Posts

Showing posts from September, 2016

( को भन्दा को कम छन र यो देशमा)

Image
( को भन्दा को कम छन र यो देशमा) ●रायमाझि आयोग छानबिन भयो भने,लोकमान सिह कार्की/दुर्जकुमार राई/कमल थापा जेल जान्छन! ● शिबिर घोटाला प्रकरण छानबिन भयो भने प्रचण्ड जेल जान्छन! ●लाउडा काण्ड छानबिन भएमा,गिरीजा जेल जान्छन!(मरेको मान्छेलाई जेल सुनाएको धेरै उदाहरण छन) ●सर्पको छाला तस्करी काण्ड छानबिन भए सुर्य बहादुर थापा जेल जान्छन। ●महाकालीको छानबिन भए मा माधब/केपी ओली गिरिजा र अन्य ब्यक्तिहरू जेल जान्छन। ●सरा-सुन्दरी काण्ड छानबिन भए,बामदेब जेल जान्छन। ●धमिजा काण्ड छलफल भए,गिरिजा जेल जान्छन। ●सुडान घोटाला छानबिन भए,कृष्ण सिटौला/सुजता जेल जान्छन। ●एयरपोर्ट सुन-तस्करि काण्ड छानबिन भए बामदेब जेल जान्छन। ●दास ढुङ्गा काण्ड छानबिन भए /के पी माधब /बिध्या जेल जान्छन ●फंटबल म्याचफिक्सिङ्ग/घूस प्रकरण छानबिन भए,गणेश थापा जेल जान्छन। ●दरबार हत्याकाण्ड छानबिन भए,ज्ञानेन्द्र शाह र प्रज्लवोल शमशेर जेल जान्छन। ●प्रविण गुरूङ्ग हत्या काण्ड छानबिन भए,पारश शाह जेल जान्छन। ●मल्लिक आयोग प्रतिबेदन छानबिन भयो कमल थापा जेल जान्छन। _____साभार---भेटाएको @कपि 22876 Binod Bajagain, Rajan Khanal ...

पुस्तक प्रदर्शनी २०७३ असोज १५गतेसम्म “सत्य सङ्घर्षका कथाहरू” पनि उपलब्ध छ ।

Image
छैठौं बृहद् पुस्तक प्रदर्शनी २०७३ असोज १५गतेसम्म भृकुटी मण्डप प्रदर्शनीमा भइरहेको छ । त्यहाँ स्टलमो रत्न पुस्तक भण्डार, बागबजारद्वारा प्रकाशित मेरो यस पुस्तक “सत्य सङ्घर्षका कथाहरू” पनि उपलब्ध छ । मेरा बारेमा बाहिर जे जस्ता सत्य—असत्य, आलोचना–मिथ्या, असल–खराब कुराहरु थाहा पाउनु भएता पनि यो पुस्तक पढिसक्नु भएपछि मेरा बारेमा सत्यतथ्य यो पो रहेछ भन्ने भेउ पाउनुहुनेछ भन्ने  मैले आशा गरेको छु । मेरो यहाँहरुलाई शादर अनुरोध छ — मेरो यो “सत्य सङ्घर्षका कथाहरू” पुस्तक पढेर यसका बारेमा सटिक प्रतिक्रिया पाएँ भने अनुगृहित हुने थिएँ । त्यसै गरी अन्य साहित्यकार, लेखकहरुका बारेमा पनि यसरी नै अध्ययन गरिदिनुहुन पनि शादर अनुरोध छ । पठन सँस्कृतिको विकास गरौं । बौद्धिकताको विकास गर्रौं, विद्वताको प्रकाशले अन्धकारलाई सदा नामेट पारौं । पुस्तक पठनको विकास गरौं । २०७३ असोज ६ बिजु सुवेदी “विजय” bijusubedi@gmail.com

अझै मेरो फेरि पनि आग्रह

 अझै मेरो फेरि पनि आग्रह अत्यन्त आवश्यक अनुरोध अबश्य पनि हाम्रो देशको समस्या कुनै राजा महाराजाले समाधान गर्नेवाला छैन । यसको समस्या आमी आफैबाट खोज्ने हो । यसका निमित्त राजतन्त्र फेरि ल्याउन प्रहरी, गुप्तचर लगायत सैनिक जवानहरुले सर्बसाधारण जनतालाई फोहोरी खेल खेलेर त्रसित बनाइराखेको अवस्था छ । मेरो फेरि पनि विनम्र आग्रह छ, ९९.९९% जनताले राजतन्त्र बहिस्कार गरिसकेको ६०१ सांसदहरुमा ४ सिट मात्र राप््रपा भएको सदनको बहुमत सप्रमाण छ र यसैबाट गणतान्त्रिक संबिधान बनिसकेको अवस्था छ । त्यसैले अझै विनम्र आग्रह गर् दछु उही राजतन्त्रका पालामा जस्तो, तपाईंहरुलाई बानी लागेको नि ! हो त्यस्तो तपाईंहरुको फोहोरी खेल बन्द गर्नुहोस् । म कत्तिचोटि विरामी पर्छु यही कारणले । भैगो छोडिदिनुहोस् , मसङ्ग सङ्गत गर्न छोडिदिनुहोस् । हामी सबै जनताको आकाङ्क्षा भनेको सत्य, सभ्य , सुन्दर गणतान्त्रिक नेपाल नै हो , म यसैमा अडिग छु , चाहे जतिसुकै मुल्य चुकाउनु परोस् । गणतन्त्र नेपाल जिन्दावाद । बिजु सुवेदी “विजय” २०७३ भदौ २४