान्तमा बस्दै गयो तर हामीले तपाईंहरूभन्दा धेरै एडभान्ङ्स भए तापनि उसको काम वाहियात जस्तो व्यवहार ग¥यौँ । एउटा टुङ्गिन लागेको उक्त ठूला वैज्ञानिकको अनुसन्धानलाई हामीले चिनेनौँ । त्यसका लागि उसले भविष्यवेत्ता बन्ने निश्चय गरेको थियो । उसले हामीलाई सिधै त भन्दैनथ्यो तर ज्योतिषीको नतिजा भन्थ्यो तर त्यो उसको बाहिरी ग्रहसँगको कनेक्सनको पूर्वसङ्केत कायम गरिराख्न तथा सञ्चारित भइरहनुको नतिजा थियो । हामीले धेरैपछि मात्र थाहा पायौँ तर ऊ अनिष्टहरू रोकाउने भनेर आज हाम्रा ग्रहका बासिन्दासँग चित्त दुखाएर यो ग्यालेक्सीभन्दा धेरै टाढाको ग्यालेक्सीमा अनिष्ट रोकाउने भनेर गइसक्यो ।”
“के हामीहरूले गरेको अनुसन्धान पनि तपाईंहरूलाई थाहा हुन्छ ?”
“तपाईंङ्हरूको पृथ्वीबाट वैज्ञानिकहरू गएर जीवन छ कि छैन भनेर खोज, अनुसन्धान गरे तर त्यहाँ जीवन छैन भन्ने प्रमाणित गरे तर यदि त्यहाँ हामीभन्दा पनि विकसित जीव छन् किनभने हाम्रो एउटा यान मात्रै त्यहाँ जाने हो त्यो पनि वर्षौँ समय लाग्छ । त्यो ग्रहको जीवलाई लुक्नलाई जति पनि समय प्रशस्त हुन्छ । अझ भनौँ जीवहरू विकसित भएर सो ग्रह छोडी अर्को छुट्टै राम्रो ग्रहमा गए जहाँ मृत्यु आहाराको जरुरत पर्दैैन्थ्यो ।”
“तपाईंहरू कहाँ विकसित भएको शून्यवाद के हो ? अझै प्रस्ट्याइदिनुहोस् न ?”
“तपाईंङ्हरू शाकाहार धर्म भन्नुहुन्छ तर बिरुवाहरूमा पङ्नि जीवङ् हुन्छ । त्यस्तै यस पृथ्वीमा जति पनि क्रियाकलापहरू हुन्छन् तीे सबै बाहिरी ग्रहसँग कनेक्सन हुन्छन् र केही न केही बाहिरबाट र बाहिरको पनि प्रभावबाट भएको हो । तसर्थ यो पृथ्वीका प्राणीहरू सबै अति विकसित वैज्ञानिकहरूले बनाएको रोबोट जस्तै छन् । जसले आफ्नो प्राणको रक्षा आफैँ गर्छन् । यो ग्यालेक्सी आकाश हामीले सोचेकोभन्दा धेरै ठूलो छ । अहिलेसम्म आकाशको कहाँ अन्त्य छ कसैलाई थाहा छैन । तपाईंहरूको भाषामा यसलाई इनफिनिटी भने पनि हुन्छ । एकदिन यो सृष्टि सबै व्यर्थ रहेछ भन्ने सबैमा निष्कर्ष निक्लन्छ । यो निष्कर्ष मात्रैले पनि शुद्ध ब्रह्माण्डीय सूत्रको माध्यमले सारा सृष्टि शून्यमा विलय हुन्छ । अध्यात्मले यसलाई प्रलय भनेका छन् तर प्रलय कसैद्वारा निर्देशित हुन्छ । मैले भन्न खोजेको प्रलय चाहिँ कस्तो हो भने जसद्वारा प्रलय गरिन्छ सो प्राणी तथा कारण पनि त्यसमै प्रलय भएर कहिल्यै नबिउँझिने निष्कर्षमा विलय हुन्छ । त्यसैलाई हामी शून्य भन्छौँ ।”
“तपाईंहरू हामीले निर्जीव भनेकालाई पनि सजीव भन्नुहुन्छ , मान्नुहुन्छ नि ! कसरी ?”
“तपाईंहरूको हिसाबले तपाईंहरूले नामाङ्कन गरेको नामको मङ्गल ग्रह तथा चन्द्रमामा बस्ती छैन तथा जीवन छैन भन्छन् तर त्यहाँका विकसित जीव मात्र बाहिरिएका हुन् । उनीहरू फेरि पनि सामानहरू राख्नलिन आउँछन् । एउटा स्टोरकिपरले स्टोर समालेसरि मङ्गल ग्रहलाई रेखदेख गरिरहेका छन् । त्यहाँ पनि बादल, हावा, पानी, ढुङ्गा, माटो अर्थात् त्यहाँ रहेका ठोस, तरल र ग्यास पदार्थहरू समय बित्दै गएपछि परिवर्तन हुँदै गएको पाइन्छ । यो नै जीवन हो । जस्तो तपाईंहरूकहाँ आविष्कार भएको सिमेन्टले जब आफ्नो क्षमता छोड्छ त्यतिबेला जस्तोसुकै घर पनि भत्किन थाल्छ । यो नै सिमेन्टको जीवनको समाप्ति हो । यो एउटा प्राणीको सक्रिय जीवनभन्दा बेग्लै निर्जीव वस्तुको निष्क्रिय जीवन हो । वास्तवमा जति पनि हामीले देखेको, भोगेको सृष्टि हो त्यो सबै एउटा नाटक जस्तै हो । नाटकको समाप्तिपछि सबैले एकदिन पानीमा चिनी विलीन भएजस्तै सबै वस्तुहरू पदार्थहरूलगायत यावत् सृष्टिहरू सबै व्यर्थ रहेछ भन्ने सृष्टिकर्ताले ठानी आफूसमेत सृष्टिमा विलीन भइजानेछ । जताततै शून्यबाहेक केही रहने छैन । यो नै हाम्रो ग्रहले अत्यधिक खोजेको सुख हो । यसैबाट सबैलाई बराबरी गर्न सकिन्छ ।”
अचम्म ! इथरले एक कप पानी पियो तर त्यसमा उसले पानी मात्रै राखेको पक्का थियो तर पानी गुलियो भयो । उसले यो सानो कुरालाई मतलब नगरी समय बरवाद नगरी सोध्यो, “यस्तो निष्कर्ष कसरी निकाल्नुभयो ?”
“तपाईंहरूले जसरी इन्टरनेटमा प्रश्न राखी धेरै उत्तरहरू पाउनुहुन्छ त्यस्तै प्रश्न राख्ने यन्त्रले हामीले धेरै ग्यालेक्सीका ग्रहहरूमा प्रश्न राखी सर्वेक्षण ग¥यौँ । त्यसमा प्रश्न थियो कि उच निच हुनु ठिक कि बेठिक ? भनेर । सयप्रतिशतले बेठिक भने । यसको मतलब शून्य नै यसको निदान हो । सारा सजीवनिर्जीव सबै एकै हुनेछन् । योभन्दा राम्रो के होला ? कल्पना मात्रै सम्मनले पनि मन मेरो प्रफुल्लित भएको छ । जहाँ पारमाणविक हतियारदेखि तपाईंहरूकहाँका ठूला देश भनाउँदाहरू त्रसित छन् तर हामी भने त्यो शून्यवादमा बढ्यौँ भने हामीले हाम्रा पुस्ताहरूलाई पनि अझ भनौँ भने यावत् सृष्टिहरूलाई समान पार्न सक्छौँ ।”
सिरसिर पानी पर्न सुरु भयो कोठाको सिलिङको कापबाट पानीका छिटाहरू आउन थाल्यो र उसको मुखमा पनि पानी पर्दा गुलियो पानीले मुखै रसायो तर उसले आफ्नो रिसर्चमा केन्द्रीत हुँदै सोध्न थाल्यो , “तपाईंहरूको हिसाबमा धर्म के हो ?”
“हिसाबमा जब जिरो आउँछ त्यो नै हाम्रो धर्म हो । समान पार्ने कल्पनामा जो कोही पनि लागेका हुन्छन् । यो नै जहाँ पनि जुन ग्रहमा पनि लागू हुने धर्म हो । एक दिन शून्य हुनु नै छ जसले जे गरे पनि हुन्छ । अज्ञानी सम्झेर माफी दिने नै छन् भनेर जे मन लाग्यो त्यही गरे पनि फरक पर्दैन तर पनि एक न एक दिन शून्य त हुन्छ नै । यस शून्यलाई मैले वैज्ञानिक मोक्ष भनेको छु । तपाईंकहाँका मानिसहरू शान्तिको खोजीमा लागेका छन् । समानता नभै कहीँ कतै कवै शान्ति कदापि हुँदैन । सबै ठाउँमा किन राजतन्त्र समाप्त भयो ? यी सबै समानताको खोजीले नै भएको हो । तपाईंहरूको भगवान् तथा हाम्रो हिसाबले अति विकसित जीव उनीहरू पनि आफ्नो र प्राणीहरूको समानताका लागि लागिपरेका छन् । भगवान्लाई जसले माग्दछ उसलाई उहाँहरूले केही दिनुहुन्न । जसले भगवानलाई आफू र सारा सृष्टिलाई समान गर्न आग्रह गर्दछन् त्यो नै शून्यतातिर धकेल्ने लक्ष्य हो । तसर्थ हामीले केही गर्न नसके तापनि भगवान्लाई पनि सृष्टिका हामीभन्दा अविकसित प्राणीलाई पनि समानता होस् हामीसँग जस्तै शक्ति होस् भनेर कल्पना गरौँ । सारा सृष्टिलाई समानतातर्फ जाओस् भनेर कल्पना गर्नु धेरै राम्रो कुरा हो । मलाई विश्वास छ एकदिन अवश्यै पनि सबै समान हुनेछन् । सबै शून्यमा विलीन हुनेछन् । सारा नाटकको पर्दा सेटहरू खत्तम भएर शून्यमा विलीन हुङ्नेछ , यसरी सृष्टिको अन्ङ्त्य हुनेछ ।”
“तपाईंहरूको हिसाबले अध्यात्म र विज्ञानको तुलना गर्नुहोस् ?”
“अहिले तपाईंङ्हरूको विश्वमा अध्यात्म र विज्ञाङ्बीच जुन भिन्नता छ जति युद्ध भइरहेका छन् हाम्रो दृष्टिमा अहिलेको विज्ञान अध्यात्मवाद हो र हाम्रो शून्यवाद भनेको अत्याधुनिक विज्ञान हो । जुन अहिलेको विज्ञानलाई पनि अध्यात्मवाद नै बनाउँछ किनभने यो विज्ञान भनेको यस ब्रह्माण्डका लागि मात्रै हो । हामीले खोजेको भनेको सारा ब्रह्माण्डको कल्याण हो । यो ब्रह्माण्डमा बनाएको नियम अर्को ब्रह्माण्डमा मिल्दैन तसर्थ सारा ब्रह्माण्डलाई मिल्ने समानताको बाटो भनेको शून्य हो । परम आनन्द हो । तसर्थ एकदिन शून्यबाटै सृष्टि सुरु भएको थियो । अब यो सृष्टिरूपी नाटक शून्यमै सदाका लागि विलीन हुनेछ । यो नै अत्याधुनिक विज्ञान हो । शून्य मात्र सबैलाई मिल्ने भाषा हो अनि गन्तब्य पनि । तपाईंहरूकहाँ कति साहित्यकारहरूले ‘आकाश, धर्ती, जुन रहेसम्म तिमीलाई छोड्नेछैन’ भन्दैभन्दै लेखेका छन्, धार्मिक पुस्तकमा पनि त्यस्तै छ तर यो आकाशको पनि अन्त्य हुन्छ भनेर हाम्रो अत्याधुनिक विज्ञानले भनेका छन् । कतिलाई यो नपच्ला तर यो सत्य हो । सत्य सधैँ तीतो हुन्छ । तीतो सबै औषधी नै हुन्छ । यो अचुक पनि हुन्छ । तसर्थ मैले यही तीतो सत्यलाई उजागर गरेको छु । मैले सारा ब्रह्माण्डमा हरेक ग्रहहहरूमा यसरी नै शून्यको महत्त्व बारे ज्ञान बाँडिरहेँ । मलाई तब मात्रै शान्ति प्राप्त हुनेछ अर्थात् सारा सृष्टिलाई शान्ति हुन्छ । जतिबेला यो सृष्टि शून्यतिर जानेछ । यो पूरा हुन नसकेको हाम्रो ग्रहका एक सय एक जीवहरूको अशान्ति हो । आज मैले तपाईंलाई पृथ्वीका प्रतिनिधि मानी उजागर गरेँ । मलाई लाग्छ तपाईंले सारा पृथ्वीवासीलाई यस्तो अचुक औषधीरूपी ज्ञान बाँड्न्ुहुनेछ । यो अशान्ति ब्रह्माण्डमा हरेक सजीवनिर्जीव सबैको समस्या हो । एकदिन मेरो अन्त्य भएमा अर्थात् कुनै एक वस्तुको अन्त्य भएमा सबै सँगै अन्त्य हुनु जरुरी छ यो शून्यमा । प्रतिशतकै कुरा गर्ने हो भने शून्यको स्थान कैयौँ गुणा बढी छ । तसर्थ शून्यको कुरा किन नसुन्ने ? सबैले अवश्य नै शून्यमा विलीन हुनुपर्नेछ । यो नै हाम्रो अत्याधुनिक विज्ञानले देखेको कुरा हो, तपाईंहरूको हिसाबले अर्को आँखाले देखेको कुरो ।”
“तपाईंले भन्नुभएको अर्को आँखा भनेको के हो नि ?”
मेरोे कुरा तपाईंङ्सम्म आउन अब हाम्रो च्यानलले दिशा बदलेकाले अलि पर्खनुहोला । म अर्को ट्रान्सप्लान भन्ने हाम्रो यन्त्रबाट प्रसारित गरेर मैले भन्नुपर्ने हुन्छ । अब थोरै समय मात्र म यहाँसित बिताउन सक्छु साथै स्वर बिस्तारै क्षीण हुँदै छ । मैले भनिँहाले नि । यो हाम्रो यन्त्रको कुरा बुझाउन धेरै समय लाग्छ । म छिटै अब तपाईंको जिज्ञासा मेटाउन सुरु गरेँ है । (उसले धेरै रोबोटिलो स्वरमा भन्यो, — अब अहिले तपाईंङ्हरूको आँखाले देखेको कुरा गरौँ न । वास्तवमा तपाईंहरूले आफ्ना दुई आँखाले देखेका कुरा, आफ्ना इङ्न्द्रियहरूले देखेङ्का कुराको मङ्तलब त तपाईंहरूले जाङ्न्नुहुन्छ नै । देखेको संङ्सारको कुरा त सबैले देखेकै कुरो हो । यो बारे भन्ङ्दा पनिङ् तपाईंङ्हरूले भन्ङ्दै आउनुभएको तेस्रो आँङ्खा, अङ्नि छैटौँ इन्ङ्द्रिय अनि हाम्रो दृष्टिले भन्दा अर्को आँखाले भन्छौँ । वास्तवमा अहिले तपाईहरूले बसोवास गरी आउनुभएको पृथ्वी मै सर्वोत्कृष्ट र मानव जीवन नै सर्वोत्कृष्ट भनेर छर्लङ्गै भएको कुरो हो तर यो माटोप्रतिको प्रेम मात्रै हो । मलाई लाग्छ तपाईंहरूले योभन्दा माथि उठ्न सक्नुपर्छ । विचारलाई योभन्दा उचाइमा लानुपर्छ ।”
“योभन्दा उचाइमा कसरी लान सकिन्छ ?”
“अब योभन्दा उचाइमा लान तपाईंहरूले वास्तविक सूक्ष्म संसार र विशाल संसारका बारेमा जान्न जरुरी ठानेको छु । अहिले तपाईंहरूको दुई आँखाले देखेको संसार भनेको सूक्ष्म र विशाल संसारका बीचमा रहेको संसार हो । अब त्यही बीचको संसारमा तपाईं आफूलाई उभ्याउनुहोस् । तपाईंको शरीरलाई हेर्नुहोस् । तपाईंको शरीरमा एउटा मुटु सधैँ ढुकढुक गरिरहेको हुन्छ । त्यो ढुकढुकी बन्द भएपछि त्यही ढुकढुकीयुक्त आत्माको रूप तपार्इंंसामु मात्र बाँकी रहन्छ । तपाईंले आफ्नो शरीर छोडिसकेको हुन्छ । त्यसपछि तपाईंले अब तपाईंको शरीरभन्दा धेरै सानो आत्माको रूप लिनुहुनेछ तर हाम्रो भाषामा त्यो रूप नै तपाईंको एक जीवन हो । जुन अहिलेको तपाईंको दुई आँखाले देखेको विज्ञानले बताएको सबैभन्दा सूक्ष्म जीव अर्थात् एककोषीय जीव अर्थात् हाम्रो शरीरको भित्र रहेको रगतमा रहेको एककोषीय जीवसँग तुलना गर्न सकिन्छ । तपाईंको शरीरका छालामा अनगिन्ती कोषहरू हुन्छन् । हाडमा, मासुमा अनि सम्पूर्ण संरचना एक कोषको जीवको समूह मिलेर बनेको हुन्छ । त्यही एक कोषका जीवहरू सबै सङ्घर्ष गर्दागर्दै आखिरमा तपाईं पनि एक कोषमै झर्नुहुन्छ । ल हेर्नुहोस् त यहाँ पनि सङ्घर्षपछि सबै कोषसरह तपाईंले पनि समान हुनुप¥यो कि परेन ?”
“कसरी हामी बीचमा छौँ ? यसमा प्रकाश पारिदिनुहोस् ?”
“आङ्उँदै छु । त्यो एक कोषको संसार भनेको तपाईंको मृत्युपश्चात्को संङ्सार भयो । अब त्यही मृत्युपश्चात् तपाईंको शरीरमा रहेका एककोषीय सारा जीवहरूको स्थिति र तपाईंको एककोषीय शरीरको स्थिति पनि त्यही हुने हो । अब योभन्दा सूक्ष्म स्थिति अवगत गराउँदछु । मृत्युपश्चात् तपाईंको शरीरको सूक्ष्म रूपमा पनि अहिलेको मानवको शरीरको जस्तै संङ्रचना हुन्छ तर रूप मात्रै एककोषीय जीवको सरह हुन्छ । त्यहाँ पनि तपाईंको जीवन चलिरहेको हुन्छ । त्यहाँ पनि अति सूक्ष्म जीवहरूको समूहको एउटा संरचना तपाईं बन्नुहुनेछ । एकदिन ती अति सूक्ष्म संरचनाले जुन तपाईंको एककोषीय शरीरमाथि सङ्घर्ष गरेर पुनः अर्को शूक्ष्म शरीरप्रति तपाईंको यात्रा सुरु हुनेछ । यसरी बिस्तारैबिस्तारै तपाईंको शरीरले धेरै धेरै सूक्ष्म शरीरको यात्रा क्रमैसित गर्नेछ । जस्तो कि अहिलेको तपाईंहरूको गणित शास्त्रको सबैभन्दा बीचको अङ्क कुन हो ? भन्यो भने तपाईंले भन्न सक्नुहुन्न तर म भन्छु त्यो भनेको हाम्रो शरीर भन्यो भने तपाईंको सूक्ष्मतातर्फ जाने यात्रा कति लामो रहेछ ।
त्यस्तै बृहत्तर्फ कुरा गरौँ । अब फेरि तपाईंको आफ्नो अहिलेको शरीरतर्फ आउनुहोस् । अब तपाईंले आफूभन्दा पहिले आफ्नो कस्तो बृहत् शरीर थियो भन्ने बुझ्नुहुन्छ । अब पहिले तपाईं कस्तो थियो सो बारेमा पनि सुन्नुहोस् । जस्तो कि तपाईंको शरीर चलिरहेको थियो । तपाईंको शरीरको मुख्य चालक अर्थात् मुटुको ढुकढुकी बन्द भएपछि तपाईंको शरीर एक कोषमा गए जस्तै तपाईंको अहिलेको ठूलो हाड, छाला, मासुयुक्त शरीर पनि उसै बृहत् शरीररूपी प्राणीको मुटुको ढुकढुकी हो । तपाईंको शरीर मरेपछि तपाईंको पर्याय त्यो बृहत् प्राणीको पनि जीवन समाप्त हुन्छ र तपाईंंजस्तै शरीररूप धारण गर्दछ । अब त्यो तपाईंको जीवनमा अडेको त्यो बृहत् प्राणीको जीवन समाप्त भएपछि के भयो होला अब तपाईंले अवश्यै बुझ्नु भयो होला । हो त्यो बृहत् जीवको जीवन समाप्त भएपछि उसको भन्दा ठूलो ‘ऊ’ मा आश्रित अर्थात् त्यो बृहत् जीव चाहिँ त्यो बृहत् जीवभन्दा ठूलो जीवको मुटुको ढुकढुकी नै उक्त बृहत् जीव हो भनी बुझ्न सकिन्छ । अब त्यो बृहत् जीवको मृत्युपछि अर्थात् ढुकढुकीको समाप्तिपछि त्यो बृहत् जीवभन्दा ठूलो जीव सूक्ष्मतातर्फ यात्रा गर्दै बृहत् जीवको शरीरमा जीवन सुरुवात गर्दछ । यसरी तपाईंले अब बृहत् जीवहरूका बारेमा पनि थाहा पाइहाल्नुभयो ।”
“के ग्रह ताराहरू पनि बृहत् तर्फको यात्राबाट भएको हुन सक्छ कि ?”
“अवश्य ङैै ! जस्तो कि यो ब्रह्माण्ड संसार पनि , आकाशका ताराहरू पनि यही बृहत् जीवको रूप हो । जस्तो कि एउटा तारा अर्थात् ग्रहको समाप्तिपछि त्यो तारामा आश्रित अर्को ठूलो तारा अर्थात् ग्यालेक्सी त्यो ताराको रूप प्राप्त गरेर नयाँ त्यही ताराको संरचनाको रूप प्राप्त गर्दछ । जस्तो कि तपाईंहरूको गणित शास्त्रको बीचको अङ्कको तपाईंहरूको संसारको तल र माथि क्रमैसित तपाईंलाई सूत्रबाट देखाएँ । हो ! यस्तो कुरा तपाईंले सधैँ यस्तो झमेलायुक्त संसारको मुक्ति नै शून्य हो भनी सोच्नुहोस् । त्यसपछि तपार्इंले पनि आाफ्नो तेस्रो आँखा, छैटौँ इन्द्रियको विकास गर्न सक्नुहुनेछ र आफ्नो साधनाद्वारा यस्तो गूढ कुरा पत्ता लगाउन सक्नुहुनेछ । त्यस्तै तपाईंहरू कहाँ भएको तथा तपाईंहरूले मान्नु भएअनुसार झ निर्जीव वस्तु, ञ वनस्पति, ट जनावर, ठ मानिस । यसरी क्रमैसँग बढाएर देवतासम्म तारा ग्रह ग्यालेक्सीसम्म माथि तथा यसरी नै क, ख, ग, घ आदिमा के के हुने हो हामीले यन्त्रले प्रमाणीकरण गरी अत्यधिक तलतिर माथितिर जति पनि खोज अनुसन्धान गरेजस्तै तपाईंहरूले पनि गर्नुहुन र यसैबाट संङ्सार आकाशमा कुनै कुरा आश्चर्य छैन भन्ने निक्र्योल गर्नु नै सक्ङ्नुहुनेछ ।”
“यसलाई अर्को तरिकाले पनि बुझाइदिनुहुन्छ कि अझ प्रस्ट तरिकाले ?”
“कुङ्रा गर्दा गर्दै यहाँहरूको भाषा प्रस्टले जान्न लाग्दा छुट्टिने समय पनि नजिक नजिक आइरहेछ । मैले यस पृथ्वीका बारमा यहाँलाई सजिलोका लागि, अरू ग्रहका कुरा नराखी भन्दै छु यद्यपि हामी तपाईहरूको जस्तो कम्प्युटरहरूको सहारा हाम्रो ग्रहबाट अहिले पनि मैले मेरो दिमागमा लिइरहेको छु । यो हाम्रो अभिन्न प्रगतिको देन हो । पछिपछि तपाईंहरूकहाँ पनि यस्तो सम्भव हुनेछ । मात्र लगन हुनुप¥यो सबैमा यो कुराको असम्भव छैन । अब हेरौँ अर्कै कोङ्णबाट । यही पृथ्वीमा भएको सम्पूर्ण सजीव र निर्जीव वस्तुलाई उसको चेतनास्तरअनुसार क्रमैसित राख्न सकिन्छ । जस्तो कि पृथ्वीमा रहेका सम्पूर्ण वस्तुहरूमध्ये प्रत्येक वस्तुहरूको आआफ्नै प्रकारको गुण हुन्छ । सर्वोत्तम वस्तुको रूपमा मैले मानवलाई लिएको छु । मानवलाई पनि मैले किन वस्तु भनेँ भन्दा सजीव वस्तुको उच्चतम गुण भएको जीवदेखि क्रमैसित अङ्कीय हिसाबले राख्दै जाँदा सबैभन्दा गुण नभएको अन्तिम जीवको अझ भनौँ चेतना नभएको अन्तिम रेखाङ्कित गरी लैजाँदा सजीव जीवको अन्तिम विन्दु र सबैभन्दा चेतनशील निर्जीव वस्तुको विन्दुसँगै नै रहेको हुन्छ । अर्थात् सबैभन्दा चेतना नभएको सजीव जीवपछिको एक अङ्कपछि सबैभन्दा चेतना गएको निर्जीव वस्तु पनि आउँछ । यसरी गुणका आधारमा सबै सजीव र निर्जीव वस्तुहरूलाई क्रमैसित हामीले दर्जीकृत गरेर राख्न सक्छौँ । यसरी यी सजीव र निर्जीव वस्तुहरू सबैको मिलावटबाट एउटा ग्रहको रूप भएको हो । अर्थात्् तपाईंहरूको पृथ्वीको रूप भयो । हामीले यस पृथ्वीबाट राति तपार्इंहरूका सबैभन्दा नजिकको ताराको चमक धेरै कम भएको समयमा आकाशमा हे¥यौँ भने अनगिन्ती ताराहरू सक्रिय देख्छौँ । ताराहरू पनि प्रत्येक तारा आफ्नो सजीवदेखि निर्जीवसम्म सबै मिलेर बनेको देख्न पाइन्छ र यो हाम्रा वैज्ञानिकहरूले पनि पुष्टि गरिसकेको कुरो हो । हाम्रा वैज्ञानिकहरूले पनि यसरी सजीव र निर्जीवलाई फरक किसिमले नहेरी वस्तुका रूपमा हेरेमा प्रत्येक ग्रहमा जीवन रहेको पुष्टि हुन जान्छ मात्र त्यसको भेद हामीले विकसित अत्यधिक विकसित मात्र खोजी गर्ने होइन नि ? तसर्थ तपाईंहरूले नामकरण गरेको चराचर जगत् अर्थात् सम्पूर्ण ब्रह्माण्डमा आश्चर्यको कुरा भनेको केही पनि छैन ।
हामीलाई यहाँसम्म आफ्नो यन्त्रद्वारा थाहा हुन्छ कि तपाईंले यसलाई विज्ञान कथाका रूपमा पृथ्वीमा पेस गर्नुहुनेछ र यसको बढोत्तरीका लागि हामीले यथेष्ट फ्लेक्सले सहयोग गरिरहनेछौँ । यो तपाईंको लिखतले अवश्यै महसुस गर्नु पनि हुनेछ ।
इथरजी ! तपाईंले धेरै जिज्ञासा राख्नुभयो । हाम्रो ग्रहको सम्पूर्ण आवाजको निष्कर्ष समाहित भई मैले समाधान नबताए तापनि जिज्ञासालाई मेटाउने प्रयास गरेँ । मङ्बाट केही त्यस्तो गल्ती भएको भए यस पृथ्वीवासी सबैसँग मङ् क्षमा चाहन्छुङ् । यस पृथ्वीमा मात्र होइन जता पनि आफूले पाप नगरीकन बाँच्न नसकिने यो ब्रह्माण्डिय दुर्दशा भन्छौँ हामी । योङ् सबैको निङ्यति होङ् । हाम्रो ग्रहङ्को यहीङ् निक्र्योल प्रचारप्रसार गर्न निस्केको हुँ । त्यसैले मलाई शून्यवादी ग्रहको दूत भनेर भन्नसक्नुहुन्छङ् । फेरि मङ् बाँच्नलाई यहाँका कुनै कुरासँग मेरो इङ्नर्जी आइरहेको छैन । त्यसैले म आफ्नो रिचार्जका लागि मेरो ग्रहमा गएर खाना भर्नुपर्ने हुन्छ , तपाईंहरूकहाँको कम्प्युटरमा डाउनलोड गरेसरि । अब यहाँभन्दा बढी बोल्न म असमर्थ छु किनकि मेरो मस्तिष्कले पनि ह्याङआउट देखाइसकेको छ । यहाँसम्म मलाई झेलिदिनुभयो म आभारी छु यहाँ र यहाँका पृथ्वी ग्रहवासीहरूमा । अङ्न्त्यमा नङ्राम्रा व्यक्ति होइन प्रवृत्ति होङ् । यहाँका हरेक प्राणीप्रति मेङ्रो घृङ्णा छैन, दयाभाव छङ् । यहाँ फैलिएको अङ्शान्ति पाङ्प, दुराचार जस्ता रोगहरू उताबाट साइरङ्नको माध्ययमले रिफ्लेक्सङ्नहरू पठाङ्उनेछु । वादलमा फ्लेक्सबाट, विङ्जुली चङ्म्किँदा फ्लेक्सबाट आएमा हाम्रो निङ्दान आएको भङ्नेर थाहा पाङ्उनु नै हुङ्नेछ । बिङ्दा ..........बिङ्दा ........ बिङ्दा ......... बिङ्दा ........”
एकैछिनमा ठूलो विस्फोट भयो । त्यहाँ पनि त्यस्तै पत्रपत्र देखाप¥यो । फेरि बादलमा पनि त्यस्तै पत्रपत्र देखाप¥यो । इथर भने हात हल्लाउँदै त्यो पत्रपत्र हेर्दै बाई बाई ... बाई बाई ...बाई बाई ... बाई बाई ... गरिरह्यो । केही छिनमा फ्लेक्सको बादल देखाप¥यो, त्यस्तै पत्रपत्र पनि देखाप¥यो । फेरि बिजुली चम्केर फ्लेक्स देखाप¥यो । ऊ भने बाई बाई ...बाई बाई ... बाई बाई ... बाई बाई .... एकतमासले गरिरह्यो । गरिरह्यो ।
इथरले यी माथिका उसका कथा र भएका संवादहरूलाई विज्ञान कथाका रूपमा साहित्यकारहरूमाझ २०७६ असोज २६ मा प्रस्तुत ग¥यो र अन्त्यमा भन्यो, “यो कथान्यासका रूपमा मैले एकान्तवास बसेको समयमा २०४९ सालमा लेखेको थिएँ । जब अहिले मैले यस्ता कथाहरू अरूले पनि बनाइसकेको पढेँ, त्यसपछि मैले यसलाई कथाको रूपमा मात्रै यहाँ अहिले प्रस्तुत गरेको हुँ । यो कथाको विस्तृत कथान्यास रूपका शब्दहरू मेरो पुरानो मक्किएको डायरीमा सुरक्षित छन् । त्यो समय मैले शुद्ध जनावर, चराचुरुङ्गी, कीटपतङ्ग, बादल, तारा, हावा, अवयवहरूका भाषाहरू जानेँ । यो बताउँदा तपाईंहरू विश्वास गर्नुहुन्न । तीबाहेक अक्षरका भाषाहरू छन् । गणितका भाषाहरू छन् । ध्वनिका भाषाहरू छन् । छायाँका भाषाहरू छन् । तरङ्गका भाषाहरू पनि छन् । यो तपाईंहरूलाई बुझाउन ठेलीका ठेली पुस्तकले जस्तो बुझाउनुपर्ने हुन्छ । यहाँहरूले नबुझेमा समय बर्बाद गरायो, वाहियात भनी फेरि मलाई पहिले झैँ पागलखानामा यातना दिन लानुहुनेछ । यस्तो मैले धेरै धेरै झेलिसकेको छु ।
ती अनुसन्धानका उत्खनन गरिएका शब्दहरू अझै पनि मेरा कथात्मक दैनिकी लेख्ने डायरीमा सुरक्षित छन् । अझै पनि ती तरङ्गित रोबोटिला आवाजहरू मेरा कानहरूमा गुञ्जिरहेका छन् । डायरीमा भएभरका त्यो निकै लामो कथान्यासलाई प्रस्तुत गर्दा तपाईंहरू कोही पनि बुझ्नुहुन्न अनि यसबाट मैले तपाईंहरूबाट दुःख पाउँछु । त्यसलाई बुझाउन अरू थप लेख्नका लागि अध्ययन अनुसन्धानको एकदमै वातावरण छैन ।
यसमा यीबाहेक मेरा प्रत्यक्ष अन्य जीवसँग भएका यथार्थताहरू पनि छन् । जुन यसमा आभास पाउनु नै भयो होला । यसलाई मात्र मैले बुझ्ने भाषामा ओकलेर अभिव्यक्त गरेको छु । अहिलेलाई यो तपाईंहरूले यो संसारले बुझ्ने प्रारूपको कथा बनाएर यो शून्य विज्ञान कथाको रूपमा प्रस्तुत गरेको हुँ । भूल भएको भए क्षमाप्रार्थी छु ।
बाई बाई.. ... बाई बाई .. ... बाई बाई.. ...बाई बाई.. ... बाई बाई
ङ्ङ ङ्ङ,,, ,,, ङ्ङ ङ्ङ ,,, ,,,ङ्ङ ङ्ङ ,,, ,,,ङ्ङ ङ्ङ ,,, ,,,ङ्ङ ङ्ङ ,,, ,,,
२०७७, साउन ३
बिजु सुवेदी विजय

Comments
Post a Comment