Posts

Showing posts from December, 2013

नयाँवर्ष २०१४को शुभ–कामना

नयाँवर्ष २०१४को शुभ–कामना सन् २०१३को अन्त्यसँगै आजदेखि सन् २०१४को सुरुवात भएको छ । हुनत यो पश्चिमा सम्बत हो तैपनि यो बेला हिउँद पनि पर्ने भएकोले विदेशी पर्यटकहरुको धुइरो नै भित्रिने मौसम पनि हो त्यसैले गर्दा पनि हाम्रो देश नेपालमा ती पर्यटकहरु सबैले यो नयाँवर्ष नेपालमै मनाउँछन् । त्यस्तै स्वदेशी २५% जनता बैदेशीक रोजगारी मै निर्भर हुनु पर्ने भएकाले पनि ती नेपालीहरु मार्फत पनि यो नयाँ वर्षको संस्कृतिको रौनक भित्रिएको हो । त्यस्तै यस नयाँवर्षलाई अन्तर्राष्ट्रिय नयाँवर्षका रुपमा पनि लिइने गरेकाले यो नयाँवर्षको विशेष महत्व छ । यसपाली माठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा रातभरी न्यू इएर पूर्व सन्ध्या मनाए भने त्यस्तै पोखरा , चितवन जस्ता नेपालका पर्यटकीय स्थलहरुमा पनि आन्तरिक तथा वाह्य पर्यटकहरुले खचाखचरुपमा नयाँवर्ष  पूर्व सन्ध्या भव्यरुपले मनाए । “नयाँवर्षको आगमनले नयाँ–नयाँ राम्रा कुराहरु ल्याउन् , सबैको घरदैलोमा रौनकता छाउन्” यही कामनाका साथ सम्पूर्ण पाठकहरु शुभचिन्तकरु सबैलाई नयाँवर्ष २०१४को हार्दिक मङ्गलमय शुभ–कामना । २०१४ जनवरी १ २०७० पौष १७ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bi...

महाकालीको यदि माया छ भने

दिल सहानीद्वारा रचित यो राष्ट्रियताले ओतप्रोत गीत यही गीतको भावनाका कार्यक्रमका साथ काठमाडौंबाट माओवादी जनयुद्धको उद्घोष भएको थियो २०५२ फागुण १ गते , काँगथ्रेस र एमालेलाई हर्खे र बिर्खे भनेर । अहिले करीब करीब काँग्रेस र एमालेकै सत्ता आउने प्रायः निश्चित भएको समएमा भारतले एकतर्फ रुपमा महाकाली किनारमा २०७० पुष महीनादेखि टटबन्ध बनाउन सुरु गरेको छ । यसबाट पछि के कति डुबानको महाकालीबाीले सामना गर्नुपर्ने हो सरकार लुतेकुकुरजसतै मौन छ अन्तर्राष्ट्रिय मामिला भनी । त्यसैले यो माहाकाली र नेपालप्रति ओतप्रोत गीत त्यत्तिक्कै समय सान्दर्भिक भएर पोष्ट गरेको छु । ======बिजु सुवेदी “विजय”===== महाकालीको यदि माया छ भने मेची बोल्नुपर्छ, सेती बोल्नुपर्छ सगरमाथा सारासारा बोल्नैपर्छ देशभक्त जो हो मिल्नुपर्छ देशघाती को हो चिन्नुपर्छ पोलहरु उसका एकएक गरी खोल्नुपर्छ महाकालीको यदि माया छ भने कोशी बोल्नुपर्छ, गण्डकी बोल्नुपर्छ कर्णाली सारासारा बोल्नुपर्छ अधिकार गुमेको खोस्नुपर्छ बाटो सङ्घर्षको रोज्नुपर्छ विस्तारवादका जरा सारा फाल्नुपर्छ महाकालीको यदि माया छ भने हर्के बोल्नुपर्छ, बिर्खे बोल्नुपर्छ चारज...

लघुकथा :– ऊ

लघुकथा :– ऊ बिजु सुवेदी “विजय” एउटा राजा थियो  , रजा बन्न मन नपर्ने । ऊ सधैं भेष बदलेर जनता बनेर हरेक ठाउँ सर्वेक्षण गथ्र्यो र आफ्नो बाबुको आदेश पालनअनुसार तथा देशका चलिआएको कानूनअनुसार राजा भइरहेको थियो । उसले जहाँ सर्वेक्षण गर्दा पनि जनताहरु केही बोल्दैनथे । भनिराख्नु पर्दैन मात्र भन्थे । “आँ गर्दा अलङ्कार बुझिहाल्छ नि” भन्थे । तर एकदिन उसले आफ्नो उत्कट अभिलाषा पूरा गर्न उक्त देशका एकजना व्यक्तिलाई धेरै धेरै कर गरेर सोध्यो । उसले भन्यो “ हाम्रो देशको राजा धेरै राम्रो छ । तर यो कुरा नफैलाउनुस् राजाले थाहा पायो भने उसले आत्महत्या गर्नेछ । किनकी उसलाई राजा भनेको मन पर्दैन । उसलाई जनता नै भन्नुपर्छ रे । बास्तवमा  हामीजस्तै भएकोले राजा धेरै राम्रो छ ।” त्यसको भोलिपल्ट राजाको आत्महत्याको खबर फैलियो । साँच्चिकै राजाले आफूलाई राजा भनेको सहन गर्न नसकेर आत्महत्या गरेको थियो । त्यसपछि कत्ति साशकहरु आए , कत्ति ऊभन्दा पहिलेका साशकहरु पनि भए ती सबैले साशन चलाएको जनताले कहिल्यै रुचाएनन् ,  यिनीहरुका कारणले जनतालाई सधैं दुःख । यहाँ कथाकारले उसलाई भन्नु मन नपर्ने शब्द नभनी ऊ भनी सम्मा...

अभिषेक

Image
कविता :– अभिषेक कवि बिजु सुवेदी “विजय” फगत लेखौं भन्ने मनमा बिचार पलायो आशाको त्यान्द्रो केलाउँदै  लेख्दै गएँ देश बचाउन जुझारु जीवन जिउन पर्ने नै रहेछ लेख्नलाई दिमागमा गिदी छताछुल्ल पार्छु भन्ने सबलाई , सबक सिकाउन जरुरी पनि छ लेखेरै देश रमझममा छैन कान्तिमय वातावरणमा सपूत ती हुन् , जसले देश र जनता बुझ्छन् रामले अथवा कामीले सबैले देशका लागि डट्नुपर्छ आशाका त्यान्द्रा किन मत्थर पार्ने ? देशलाई भूइँचालोमा लान खोज्ने फटाहा पशुहरुलाई मानव बनाउनु परेको छ देश भूइँचालोमा जान लागेको छ देशलाई भत्किनुबाट बचाउनु छ देश दुखेको छ देश रोइरहनुभएको छ देश रुनुको कारण कसै कसै कसैलाई मतलब छैन देशको रीति कम्मरे खुकुरीले रेट्ने ए गधा हो छिटै बलीको बोको बन्न तयार होऊ देशका लागि तिमीहरुको रक्त स्नान जरुरी छ देश ब्युँझाउन जरुरी छ तिमीहरुको सिञ्चनले म चाहीँ गएँ अब अभिषेक गर्न म चाहीँ गएँ अब अभिषेक गर्न २०७० पौष ८ बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com

थवाङको सन्देश

सन्तोषकुमार बुढा मगर लेख :– थवाङको सन्देश थवाङमा शून्य मत भएको सन्दर्भमा पक्ष र विपक्षमा धेरै चर्चा–परिचर्चा भए । कतिपय अचम्मित छन्, किन गर्छन् थवाङ्गीहरु बहिष्कार, कसरी सम्भव भयो ? शून्य मत ! अहिलेको बाहुनवादी समाज र प्रतिस्पर्धात्मक दुनियाँमा शून्य मत कसरी सम्भव भयो ? जिज्ञासा प्रकट गर्छन् । अर्काथरी मान्छेहरु जबर्जस्त थुनछेक  अपहरण गरेर भोट हाल्न नदिएको मुखिया (राजा) प्रथा कायम रहेको जस्ता आरोप पनि छ । लाखौं सेना सशस्त्र परिचालनका बीचमा पनि यो कसरी सम्भव भयो ? अर्को जिज्ञासा छ जुनसुकै कोणबाट हल्ला र आरोपहरु लगाइएको भए पनि थवाङमा शून्य मत कसरी भयो ? तर सत्य यही हो । विरोधीहरुले गरेका हल्ला निरर्थक थिए भन्ने कुरा उसैदिन ५ बजे नै पर्दाफास भयो । यसका साक्षी थवाङ केन्द्रमा खटेका कर्मचारीहरु र सुरक्षाकर्मीहरु छन् । के कुरा साँचो हो भने थवाङका जनता खास–खास निर्णय गर्ने बेला एकमतमा निर्णय गर्ने गर्छन् । यो थवाङको संस्कार हो । यहाँ सहमती र सहकार्यको संस्कार छ । ब्यापक छलफल र निष्कर्षपछि कार्यान्वयनमा एकरुपता थवाङको परम्परा र संस्कार नै हो । यसलाई मुखियाली (राजा)प्रथा भन्नु पनि गलत हुन्...

चाल पाएका छौ मण्डेला ?

 चाल पाएका छौ मण्डेला ? वासुदेव अधिकारी मण्डेला ! उज्यालो देख्छु तिमीलाई आकाश देख्छु तिमीलाई तिम्रा अघि स्वार्थका तारा आउनै सक्दैनन् गनगनका सितार बज्नै सक्दैनन् तथापि लुसुक्क आयो काल र रुझेको बिरालो झैँ टाउको निहुराएर बस्यो प्रिटोरिया अस्पतालको सिसियुबाट देख्यौ तिमीले ? छोयौ तिमीले ? यातनाको बुइ चढेर निर¤्कुशताको क्रूरतामा सवार भएर हिजो हिजो पनि काल आउँथ्यो तिमीसँग कुस्ती खेल्थ्यो र हारेर जान्थ्यो आज नहार्ने मुडमा छ ऊ कुस्ती नखेल्ने सुरमा छ ऊ ( हामी पनि छौँ नि तिम्रो साथमा) तैपनि उसले तिमीतिर क्रूरताको हात बढाइरहेको छ छुन छुन खोजिरहेको छ तिमीलाई दर्द रोपिरहेछ यातना बमले भष्म बनाइरहेछ यावत् चेतनालाई आफ्नै आँगनमा माफिया नाच ! तिम्रो देहमा कालको विद्रुप झम्टाइ ! दुबै भोग्नु छ मैले तथापि मेरो मन छ तिमीतिर मेरो आँखा छ असत्ति कालतिर प्रिय महामानव ! छुच्चो कालले कति देख्खल हात बढाएको तिमीतिर ? कति सुधो(?) स्पर्श बौछार गरेको तिमीतिर ? मण्डेला ! यति धेरै उज्यालोमा बाँडिएका तिमी यति धेरै मायामा उनिएका तिमी यति धेरै सद्भावमा छरिएका तिमी कति बा...

कविता कुसुम :- नारायणगोपालको २३औं पूण्यस्मृति दिवसमा

आज स्वरसम्राट नारायणगोपालको २३ औं पूण्यस्मृति दिवस यो कविता कुसुम :- नारायणगोपालको २३औं पूण्यस्मृति दिवसको सम्झनामा सम्झना गीत कुसुम नारायणदाइको सम्झनामा श्रद्धाको स्थायि कुसुम नारायणदाइको सम्झनामा लौ सुन म भन्छु मेरो राम कहानी कस्तुरी हे बास आउँछ भन्छन् म त लाली गुराँस भएछु मेरो प्यारो ओखलढुङ्गा आमा तिमीलाई मान्छेको माया यहाँ खोलाको पानीजस्तो मलाई माफ गरिदेऊ मेरा लोभी नजर मैले पूण्य मन पराएँ या पाप मलाई छोडी मेरो छायाँ कतै भागेछ मलाई नसोध कहाँ दुख्छ घाउ मेरा सबै रात आज मेरो आँखालाई राख्ने फूलवारी छैन मेरो वेहोसी आज मेरो गीत सबै तिमीलाई मेरो जोवन लैजाऊ , सक्दिन पर्खिबसेँ आउँला भनी पिउँदापिउँदै फोखिएर घामको झुल्को प्रियसीका यादले सागर भरी सन्तोषको भारी सारादिन अरुलाई बाँडी सावनको झरी बनी तिमी आउन शिखर भनेको धेरै टाढा सिरीमा सिरी  नि कान्छा बतासै चल्यो तिमी देऊ या नदेऊ तिम्रो माया तिमीलाई म के भनुँ तिमीले भनेका सारा देव छोएर म किरिया खान सक्छु तिम्रो जस्तो मुटु मेरो पनि यसैगरी विताइदिन्छु दुईदिनको जिन्दगी यति धेरै मायादिई यति चोखो यति मीठो दिउँला तिमीलाई यो दिलको झिलैमा कमल फुल्यो ह...