मलेशियाका नेपालीहरुलाई बिचल्ली नपारियोस्
उता इराकमा नेपालीहरु काटिए यता नेपालका म्यानपावरहरु सबै ध्वस्त भए । यसपाली मलेसियामा भएको घटना भएको पहिलो घण्टा देखि सञ्चार माध्यमहरुले कुनैले ३० जनाको हत्या भइसकेको , कुनैले अहिलेसम्म मलेसिया गएकाहरु ११०० जना बेपत्ता भइसकेका त कुनैले अरुदेशको पनि जानकारी यस्तै यस्तै दिइरहेका थिए , तर एकाएक दोस्रो घण्टामा ती समाचारहरु कुनै पनि पुष्टि भैनसकेको जानकारी दिन थाले । कुनै सञ्चार माध्यमहरुले भने पहिले जस्तो म्यानपावर सँस्था ध्वँस हुन नदिन यस्तो गरेको भनेर पनि प्रसारण गर्न थाले । प्रत्येक दिन एयरपोर्टमा हेर्न गयौं भने दिनको २–४ लाश नआएको दिनै हुँदैन । सरकार र सरकारी आहोडाकाहरु अहिले म्यानपावर सँस्था मात्र बचाउन लागेका जस्ता देखिन्छन् । नेपाली जनताहरुको जीवनको खै मूल्य ? के म्यान पावरकाहरुलाई मात्रै हेर्ने ? ती रोजगार गर्नेहरुकै रेमिट्यान्सबाट देश चलिरहेको पनि हेक्का हुनु पर्ने नि ? सरकारले जनता बचाउने ठूलो कि म्यानपावर बचाउने ठूलो यस्को स्पष्ट जवाफ दिनुपर्ने बेला आएको छ । हावा नचलि पात हल्लिँदैन । समाचार आइसकेकोलाई पनि पछि किन पुष्टि हुन नसकेको समाचार भनेर दवाइयो । आम पत्रकार जगतमा पनि प्रश्...