कथा ः पगरी गुथाइ
कथा : पगरी गुथाइ पगरी गुथाइ कार्यक्रम गर्नै पर्ने भयो । हुन त नातिको बर्तमनसँगै पगरी गुथाइ कार्यक्रम गर्ने छोरासँग वाचा गरेका थिए बुढाले । छोरोले पनि भ।मग्दूर प्रयास पनि गरेको थियो तर संघारमा आएर बुढाले आफुमात्रै मान पाउने चाल रचे । वर्तमन क्यानशिल गरे । छोरा र बुहारीले बधाई दिएको लिखत निमन्त्रणा कार्ड छोराले नै टाइप गरी दिनुपर्ने रे । बुढाले नै लेखेर ल्याए अनि “टाइप गर” भनी छोडे । “पछिसम्मलाई चिनो हुन्छ” रे । छोरालाई यो एउटा कौतूहल अनि अचम्मित तुल्यायो कि जुन धन्यवाद अनि उनलाई “भगवान् मेरो भनी वाचा गरेँ” भनी लेख्न लगाउन खोजिएको कार्डमा “अन्य छोरा, छोरी उनीहरुका जहान ज्वाइँ अनि बुहारीले यस्तो निमन्त्रणा कार्डबाट ज्ञापन गर्नु आवश्यक छैन” भनी बुढाले ठाडै भने र “तिमीहरु दुईजनाको मात्र नाम राख्नू” भनी उसको जहानका अगाडि भने । बुढाले छोरोलाई “कार्डमा यो राख्नू कार्डमा ऊ राख्नू , तिमीलाई थाहा छँदै छ राम्ररी मिलाएर बनाइदिनू” भन्दै एकदिन अगाडिसम्म पनि अनुरोध गर्न आएका थिए । विहानको पुजाको पगरी गुथाइ कार्यक्रममा छोरालाई राजा भनी बोलाइयो । सबै दर्शकहरुले खिन्न अनुहार लगाए । पारस भन्ने राजोपा...