Posts

Showing posts from February, 2019

सत्य पौराणिक कथा: प्रेरणादायी र संग्रहणीय पुस्तक

Image
कथा अनेक प्रकारका हुन्छन् । काल्पनिक, भावनात्मक, सत्य वा पौराणिक कथा । हामीले पढ्ने र सुन्ने धेरैजसो कथा काल्पनिक हुने गरेपनि पौराणिक कथा पनि समाजमा उस्तै प्रचलित छ । जनश्रुतिमा आधारित यस्ता कथाहरु कतै पुराणमा उल्लेखित हुन्छन् त कुनै कथाहरु कतैपनि उल्लेख नभएपनि रोचक हुन्छन् । त्यस्तै कथाहरुको संग्रह लिएर यसपटक साहित्यकार विजु सुवेदी (विजय) आम पाठक माझ आएका छन् । सत्य पौराणिक कथाहरु नाम दिइएको यस संग्रहले हामीले सुनेका प्रचलित कथाहरुले पुस्तकको आकार पाएका छन् । जुन निकै रोचक मात्र छैन हराएका र हराउने क्रममा रहेका कथाहरुले पनि जिवन्तता पाएका छन् । यसमा करिव ३ दर्जन जति छोटा, लामा कथाहरु संग्रहित छन् । सबै कथाहरु रमाइला पनि छन् । पढ्दै जाँदा रोचक लाग्छन् । आफूले पिता पुर्खाबाट सुन्दै आएका कुराहरुलाई सत्यकथाको आडमा रहेर यी कथाहरु रचना गरेको लेखक स्वयंले बताएका छन् । मान्छेको मुखमै सिमित रहेका लोककथा, किंबदन्तीका कथा, पौराणिक लगायतका सत्य कथाहरु पुस्तकमा समावेश छन् । जुन कालान्तरमा एउटा इतिहास मात्र रहँदैन भावी पुस्ताका लागि पनि एउटा प्रेरणाको स्रोत बन्ने छ । ह...