कथा ः पगरी गुथाइ

कथा : पगरी गुथाइ 


पगरी गुथाइ कार्यक्रम गर्नै पर्ने भयो । हुन त नातिको बर्तमनसँगै पगरी गुथाइ कार्यक्रम गर्ने छोरासँग वाचा गरेका थिए बुढाले । छोरोले पनि भ।मग्दूर प्रयास पनि गरेको थियो तर संघारमा आएर बुढाले आफुमात्रै मान पाउने चाल रचे । वर्तमन क्यानशिल गरे । छोरा र बुहारीले बधाई दिएको लिखत निमन्त्रणा कार्ड छोराले नै टाइप गरी दिनुपर्ने रे । बुढाले नै लेखेर ल्याए अनि “टाइप गर” भनी छोडे । “पछिसम्मलाई चिनो हुन्छ” रे । छोरालाई यो एउटा कौतूहल अनि अचम्मित तुल्यायो कि जुन धन्यवाद अनि उनलाई “भगवान् मेरो भनी वाचा गरेँ” भनी लेख्न लगाउन खोजिएको कार्डमा “अन्य छोरा, छोरी उनीहरुका जहान ज्वाइँ अनि बुहारीले यस्तो निमन्त्रणा कार्डबाट ज्ञापन गर्नु आवश्यक छैन” भनी बुढाले ठाडै भने र “तिमीहरु दुईजनाको मात्र नाम राख्नू” भनी उसको जहानका अगाडि भने । बुढाले छोरोलाई “कार्डमा यो राख्नू कार्डमा ऊ राख्नू , तिमीलाई थाहा छँदै छ राम्ररी मिलाएर बनाइदिनू” भन्दै एकदिन अगाडिसम्म पनि अनुरोध गर्न आएका थिए ।


विहानको पुजाको पगरी गुथाइ कार्यक्रममा छोरालाई राजा भनी बोलाइयो । सबै दर्शकहरुले खिन्न अनुहार लगाए । पारस भन्ने राजोपाध्याय सबैभन्दा बढी खिन्न भए । एकाएक यस्तो सबै एकै पटक हुन गयो कि जब छोराले बुढालाई धोतीले निधारदेखि लपेटेर श्रीपेचझैँ बनाइदिइरहेका बेला बुढाले मुठ्ठी कसे अनि विस्तारै छोड्दा पारस भन्ने राजोपाध्याय तत्कालै एकहात उफ्रेर सुरुमै राज्य पाएझैँ गरी मुठ्ठी कसेर आफुले लिएझैँ गरेर अनि अति खुसी भई बधाई दिए । र प्रफु्ल्लित भई बधाई लिएको जस्तो पारामा “बधाई मलाई पनि” भनी पुलकित भए । पारसले नुनको सोझो भाइगिरी गर्दै दर्शक सबै पुलकित भएकाजस्ता देखिन्थे अनि सबै उपस्थित नुनको सोझाहरुले बधाई भनी ताली पड्काए ।


फेरि फोटो खिचाइ कार्यक्रम भयो । सबैजना समूह फोटो खिचाउन थाले । छोरोको दाहिने हात काटिने गरी निशाना लगाई लगाई फोटोग्राफर नुनको सोझो गर्दै फ्याटफ्याट दसौँवटा फोटो खिँच्दै थिए ।


छोरो शाकाहारी भएकाले मात्रै शाकाहारी क्याटरिङ गरेको भन्दै थिए सबजना । पुजा पनि सकिएकाले विहानको चिया खाने कार्यक्रम सुरु भयो । चिया क्याटरिङवालाले तयार गर्यो । सबजना हात धोएर खानुपर्छ भनी ड्रमको पानीले हात धुन थाले एकैछिनमा पाउरोटी ल्याइयो । छोरोलाई थाहा थियो पाउरोटीमा अन्डा हुन्छ भनेर किनकि बच्चामा कमल पोखरीको कृष्ण पाउरोटी कारखानामा उसले अन्डा मिसाएको भेज पाउरोटी रिङ्गाइरिङ्गाइ मेसिनले ठूला डेक्चीमा घुमाएर बनाएको देखेको थियो । यसले गर्दा त्यो शाकाहारी रहेन भनी छोरो चिन्तित भयो । छोरोको जहान अनि उनका सबै नातागोताहरु सबै कट्टर शाकाहारी अनि धर्मभीरु भनी डिङ हाँक्नेको पोल यस बेला खोल्यो । त्यो के भने त्यही पाउरोटीको धुलो छरपस्ट भई चियामा पनि लागिरहेको थियो । बुढाका बुहारी छोराका जहानले छोरोलाई त्यहीँबाट चिया ल्याएर खुवाउन गिलास दिइन् । छोरोले आफ्नो कोठामा गएर इलेक्ट्रीक जगमा आफैले चिया बसालेर ल्याए । अनि सबजना चिया खान थाले । त्यहाँ उसले मात्र शुद्ध शाकाहारी चिया खाइरहेको थियो ।


नातिले “मलाई पगरी गुथाएकोमा मज्जा आयो” भनेपछि छोरोले चारवटा धोती गुथाइदियो । “अझै गुथ्ने हो ?” भनी सोध्दा नातिले भने कि “आज मलाई एउटा अर्कै प्रकारको मज्जा आइरहेको छ । यो पगरी गुथाइको आनन्द नै बेग्लै छ” भन्न थाल्यो । ल त अझै मज्जा लेऊ न त भन्दै छोराले नातिलाई धोतीको पाँचौँ पगरी गुथाइ गरेको समयमा खनाल थरीको साढुभाइले कम्प्युटरबाट हेरेर “धोती हालेको मिलेन” भन्ने छाडा कमेन्ट गर्यो ।


छोरोको जिन्दगी बेतुकको थियो । ससुरालीकाहरुले उसले चस्मा लगाए भने अनि चस्मा मात्र छोएर कुरा गरेपछि वेबक्याम अफ गरिदिने त कति हो कति । सिसिको बिर्को खोलेर चलाएर खुवाउनुपर्छ भनी डक्टरले भन्दा पनि उसलाई गाली गर्ने नचलाइकनै खुवाएर विसेक बनाउन मतलवै नगर्ने । र्याकहरुको तान्ने सबै लुकाइदिने । मार्कर लुकाइदिने । ती हराएका सामानहरु किन्दाफेर्दा उसले सधैँ वाक्कदिक्क भइरहुनु पर्ने ।


फेरि डिनरको कार्यक्रम सुरु हुने समय भयो । परिवारकाहरु कता थे कता तर छोरो भने त्यतै थियो । सबजनाको गफ के थियो भने “कुकुर आजकल शाकाहारी भएको अचम्म लागिराछ । ऊ शाकाहारी भएर के गर्ने परिवारका अन्य सदस्यसबै काम गर्दा गर्दा फुर्सदै हुँदैन । हामी सबैले पाउरोटी खायौँ कुकुरैले खाएन ।” “ल ल शुरु गरुँ अब” भनी एकजना निखुर कालो चस्मा लाउनेले बाङ्गे टाउको हल्लाउँदै छोरोलाई वास्तै नगरी सुरु गरेपछि ऊ भने आफ्नो गुल्टन पिडामा डुब्न पुग्यो ।


छोरोलाई गुल्टन भन्ने रोग दशैँदेखि लागेको थियो । त्यो छटपटी बयान गरी साध्य थिएन । खाना खाएको ६ घण्टापछि पेट बााउँडिएसरि दुखी रातभर सुत्न नसक्दाको कहर पनि वयान गरी साध्य थिएन । त्योभन्दा बढी कहर परिवारका सबै सदस्यले कसैले वास्ता नगरेको र साथमा एकै कोठामा हुनेहरुले पनि त्यो रातको छटपटी नसुने जस्तो गरी थाहा नपाएको गरी बस्ने गरी गरेको मानसिक कहर त्योभन्दा कैयौँ गुणा बढी वजनको थियो । “एक्लै आएँ अनि एक्लै छ जानु छ” “यो जीवनका जति पनि कार्यहरु छन् सो निर्धाहरुलाई सहयोग गर्ने प्रण” पनि उनीहरुलाई भन्दा बढी गर्यो अनि गरिह्यो उसले । जब गुल्टन भन्ने ठहर हुँदा पनि श्रीमतीले ४ पटकसम्म तरकारीमा गहुँको पिठो मिसाएर खुवाएर छटपटी भएको पुष्टि गरिसकेपछि मात्र गुल्टनमा खान नहुने तील अनि गहुँका खानेकुराहरु मिसाएर बनाउन छोडिन् ।


गुल्टन थाहा पाउन उसले गोगलमा धेरै सर्च गरेको थियो । पहिले पहिले गहुँमा धेरै लहरा आउँदैनथ्यो । त्यो बेलाका वैज्ञानिक र नोवेल शान्ति पुरस्कार विजेता नोर्मल बोरलाग आफ्नो वालपनबाट आयोवा फार्ममा सन् १९६५ देखि १९७० मा फरक गहुँको विकास गर्नका लागि उठ्यो जसले संसारलाई खुवाउन मद्दत पु¥यायो । एक आन्दोलनलाई बढावा दिइयो जो एक अरब मानिसहरुलाई भोकमरिबाट बचाउन श्रेय दिइन्छ । यस महान वैज्ञानिकले पृथ्वीका आधीभन्दा बढी भूकमरीलाई शान्त पार्न गहुँमा थुप्रै लहरा आई फल्ने बनाई मिराकल अनि युरेकाबाट सुपरभन्दा पनि धेरै ठूलो क्रान्ति गर्न सफल भए । उनले खासमा गहुँलाई नराम्रो हावाबाट बचाउन प्रविधि अपनाउँदा यो आविष्कार भएको थियो तर त्यसले त्यो नयाँ प्रविधिबाट उत्पादित थुप्रै लहरावाला हाइव्रिड गहुँले गुल्टनको साइडइफेक्ट पनि ल्याइदियो । जुन प्रोटिन नपच्ने युरिक एसिड जसरी गुल्टन नपच्ने त्योभन्दा बढी पीडादायी रोग भएर निस्कियो । गहुँ पनि धेरै सस्तो भयो । तर अहिले पनि विरलै पाइने पहिलेको हाइव्रिड नगरेको गहुँमा गुल्टन हुँदैन ।


यी गुल्टनिक उडानपछि छोरोले एकाएक उकुसमुकुस शान्त पार्न फेसबुकमा एउटा स्टाटस भडासका साथ यसरी पोस्ट गर्यो

.....मान्छेलाई जति नै राम्रो व्यवहार गरे पनि जात अनुसारको व्यवहार हुने गरेको छ । कोही बी ग्रेड कोही सि ग्रेड । राम्रो व्यवहार गर्ने पाउन त अपवाद जस्तै हुन्छ । त्यसैले हाम्रा संस्कृतिका यी विकृतिहरुलाई हटाउन एकदम गाह्रो छ । राम्रो व्यवहार गर्ने यो व्यक्ति हो भन्ने अवस्था पनि छैन किनकि उहाँलाई पनि हिलो छ्याप्ने गरिदिन्छ यो समाजले । मेरो आग्रह एवम् अनुरोध छ यदि गुरु बनी टोपल्ने हो भने त्यसका लागि आफु सुध्र अनि अरुलाई टोपल्न छोडी सुधार्नतिर लाग अनि मात्र आफु उँचो होइन्छ । नराम्रो काम चाहिँ नगर यदि गरे भने “नदेखिकन गर पछाडिबाट मिल्छ”ु भनी समाज बिगार्ने सबैभन्दा घिन लाग्दा हरकत गर्ने बानीले हामी इमानदारहरुको आस्था एवम् विश्वास डगमगिसक्यो । आफुले भनेजस्तो भएन भनेर होच्याउने पिञ्च गर्ने यस्ता गतिविधिले सप्रनु पर्ने समाज झन् विग्रने क्रममा छ यसको हेक्का रहोस् ।.....


वास्तबमा यो समारोहमा पछाडिबाट मिल्ने भनी हातले इसारा गर्नेहरु अधिक थिए । त्यसैले ऊ सबसँग अनभिज्ञतामा आनन्दित भइरहेको थियो । उसले यसपालीको पगरी गुथाइको डिनरमा रोटीहरु खाएन । पुलाउ अनि तरकारी मात्र खायो । उसलाई रोटी खुवाउन खोज्नेहरुले खुवाउन नसक्दा गिज्याए । यति सम्म कि फोटोग्राफरले पनि डिनरका फोटो खिच्दा रोटी चिम्टाले च्यापेर थालमा राखेको खिचेर उसलाई खिसीटिउरी गर्यो । छोरोले डिनर लिन लाग्दा चञ्चलेले खाइसकेपछि फेरि भाग जुठोले लिन खोज्दा उनलाई “तपाईं नलिनुसु् म राखिदिन्छु” भनी पुलाउ उसको पिलेटमा हालिदियो । उसले फेरि एकपटक हाल्दा “बढी त म खाँदिन” भनी हाँसेर लिई । यहाँनिर फोटोग्राफरले कमाल देखाएर हाइलाइट गर्न लागेको के भने त्यही चञ्चलेले उसले दिएको दुई पटकको पुलाउ खाइसकेपछिको अवस्थामा चिम्टाले च्यापेको नरमनरम पुरी उनको पिलेटमा राख्दाको थियो । वास्तबमा यस कार्यक्रमलाई छोरोको विरुद्धको दनक दिने कार्यक्रम भन्दा दर्शक पाठकलाई स्पष्ट एवम् खुलस्त हुन्छ ।


दिउँसो पगरी गुथाइबाहेक त्यसपछि लुगा कपडा पनि सगुन दिने कार्यक्रमको पनि बाध्यता थियो पाहुना अतिथिहरुलाई । अरूलाई दिएपछि तीनचार चिनजानका इष्टमित्रसरिका आइमाईहरुले उसलाई कपडा सगुन दिए कति त उसले लिनेवितिकै अगाडि हुँदा आफ्नी जहानलाई दियो । लोग्नेमान्छे तीन चारजनाले भने उसलाई पगरी गुथाइदिए तर त्यही विहानको पुजाको समयसरि होलो तरिकाले । “आइमाईले कपडा दिएको त लिनु हुँदैन” भनी ठ्याँस हानेर एक बगाल गल्ल हाँसे । उसले भने सबैलाई धेरैधेरै धन्यवाद दियो किनकि उनीहरुले जे भए पनि बोल्ने अनि सङ्गत गर्ने मेसो वा सुरुवातको माध्यम कि त पगरीबाट कि त कपडाबाट वर्षौपछि गर्न पाए भनेर ।


सबजना सुट लगाएर पगरी गुथाइ कार्यक्रममा आउने छोराले एक महिना अगावै चाल पाएको थियो । त्यसैले उसले नातिलाई अर्थात् छोरालाई एक सेट सुट बनाइदिएको थियो कि वर्तमनमा शान देखाउने भनी । सुट बनाउन पन्ध्र दिन अगाडि छोरोले आफ्नी जहानलाई “बुबाको नातिलाई सुट बनाउन जान लागेको” भन्दा “मैले कहाँबाट ल्याउने पैसा” भनेर झपारेकी थिई । उसले “मैले आफैले काम गरेको ठाउँबाट लिन बाँकी पैसाबाट मिलाएर बनाएर ल्याउन लागेको” भनेपछि लामो सास फेरी । यता सुट बनाएको खबर सम्पुर्ण आफन्त माझ औडाहाका साथ पुग्यो । त्यसैले त अरूबेला प्रायः यस्ता समारोहमा सुट लगाएर आउनेहरु कसैले पनि सुट लगाएर आएका थिएनन् । नाति त झन् हिरो हुनबाट कसैले रोक्न सकेनन् र एउटाले खुसुक्क “एकोहोरो भइरहेका नातिलार्ई चञ्चलेसँग दोहोरो बनाइदिन पाए हुने ।” भन्दै हाँसोको फोहोराको वर्षा गरे ।


पगरी गुथाइको रीति यस्तो थियो कि अनि अद्यापि छ पनि कि मामा कान्छो भए पनि जेठो भाञ्जोले पहिले गुथ्न नपाउने । मामाले लगाइसेकपछि मात्र गुथ्न पाउने । अनि हजार पुर्णेको दर्शनको पगरी गुथाइ गर्दा पनि ठीक गणना गर्न नहुने । ३ वर्षमा आउने पुरुषोत्तम मासलाई पनि वर्षमा तिथिबाट आउने यो अधिक मासलाई मलमास भनी दुरुह मानी गणना गर्न नपाइने । समय उही हो गणना यसरी गर्नुपर्ने कि लाटो हिसाबले सरासर १००० पुर्णे गणना गर्दा पनि जो कसैले त्यो समयमा पग।री गुथ्न नपाइने, अपराधी सावित गराइदिने । त्यसैले त जो पनि यसमा अनभिज्ञ नै ।


चञ्चलेसँगको छोरोको त्यो हाँसोको मज्जा छोरोले लिँदा बेलुकी भइसकेको थियो । समारोह सक्किए पनि ऊभन्दा कान्छो सुवत्ती मामा बनी ठुलो परिवार आइपुगे फेरि पगरी गुथाइको अन्तिम उत्कर्ष बाँकी छ भनी । छोरो भान्छामा भात खाँदै थियो । त्यहीँ पगरी गुथाइदिऊँ भन्दै भाइ बुहारीहरु आए । उसले “म तल आउँछु” भन्यो । तल आउनका लागि उनीहरुले हतार गर्न थाले । नातिले सुत्ने बेला भएकाले सुट फुकालिसकेको थियो । फर्मल ड्रेसमा फेरि पगरी गुथाइ तल्लो तल्लामा सुरु भयो । उनीहरुका भनाइ “मुठ्ठी नवटारिकन पनि पगरी गुथाउन सकिन्थ्यो ।” परिवारका अरु सदस्य आउ्रँदा केही नहुने उनीहरुले छोरो आउनासाथ फोहोरी पाराले देव्रे मुठ्ठी बटारी उसकै अगाडि सबैले झट्कारे । ऊ जब बस्यो सबैले परिवारका सदस्य सबैलाई पगरी गुथाए । उनीहरुले पगरी गुथाउँदा हल्काले फुक्लने किसिमले गुथाए । छोरोले आफ्नो छोरो नातिलाई एक्स्टेप बायाँतिर हेरी उताजाउ भनी पठाउँदा सबैजना सुवत्तीसमेत सबै पाहुनाहरु ग्वाल्ल ऊ भएको कोठामा प्रवेश गरे । सबैको पगरी जुन उनीहरुको बनीबनाऊ रणनीतिले पगरी फुक्लने वितिकै खिच्ने मनसुवा पुरा गरे र नातिले सुट नलगाई फोटो खिँच्न पाएकोमा युद्ध जितेसरि दङ्ग परे । को केटा को केटी लोकल मिनिबसमा जस्तो च्यापाच्यापमा फोटो खिचाइ गरिरहे । छोरोलाई अटसमटल भयो “पख । बाँकी छ अझै फोटो खिचाइ कार्यक्रम” भन्दै थिए पाहुनाहरु । च्यापिएकाले छोरोको शरीरको दायँपट्टिका भागहरु जस्तो दायाँ हात र दायाँ खुट्टा आदि जाम थियो अरू भने “च्यापिन पाएर क्या मज्जा आयो भने !” भनेर गल्ल हाँसे । उसले “मेरो खुट्टा जाम भयो अब म योभन्दा अघि बढ्न सक्दिन” भनी उनीहरुले च्यापेको आफ्नो दायाँ हात र त्यसमा भएको रातो रक्षाबन्धनको असीम श्रद्धा प्रकट गर्दै देब्रे खुट्टाले पछाडिबाट झट्कार्दै ऊ माथिको आफ्नो पुस्तकालयाकार आफ्नो कोठामा गएर सबैलाई भुलेर पुस्तक पढ्न थाल्यो । सब पाहुना गएसकेपछि चकमन्नता छायो । सबैजना थकित थिए त्यसैले सबैजना घुरेर सुते ।


भोलिपल्ट विहान रक्षाबन्धनलाई मास्क लगाइदिएको ऊलाई लक्षित गर्दै व्यङ्ग्य कार्टुन प्रकाशित भएको कार्टुन सहितको राष्ट्रिय दैनिक पत्रिका र बुढाले छोरोलाई फोहोरी पाराले किचमिची अक्षरमा लेखेर दिएको कार्डको खेस्रा हावाले प्यासेजनिर हल्लाइरहेको थियो । त्यसैले त जति बु्ढाले आग्रह गरे पनि उसले त्यो खेस्रालाई टाइप गर्नु त के हेरेको पनि थिएन किनकि बुढालाई गायत्री मन्त्रका साथ जे पनि लेख्ने अनि संस्कृतमा श्लोक मिलाएर छोरालाई यौनिक किसिमको दनक दिनु मै सधैँ आफुले आफैलाई विद्वान् भएकोमा र ठूलो भएकोमा गमक्क फुलेर महाआनन्दित एवम् गर्वित हुन्थ्यो ।


छोरोलाई कस्तो लाग्यो कस्तो उसले आफ्नो फेसबुकको प्रोफाइलमा विरोध स्पवरुप कालो पगरी गुथेर फोटो पोस्ट गर्यो र भोलिपल्टको शाकाहारी खुलाउने कार्यक्रमको उसको आफ्नो तरिकाले विरोध गरेर सफल पनि पार्यो । वास्तबमा फुकाउनेहरु कोही पनि आउन सकेनन् । यो सँयोग भनुँ कि के भनुँ त्यसैबेला अमेरिकाले अफगानिस्तानबाट सेनाहरु फिर्ता गरे । तालिवानीहरु सबैले कालै पगरी गुथ्ने पो रहेछ । उसले अहिले मात्रै थाहा पायो । वास्तबमा अमेरिकी सेनाभन्दा थुप्रै तालीवानीहरु शहादत भएका थिए । लोकतान्त्रिक भनेर आफ्ना समर्थक सबैलाई आफुकहाँ अमेरिकामा बोलाइसकेपछि अमेरिकाले आजफेरि अफगानिस्तान हमला गर्यो । रुसले “तालिवानीले धोका दिँदैनन् । बोलेको बचन पुरा गर्छन् । उनीहरु आतङ्ककारी होइनन्” भनी समर्थन गरे भने अरू जम्मै देश मौन छन् । तर ऊ झनै शाकाहारीमा दह्रो प्रतिबद्ध भएको छ । उसले आफुलाई विश्वशान्तिको जज्ञमा होमिएको पायो ।


२०७८ भदौ ११

बिजु सुवेदी विजय

bijusubedi@gmail.com


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा