Posts

Showing posts from August, 2012

देशप्रति

Image
Untitled Document देशप्रति हामी सबैलाई देशको माया लागेको छ भोक जागेको छ त बस देशको भोक जागेको छ । शहीदले शुरु गरेको स्वदेशप्रतिको समर्पण यहीनै बनोस् सम्पूर्ण समाजमा दर्पण । एक पक्षलाई होइन र्सवपक्षप्रति आस्था जागेको छ आन्दोलनहरुको सत्यतामा पनि देश प्रेम जागेको छ । कति आए कति विलाए सबै यस धर्तिका सन्तान जति आए देश-भक्त कहिल्यै विलाएनन् अब यो जान । हामी स्वदेशका लागि जे पनि गर्न तयार हुनुपर्छ अनि त्यसको र्सवपक्षिय फल सबैलाई दिनुपर्छ । कति आए सबै विलाए गीत गजल सबै जति आए राष्ट्रिय गीत अमर भए झनै सबै । राष्ट्रियतालाई छेक्नेलाई लगार्न सक्नुपर्छ अनि मात्र देशले प्राण पाउँदछ । देशको माटो उर्वरा भए कसैले हेप्न सक्दैन देशको गीत गाउन अब कसैले रोक्न सक्दैन । गीत गाउँछु म देशप्रेमको मात्रै आजैदेखि अरु गीत गाउने हुतीहारा , बनावटी , देखावटी , झूठी । मलाई हाम्रो देशको माया छ शानले भन्छु म सबलाई देशप्रेममा डुबुल्कि लगाउन सिकाउँछु म । गर्नु परे देशका लागि हामीले जे पनि गरौं मर्नु परे देशका लागि ज्यान पनि छोडौं । शानसँग बसौं हामी देश हाम्रो भनेर मान गरौं देशला...

आयो नि आँसुको बाढी

Image
आयो नि आँसुको बाढी मासुको पहिरो गयो बग्यो नि रक्तको खोलो देशै रगतझैं भयो पानी मिलेन तीर्खामा काटुँ जीवन के गरी युग बाहक हो आओ तीर्खा मेटाउने गरी—२ आतङ्क छर्दछस् भन्दै एउटा आतङ्क छर्दछ सुराकी गर्दछस् भन्दै अर्को सन्त्रास भर्दछ न म आतङ्ककारी हुँ न सुराकी कुनै म हुँ बोल न्यायदाता हो म यस्तो कसरी सहुँ–२ एउटा बन्दूक आएर मेरै सन्तान मार्दछ अर्को बन्दूक आएर मेरै कोख उजाड्दछ आफ्नै सन्तानको हत्या सहुँ म कसरी भन आओ हे मुक्तिदाता हो उद्दारक यहाँ बन—२ आतको तापले मेरो आँसु पनि छुट्यो सबै दुःख सन्तापले मेरो मासु पनि सुक्यो सबै चेपारे पार्दछन् मान्छे मास्न थाले नि त्यो पनि सञ्जिवनीहरु आओ बाँचोस् मानिसको जुनी—२ टाउका सन्मुखमा मेरा कुरा छन् बुझ्न सक्तिन दृष्य छन् सामुमा मेरा आँखा झन् खोल्न सक्तिन खोजौं हे मुक्तिको बाटो म खुम्ची बस्न सक्तिन—२                                        ...

=====टाल्सटायको आत्मस्मरण =======

टाल्सटायले एउटा कहानी लेखेको थियो । पछि उनले त्यसलाई आत्मस्मरण पनि हो भनेर भने । किनकी टाल्सटाय आफै शाही परिवारका थिए । उनले लेखेका थिए । मेरी आमा म सम्झन्थेँ एकदम भावनाशील थिई । पछि मैले पत्ता लगाएँ उनमा भावना भन्ने कुनै चिजै थिएन । थिएटरमा उनको ४-४ रुमाल आँसुले भिज्दथ्यो । जब नाटक शुरु हुन्थ्यो , जब दुःख-ट्राजेडी हुन्थ्यो यत्ति धुवाँधारसँग रुन्थी कि नोकर रुमाल लिएर पर्खिरहनुपथ्र्यो । शाही परिवारकी थिई । तत्काल रुमाल फेर्नुपथ्र्यो ४-४ , ६-६ , ८-८ रुमाल एक नाटक एक थिएटरमा । टाल्सटायले भन्थे कि कत्ति भावनाशील छिन् मेरी आमा । उनले लेखेका छन् जब म ठूलो भएँ मैले थाहा पाएँ उनको बग्गी ६ घोडाको साथमा रोकिरहन्थ्यो । कोचवानले पनि वग्गीमै कुरीराख्नुपर्ने हुन्थ्यो थिएटरमा आएर मनोरञ्जन गर्छ कि भनेर । बाहिर हिउँ परिरहेको हुन्थ्यो तर कोचवानले बग्गी छोड्न पाउँदैनथ्यो । त्यस्तो अत्यन्तै जाडोमा नाटक सकिने समयसम्ममा कठ्याङ्ग्रिएर १-२ कोचवान मरिसकेको हुन्थ्यो । त्यो कोचवान त्यहीँ फ्याँकेर अर्को कोचवान मगाउँथ्यो र बग्गीबाट र्फकन्थ्यो । त्यो आइमाइ बाहिर आएर हेर्छन् र मुर्दालाई हटाइरहन्छ र...

=====सच्चा बच्चा======

एउटा गाउँमा धेरेदिन देखि वर्षा भएन । गाउँ बाहिर वर्षा लागि यज्ञ भइरहेको थियो । एउटा सानो बच्चा छाता ओढेर घरबाट आयो । गाउँका सबै ठूला व्यक्तिहरुले भने पागल छाता ओढेर आउँछौ । छाता घरमा राखेर आऊ । वर्षभएको छैन बेफ्वाँकमा छाताको के गर्र्छौ ? उसले भन्यो तपाइँहरु सबै यज्ञमा गइरहनुभएको छ । मैले सोचेँ कि तपाइँहरुलाई भरोसा होला कि तपाइँहरुको प्रार्थना सुनिइनेछ । त्यसैले म छाता लिएर हिँडिरहेछु । तपाइँहरुलाईनै भरोसा छैन । आगो बाल , त्यसमा गहुँ राख , भएको अन्नलाई पनि खराब गर केही हुनेवाला छैन । त्यो सानो बालक मात्र त्यो गाउँमा यज्ञ गर्ने अधिकारी थियो । बाँकी पूरा गाउँ अधिकारी थिएन । त्यो बच्चानै सच्चा थियो । त्यो बच्चालाई त्यसै छाता राख्न लगायो । खोसेर लियो । भिडभाडमा छाता पनि भाँचियो । पानी २ वर्षेखि परेको थिएन । पर्यो यस्तो पानी झररर । सारा खुशि ल्याइदियो । यो एउटै बच्चा यज्ञको अधिकारी थियो ।  एउटै बच्चाले मात्र पूरै प्राणले प्रार्थना गर्दछ भने त बादल पनि आउन सक्दछ । किनकी हामी सबै जोडिएका छौं । प्रकृतिसँग हामी सबै सँयुक्त छौं । हेर्दा बादल हामीभन्दा अलग जस्तो देखिन्छ । यो ज...

लघुकथा :– सम्झौताको कठपुतली

लघुकथा :– सम्झौताको कठपुतली बिजु सुवेदी “विजय” जवान हुँदै गएपछि प्रदिपको हजुरबुबासँग विद्रोह गरी प्रदिपको बुबा अमरले क्रान्तिकारी सिद्धान्त अपनाई समाजलाई कुनैपनि हालतमा परिवर्तन गर्ने सोच बनाएको थियो । अमर कुनैपनि कुरामा सम्झौता नगरी आफ्नो सिद्धान्तमा अडिग रहेर जिइरहेको थियो । जब अमरको बिहे भयो , प्रदिप जन्मियो , प्रदिपका भाइबहिनीहरु जन्मिए , यस्तो प्रक्रिया हुँदैगर्दा अमरले आफ्नो सिद्धान्तलाई वलिदान दिँदै गयो र ऊ पनि सम्झौताको कठपुतली हुनथाल्यो । समयले कोल्टे फेर्दैगयो । प्रदिप पनि जवान भइसकेको थियो । उसले पनि आफ्नो बुबासँग विद्रोह गर्यो । समाजलाई कुनैपनि हालतमा परिवर्तन गर्ने सोच बनायो ।  उसले पनि समाजका कुनैपनि यथास्थितिवादी सोचहरुसँग सम्झौता नगरी धेरै–धेरै सङ्घर्ष गर्नथाल्यो । जब प्रदिपको बिहे भयो , छोराछोरीहरु हुनथाले , परिवारप्रति आफ्नो दायित्वहरु बढ्दै गयो , उसले पनि क्रमशः क्रान्तिकारी सिद्धान्तलाई विस्तारै–विस्तारै तिलाञ्जली दिँदैगयो र आज ऊ पनि सम्झौताको कठपुतली भएको छ । २०६९—०५–०५ ( लघुकथा दिवसको अवसरमा ) बिजु सुवेदी “विजय” कुलेश्वर  , काठमाण्डौं bijusu...

लघुकथा :– नभत्रुस्

प्रदिपले पत्रकरिता गरेको तीनवर्ष भइसकेको थियो । आन्दोलनको बेलामा १९ दिन अफिसमा उपस्थित हुन नसकेकोले उसको जागिर गएको थियो । त्यो बेला उसले दैनिक पत्रिकाका लागि दैनिक स्तम्भ लेख्ने काम गर्दथ्यो । उसले तीनवर्षको अवधिमा लेखेका सारा नोटहरु आफ्नो पेनड्राइभमा सेभ गरेर राखेको थियो । पेनड्राइभबाट उसले एउटा सिडीमा पनि सेभ गरेर राखेको थियो । पेनड्राइभमा भाइरस परेकोले उसले डाटाहरु हटाएको थियो । तैपनि पेनड्राइभ नचलेकोले त्यो पेनड्राइभ उसले आफ्नो साथी बिप्लबलाई जिस्केर “ ला तँलाई यो पेनड्राइभ उपहार भो ” भनेर दिएको थियो । तर बिप्लबले त्यही पेनड्राइभलाई बनाएर त्यसमा गीतहरु सेभ गरेर उक्त पेनड्राइभबाट गीतहरु सुन्दै गरेको थियो । गीत मन नलागेपछि त्यो गीत डिलिट गथ्र्यो र अर्को गीत राखी सुत्रे प्रक्रिया गरिरहन्थ्यो । यसो गर्दा गर्दै उसले पनि उक्त पेन ड्राइभ बिगार्यो र उसले बिग्रेका इलेक्ट्रीक सामानहरु राख्ने घर्रामा उक्त पेनड्राइभलाई थन्क्याएर राखेको थियो । प्रदीपको आर्थिक स्थिति जब राम्रो हुनथाल्यो उसले आपूmले पहिले तीनवर्ष लेखेका कुराहरुको ४–५ वटा जति पुस्तक प्रकाशन गर्ने भनेर घरका...

लघुकथा :–राष्ट्रिय पोशाकको हविगत

                                                                       पहिले उसको बुबाले राष्ट्रिय पोशाक लगाउन खोज्दा उसले आफ्नो बुबालाई “ बेइज्जत गर्न लाग्नु भएको ? पागल तालले हिँड्नुहुन्छ ?” भनेर जबर्जस्ती आधुनिक पहिरन लगाउन दिन्थ्यो ।                                                                    ...

जन्माष्टमी महापर्वमा राधाबाट भगवानकृष्णलाई जात्रु अत्यावश्यक

दुनियाँको सबै प्रेममा बुराइ छ , राधाको प्रेममा मात्र सच्चाइ छ । दुनियाँको सबै प्रेम बनावटी हो , राधाको प्रेम मात्र यथार्थ हो । जति बेला राधा र कृष्णको प्रेम भएको थियो , त्यो बेला नारीले खुलेर बोल्ने चलन थिएन । त्यो बेला प्रेमको कुरा गर्न बन्देज थियो । पारम्परिक बिवाह गर्ने मात्रै चलन थियो । त्यस्तो बेला राधाले कृष्णलाई प्रेम गरेकी थिइन् । सारा संसारलाई त्यागेर राधाले कृष्णलाई अँगालेकी थिइन् । राधा कृष्ण विना तड्पिन्थिन् । सधैं कृष्णको पुकार गरिरहन्थिन् । दुनियाँको सर्वोत्कृष्ट प्रेम राधाले कृष्णलाई गरेकी थिइन् । कृष्णलाई प्रेम गर्नेहरु सबैलाई राधाले धेरै–धेरै पछाडि पारेकी थिइन् । त्यही राधाले गरेको प्रेमलाई हेरेर हामीले कृष्ण प्राप्त गर्न सक्दछौं । हो मात्र राधाको माध्यमबाट । सबभन्दा सजिलो र सरल उपाय पनि राधानै हो । कृष्ण अर्थात परमात्मालाई कसरी राधाले प्रत्यक्ष साक्षात्कार गरेकी थिइन् । हो त्यो निश्छल प्रेमले परमात्मालाई पनि विवश बनाइदियो । राधाको प्रेमको अगाडि सबै किसिमका प्रेम धेरै फिक्का भइगयो । सुनौं यो राधाको पुकार !!  परमात्मासँगको प्रत्यक्ष साक्षात्कार !! सु...

लघु–कथा :– निस्तो भात

बिजु सुवेदी “विजय” रामलाई अञ्जना सारै मनपथ्र्यो तर अञ्जनालाई राम मनपर्दैनथ्यो । किनकी रामले होटलमा रक्सी पिएको अञ्जनाले देखेको थियो । रामले जीवनमा त्यही एकचोटी पिएको रक्सी उसको जीवनविष बनिदियो । आफूले मनपराएको केटीले त्यसैका कारण बिहे गर्न चाहेनन् । रामले रक्सी एकचोटी बाहेक पिउँदै नपिएको भनेर अञ्जनासँग कसमै खायो तर अञ्जनाले रक्स्याहाको विश्वास हुँदैन भनेर विश्वासै गरिनन् । रामले सम्झाउन नसकेकोले आफ्नो बुबा धर्मसँग यसबारेमा सल्लाह मागे । धर्मले पनि अञ्जनाको घरमा गएर उनको आमाबुबासँग अञ्जनाको हात मागे तर रक्सीवाजसँग बिहे गरिनदिने निक्र्यौल गरे अञ्जनाको आमाबुबाले । अञ्जनाले अर्कै केटासँग बिहे गरिन् । रामले पनि अर्कै केटीसँग बिहे गर्यो । हुँदा हुँदा १० वर्ष वितिसक्यो । धर्मले एकजना मोटरसाइकल दुर्घटना पर्न लागेको व्यक्तिलाई दुर्घटनाबाट आफ्नो ज्यानको बाजी थापेर बचायो । उसको नाम पुष्कर हुन्छ । पुष्करको ज्यान बचेकोले उसले धर्मलाई सर्वस्वनै दिन तयार हुन्छ । तर यसको वदलामा धर्मले सर्वस्व नलिने तर एकछाक भात मात्र ख्वाउन आग्रह गर्दछ , त्यो पनि तत्कालै । किनकी धर्मले कर्णालीको...