Posts

Showing posts from April, 2016

बुबा-आमाको विवाहको ५०वर्ष स्वर्ण जयन्ती

Image
पचास वर्षको गहिराइको हेरचाह सदाको, आशा र एकआपसका सदा साथ माया प्रेमको गोरेटोमा साथसाथ यात्रा अनवरत एकआपसको हेरचाह एकदम समीपसम्म पचासौं करोडदेखि अनन्त माइलको हिँडाइ अनवरत थुप्रै माया र खुसी अझै भण्डारण कायम आजको यो सुनौलो दिन अझै विवाहको पहिलो भेट जत्तिक्कै महत्त्वपूर्ण उत्तिक्कै ओजस्वी र उत्तिक्कै समपर्पित धेरै अझै उत्साहित, उमङ्गित न नै यो कुनै चुट्किला वा व्यङ्गय यो त चोखो प्रेम हो सबैले यसबाट सिक्नुपर्छ पाठ सधैं हँसिलो सधैं व्यवहारिलो कदम चौबीस क्यारेटको सुनको जस्तै शुद्ध प्रेम परम्, पवित्र, यथेष्ट प्रेम इन्द्रेणीको हरेक रङ्ग झैं, सबै साथ रङ्गीन कदम साँच्चिक्कै राम्रो, असल अविष्मरणीय जोडी पचास वर्ष अगाडिको मात्र नाता कहाँ हो र ! यो त युगौं युगको नाता पक्का हो तर यो धर्तीको चाहीँ आज स्वर्णीम तिमी बाबाआमा दुई साथ हुँदा सधैं प्रेमील अविष्मरणीय गाना घन्किएको पाउँछु ठूलो पाठ सिकायौ मायाप्रेम कसरी कायम राख्ने भनेर र कसरी भाइचारा बढाउने भनेर सधैं न्यानो सम्बन्ध देख्दै आएको छु कबै छैन कतै चिसोपन, यो हो नि त माया सधैं यस्तो साथ हरदम कायम भइरहोस् यही नै मङ्गलम...

गजल(नफक्रने थुङ्गो हुँदैन ।)

गजल नफक्रने थुङ्गो हुँदैन । ओइलाउने ढुङ्गो हुँदैन ।। पट्ठो भनी घमण्ड नगर, बाह्रमासे जुङ्गो हुँदैन । पढेका कुरा मनन गर, अनि कबै बुङ्गो हुँदैन । साहू जति स्वार्थ मै मग्न, श्रमिकको कामको टुङ्गो हुँदैन । कर्म गर बैतरणी पार गर, मझधारमा तार्ने डुङ्गो हुँदैन । २०७३ बैशाख १० विजु सुवेदी “विजय” कुलेश्वर, काठमाडौँ bijusubedi@gmail.com

नववर्ष

२०७३सालको नववर्षको उपलक्ष्यमा ढिलै भएपनि सम्पूर्ण पाठकहरु तथा शुभचिन्तकहरुलाई यो नववर्षको बारेको निवन्धको साथमा हार्दिक मङ्गलमय शुभकामना !! मेरो यो नववर्षको निवन्ध “अभिनन्दन नयाँ वर्ष” शीर्षकमा  राष्ट्रिय दैनिक “नेपाल समाचारपत्र”मा प्रकाशित गरिदिनुभएकोमा सम्पूर्ण “नेपाल समाचारपत्र” टिमलाई पनि हार्दिक मङ्गलमय शुभकामना ज्ञापन गर्दछु ।  अभिनन्दन नयाँ वर्ष बिजु सुवेदी “विजय” क्रमशः वितिरहेको जिन्दगीमा एउटा नयाँ दिवस आउँछ भने, चारैतिर नयाँ आल्हाद आउँछ भने, सर्वत्र सबैले अभिनन्दन गर्छन् भने हो ! त्यो हो नयाँ वर्ष । गाउन मनलाग्छ गीत नयाँ भने, मुग्ध पार्ने प्रभात जो पदार्पण गर्छ भने त्यो हो नयाँ वर्ष । आशाको नवीन अध्याय सुरुवात हुन्छ भने, सुन्दर आयोजना रोजको आह्वान हुन्छ भने, नयाँ विश्वास सर्वत्र छाउँछ भने त्यो हो नयाँ वर्ष । प्रकृतिदेवीको रङ्गमञ्चका कठपुतलीहरूको राम्रो धेरै राम्रो जिन्दगीको मञ्चन हुन्छ भने त्यो हो नयाँ वर्ष । नयाँ प्रभात लिएर, नयाँ सोपान लिएर दृश्यपान गर्ने रहर जो जाग्छ भने त्यो समय हो नयाँ वर्ष । पुरातन संकुचित अध्याय टुङ्ग्याउनी भएर उमङ्गको नयाँ अध्याय ...

यी ४ मिले के हुन्छ ?

Image
709 You, Tika Kharel Subedi, Katak Prince Shah and 706 others 19 shares Comments Jyoti Narayan Dhakal   असम्भव कुरो , Unlike  ·  Reply  ·  3  ·  Yesterday at 12:00am Ran B. Budha Magar   3 ok xa Unlike  ·  Reply  ·  2  ·  Yesterday at 12:02am Sangram Kirati Rai   party bigranxa auta kuheako aalu laa sabai lai kuhauxa. Unlike  ·  Reply  ·  1  ·  Yesterday at 12:03am Bhupen Basnet   baburam impossival Unlike  ·  Reply  ·  2  ·  Yesterday at 12:03am सन्तोष शिशिर बराइली   संसारकै सबैभन्दा शक्तिशाली माओ पार्टी हुन्छ ताकी मुलुकको समृद्धि यति चाडो हुन्छ कि सारा नेपाल र नेपालिले चाहेको बिकाश शान्ति सुसासन प्राप्त भइ समृद्ध नया नेपाल बन्दछ। Unlike  ·  Reply  ·  7  ·  Yesterday at 12:03am ...