लघुकथा :– नभत्रुस्
- Get link
- X
- Other Apps
प्रदिपले पत्रकरिता गरेको तीनवर्ष भइसकेको थियो । आन्दोलनको बेलामा १९ दिन
अफिसमा उपस्थित हुन नसकेकोले उसको जागिर गएको थियो । त्यो बेला उसले दैनिक
पत्रिकाका लागि दैनिक स्तम्भ लेख्ने काम गर्दथ्यो । उसले तीनवर्षको अवधिमा
लेखेका सारा नोटहरु आफ्नो पेनड्राइभमा सेभ गरेर राखेको थियो ।
पेनड्राइभबाट उसले एउटा सिडीमा पनि सेभ गरेर राखेको थियो । पेनड्राइभमा
भाइरस परेकोले उसले डाटाहरु हटाएको थियो । तैपनि पेनड्राइभ नचलेकोले त्यो
पेनड्राइभ उसले आफ्नो साथी बिप्लबलाई जिस्केर “ ला तँलाई यो पेनड्राइभ
उपहार भो ” भनेर दिएको थियो । तर बिप्लबले त्यही पेनड्राइभलाई बनाएर त्यसमा
गीतहरु सेभ गरेर उक्त पेनड्राइभबाट गीतहरु सुन्दै गरेको थियो । गीत मन
नलागेपछि त्यो गीत डिलिट गथ्र्यो र अर्को गीत राखी सुत्रे प्रक्रिया
गरिरहन्थ्यो । यसो गर्दा गर्दै उसले पनि उक्त पेन ड्राइभ बिगार्यो र उसले
बिग्रेका इलेक्ट्रीक सामानहरु राख्ने घर्रामा उक्त पेनड्राइभलाई थन्क्याएर
राखेको थियो ।
प्रदीपको आर्थिक स्थिति जब राम्रो
हुनथाल्यो उसले आपूmले पहिले तीनवर्ष लेखेका कुराहरुको ४–५ वटा जति पुस्तक
प्रकाशन गर्ने भनेर घरका सदस्यहरुसँग सल्लाह गर्यो र उक्त सिडीमा तीनवर्ष
मेहेनतको सबै डाटा भएको बारे ठूलो–ठूलो स्वरमा भन्यो । त्यसको भोलिपल्टनै
घरमा ठूलो चोरी भयो । सबैजनालाई सुन–चाँदी गर–गहना चोरीको मात्रै चिन्ता
भयो र प्रहरीमा पनि यसैबारेमा मात्र उजुरी गरियो तर सिडी चोरीको कसैलाई
वास्ता भएको थिएन । मात्र प्रदिपलाई सिडी हराएको चिन्ता भएको थियो । घरका
सदस्यहरुले भन्दै थिए “ घरमा कत्ति अमूल्य सामान चोरी भइसक्यो , यसलाई भने
जाबो एउटा सिडी हराएको मात्रै चिन्ता । ”
केही वर्षपछि
प्रदिपले कम्प्युटर हार्डवेयर पढ्न थाल्यो । उसले हार्डवेयर पढ्दा यो कुरा
थाहा पायो कि पेनड्राइभमा डिलिट भएको फाइल फेरि सेभ गर्न सकिन्छ फेरि त्यो
पनि पहिलोपटक पेनड्राइभमा राखेको डाटा सेभ हुन्छ । उसको खुशिको सीमा रहेन
किनकी उसले बिप्लबलाई दिएको पेनड्राइभमा उसले पहिले आपूmले तीनवर्ष स्तम्भ
बनाउँदा बनाएका नोटहरु सबै उक्त पेनड्राइभमा पहिलोपटक राखेको थियो । अनि
प्रदिप बिप्लबकहाँ गएको थियो । बिप्लबसँग पहिले उसले दिएको पेनड्राइभ
माग्यो । बिप्लवले पनि “ बिग्रीसक्या पेनड्राइभ पनि के माग्या होला , लैजा
तेरो सामान तँलाईनै भो ” भनेर जिस्केर दियो । प्रदिपले त्यो पेनड्राइभलाई
एकदम मेहेनत गरेर अत्यन्तै स–साना तारहरुलाई वायरिङ्ग गरेर मिलायो । पेन
ड्राइभ भरी गीतै गीत थियो । प्रदिपले सफ्टवेयरको मद्दतले डिलिट भइसकेको
उसको पहिलो डाटा भोलिमात्रै निकाल्ने बिचार गर्यो । त्यत्तिबेलासम्म रात
परिसकेको थियो तर प्रदिप एकदम दङ्ग परेर ठूलो–ठूलो स्वरमा भत्र थाल्यो “
मेरो वर्षौको मेहेनत खेर नजाने भयो । मेरो डाटा मलाई प्राप्त हुने भयो । ”
थकित प्रदिप दङ्ग परेर सुत्यो । बिहान हुँदा घरमा ठूलो चोरी भइसकेको थियो ।
सबैजनालाई सुन–चाँदी गर–गहना चोरीको मात्रै चिन्ता थियो र प्रहरीमा यसैका
बारेमा मात्र उजुरी दिइएको थियो । पेनड्राइभ चोरीको कसैलाई वास्तै थिएन ।
मात्र प्रदिपलाई पेनड्राइभ हराएको अत्यन्तै धेरै चिन्ता थियो । घरका
सदस्यहरुले भन्दै थिए “ घरमा कति अमूल्य सामान चोरी भइसक्यो यसलाई भने
बिग्रेको ५०० रुपियाँ जाने पेनड्राइभ हराएको मात्रै चिन्ता ।”
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com
- Get link
- X
- Other Apps
Comments
Post a Comment