Posts

Showing posts from February, 2018

बुद्धिचाल एक अध्ययन

Image
बुद्धिचाल, शतरञ्ज अर्थात चेस । यो खेललाई हाम्रो देश नेपालमा बुद्धिचाल, भारतमा शतरञ्ज तथा अन्य प्रायः देशहरुमा चेस नै भनिने भएकोले यस लेखमा चेस भनेर नै यो विश्लेषणात्मक लेख प्रस्तुत गरेको छु । अरु सबै खेलभन्दा चेस बौद्धिक खेल हो । दिनमा एक पटक चेस खेल्नु भएमा आफ्नो दिमाग कहिल्यै बुढो हुँदैन , सम्पुर्ण जीवनकालमा सोह्र वर्षे व्यक्तिले जस्तै दिमाग राम्ररी प्रयोग गर्न सकिन्छ । हाम्रो पौराणिक कथाहरुमा पनि चेस रावणले आविष्कार गरेको भन्ने उल्लेख पाइन्छ । विश्वमा पहिलो प्रकाशित पुस्तक ट्रोजन हर्षको सिरिज हो भने दोस्रो चेसकै हो । चेस अहिलेको जमानामा कम्प्युटर, अनलाइन, गेम आदिमार्फत पनि खेल्न सकिन्छ । विश्वमा ग्राण्डमास्टरलाई हराउने कम्प्युटर १९८८मा आविष्कार भयो । तर यसै ग्राण्डमास्टर कम्प्युटरलाई धेरै पटक हराउने श्रेय पनि कास्पारोभलाई नै जान्छ । उनी २२ वर्षको उमेरमा नम्बर १ ग्राण्डमास्टर बनेका थिए र धेरै वर्षसम्म यस उँचाइलाई कायम राखे ।  मनोविज्ञहरुले पनि भनेका छन् चेसले दिमाग बढ्दछ । दैनिक पजल , कोठेपद बनाउने स्तम्भकारको जीवनको अन्तिमकालसम्म पनि दिमाग सक्रिय रहेको पाएर...

नेपालको राष्ट्रिय गान

नेपालको राष्ट्रिय गान यो देश मलाई प्यारो लाग्छ , धेरै धेरै प्यारो लाग्छ–२ “ यो मेरो देश , यो हो मेरो जन्मभूमि यो मेरो माटो , यो हो हाम्रो देश नेपाल ”–२ यो देश मलाई प्यारो लाग्छ , धेरै धेरै प्यारो लाग्छ वीर , सहिदहरुको साहसी यो देश–२ मेचीदेखि कालीसम्म तराई ,पहाड ,हिमालसम्म फैलिएको देश–२ सगरमाथा र वुद्धको उच्च र शान्त देश–२ यो देश मलाई प्यारो लाग्छ , धेरै धेरै प्यारो लाग्छ विविध भाषा , धर्म , संस्कृतिको फूलवारी–२ प्रकृतिको श्रृङ्गार गुराँस ,जाई , सुनाखरी ,फेवा , राराको देश–२ हामी नेपाली सबैको ढुकढुकी हो यो देश–२ यो देश मलाई प्यारो लाग्छ , धेरै धेरै प्यारो लाग्छ यो मेरो देश , यो हो मेरो जन्मभूमि यो मेरो माटो , यो हो हाम्रो देश नेपाल यो देश मलाई प्यारो लाग्छ , धेरै धेरै प्यारो लाग्छ धेरै धेरै प्यारो लाग्छ नोट :– नेपालको व्यक्ति पुज्ने स्तुति गान जस्तो “श्रीमान गम्भीर.....” राष्ट्रिय गीत सम्पुर्ण नेपाली जनताले खारेज गरिसकेको अवस्थामा तर नयाँ राष्ट्रिय गीत नभएको अवस्थामा मैले यो राष्ट्रिय गीत रचेर स्कूलहरुमा राष्ट्रिय गीतका रुपमा दिएको थिएँ र थुप्रै विद्यालय...