Posts

Showing posts from 2022

 कथा ः मत परिणाम

 कथा ः मत परिणाम यहाँ म तपाईं पाठकहरूलाई एउटा क्षेत्रबाट एउटा मतपत्रमा दुई जना उम्मेदवार चुन्ने प्रावधानको एक विकसित मुलुकको स्थानको मतगणना स्थलको दृश्य देखाउन गइरहेको छु । यो चुनावमा एकापट्टि एउटा समूहमा पर्येवेक्षकका रूपमा मानवअधिकार संस्था, पत्रकारका तथाकथित त्यस्तै पर्यवेक्षकहरू, विदेशी मतगणना विज्ञ प्रतिनिधिहरू अनि तथ्याङ्कका कार्यगर्ने पर्यवेक्षक अनेकौँ संस्थाका सदस्यहरू निगरानीका लागि आएर पर्यवेक्षण गरिरहेका थिए । यो मतदान क्षेत्रबाट लगभग २७जना उठेका थिए । अर्कापट्टि अर्को समूहमा भने यही चुनावका उम्मेदवारहरू मतगणना निरीक्षण गरिरहेका थिए । बीचको स्थानमा मतगणनाका लागि बाकस खोलेर मतपत्रहरू छरपष्ट खन्याइएको थियो । गणकहरूले मतपत्र सबैतर्फ देखाउँदै मात लागेसरि कराउँदै सबै तथ्याङ्क सङ्कलनकर्ताहरूलाई टिपाइरहेका थिए । सरकारी गणकहरूले एक बाकस के गणना सकाएको थियो यस्तोमा मिस्टर एक्स पार्टी चोर औँला ठड्याउँदै एकाएक जङ्गियो, “यो सरासर धाँधली हो । यहाँ त्यत्रा उम्मेदवारहरू उठेको भए पनि मिस्टर एफ पार्टीको रुमाल चिन्हमा मात्रै एक छापे मत आइरहेछ कि यो पाली पनि पहिलेजस्तै २ उम्मेदवारको ठाउँमा...

कुर्सी बचाऊ अभियान

 कुर्सी बचाऊ अभियान हाम्रो देशमा चुनावको चहलपहल व्याप्त छ , कसैलाई एक पल पनि फुर्सद छैन, चुनावमा खर्चको खोला बगाएको बगायै छ । सबैजना पार्टीका लागि दगुरादगुर गरिरहेका जताततै देखिन्छन् । कोरोनाको महामारीको कालमा, २०७२को भूकम्पमा सर्वसाधारण जनताले पराकाष्ठासम्मको कहर खपे । ऋणमा चुर्लुम्म डुबे । अहिलेसम्म त्यो ऋणबाट छुटकारा पाउन सकेका छैनन् । चुनाव प्रचार प्रसारमा आउने यी नेताहरुलाई उसको हेक्का नभएको देखिन्छ । वर्षेनी देश बाढी पहिरोको चपेटाले डुबानमा हुन्छ । थुप्रै नेपालीको घरवार विहीन भएर अकालमा ज्यान जान्छ । यस बारे कसैले पनि अहिलेसम्म नीति नियमसम्म ल्याउन सकिरहेको छैन । सडक, पुल बनाउने आयोजनाहरु अलिअलि बनाएजस्तो गरेर अधुरो छोडेर अझै पुरा गरिरहेका छैनन् । त्यसैलाई नेताहरुले मागीखाने भाँडो बनाइरहेका छन् । कृषिले देश सम्मुन्नत हुने कुरा गर्छन् सबैजना । लकडाउनमा कृषिमा ध्यान नदिएकाले दुःख पायौँ भनी सबैजना फलाक्छन् तर कृषि पेशालाई हेला गर्छन् । सबैजना कृषि बाहेकका अरु अरु काम गर्छन् । सबैजनाले उत्पादनमूलक काम नगरी व्यापार र जागिरमात्र गरेर पनि देश समुन्नत हुँदैन । यसका लागि जग्गा जमिन बा...
Image
    गंगालाल श्रेष्ठले जहानियाँ राणा शासनले आफुलाई मृत्युदण्ड दिनु अघि आफ्नो बुबालाई यसरी चिठी लेखेका थिए | यो चिठी पढ्दा र चिठीको भाव बुझ्दा रगत नउम्लने मान्छे सायद कमै होला | गंगालाल श्रेष्ठको राष्ट्रप्रतिको माया र जनता प्रतिको सद्भावलाई उच्च सम्मान गर्दै उहाँले लेखेको चिठीको तपाईहरुलाई पस्कदै छु | अब मेरो माया मारिदिनुहोस बा, तपाइको आज्ञापालन गरेर शान्तिसित बसुला भनेर लागेको थियो, सक्तै सकिन, म सक्तिन | आज रातभर निन्द्रा परेन | बिर्सेपनि कुनै पाठमा घोकिरहेछु, सम्झनुपर्ने पाठ चाहि म बिर्सन आँटेछु | आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अगणित भाइहरुका पहेला मुखसित डराएर आँखा चिम्लिन आँटेछु | अन्तस्करणबाट आगो रुमलिएर आयो, के के असह्य भयो, अब म सहन असमर्थ छु, जताततै कोलाहलको ज्वाला देख्छु | आफै सल्कन लागेको छु, मलाई यो निभाएर मर्न दिनुहोस | तपाई मेरो पिता हुनुहुन्छ तर, हामी सबैजनाको जन्मभूमि माता प्रतिको हाम्रो कर्तव्यमा तपाइको आज्ञाले चुपचाप राष्र्ोको पाप बोक्न सक्तिन | अब मेरो माया मारिदिनुहोस, मेरा अरु भाइहरु पनि छदैछन्, एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिन...

कथा ः विषम

 कथा ः विषम कथाकार —बिजु सुवेदी विजय “साँच्चिकै यता मिलाए उता नमिल्ने ! उता मिलाए यता नमिल्ने ! नाम जस्तै विषम परिस्थिति । खजमज बादलले जीवनको सुरङ्गीन उडानमा पखेटा काटेजस्तो !  कस्तो कस्तो ! जोल्टिनै जोल्टिनजस्तो जिन्दगीका यात्राका गोरेटाहरू ! यता टाले उत भ्वाङ पर्ने अनि उता टाले यता ! मेहनत परिश्रमले श्रम गरी जीवन यापन गरुँ भन्दा हरेकलाई यस्तै सङ्घर्षको सामना गनु पर्दोरहेछ । आकाश पनि गजधम्म बादल फाटेर शीत्तलता पनि प्रदान गर्न नसकेको एकदम विष्मय एवम् सकसमय अवस्थामा ! साँच्चै यो मौसम कस्तो अपूरो, अधुरो ! विरक्तिएर बदली नै हुन सकेन, न नै मेरो जिन्दगीमा कुनै परिवर्तनरूपी बदलाव आयो ।” यस्तै बिचारका तरङ्गहरू आउँदै थियो विषम सरको मनमस्तिष्कमा । एका बिहानै यसरी मनोवैज्ञानिकरूपमा सकसमय वातावरण अनि परिस्थितिलाई झेल्दै, डट्दै स्कूलतर्फ जाँदै गर्दा विषम सरसँगै ड्युटीमा जाने साथी सुमित सरलाई एकदमै नैराश्यताका साथ सोधे “किन हामी सभ्य, शालीन बनिरहुँ भन्दा बाधा अड्चन आइपर्छन् ? किन आजका मानिसहरू यस्तरी स्खलित भएका ? किन मैमाथि दुव्र्यवहारको दुस्चक्र ?” सुमित सरले भनिहाले, “कुरो यस्तो नि ! कि...

सन्दर्भ दिपावली बारे जान्नुपर्ने कुराहरू

दिपावलीको ज्योतिषीय आधार जसरी तिहारको शुरुवातदेखि घरको फोहोर सफा गरी बाहिर निकालिन्छ ठीक त्यसै प्रकार यस पटकको तिहारमा पनि हामी यो प्रयास गरौं कि हाम्रो मन मस्तिष्कमा जति अशुद्धपन तथा दुर्गन्ध भएको हुन्छ त्यसलाई पनि त्यागौं । जस्तो कसैकोप्रति शत्रुताको भावना क्रोध, नराम्रो बिचार, नराम्रो व्यसन, पुरानो मनमुताव आदि । बास्तुशास्त्रको शब्दावलीमा ईशान कोणलाई वास्तु पुरुषको मस्तकको समान मानिन्छ । बास्तवमा सर्वाधिक वलि ईशान कोण – (उत्तर–पूर्व) अर्थात् वास्तुपुरुषको शीरमा खराबी भरिएको हुन्छ भने त वास्तुको लाभ कहाँबाट प्राप्त हुन्छ ? यस प्रकार यदि व्यक्तिको मन–मस्तिष्कमा खराब व्यसन एवम् कुनैपनि प्रकारको खराबी छ भने उसले कसरी उन्नति गर्न सक्छ ? अतः सबै सामाजिक खराबी एवम् व्यसनहरूलाई त्यागेर एउटा सफा–सुग्घर तिहार मनाऔं र परिवारसहित उज्वल भविष्यको कामना गरौं । यदि एउटै घरमा विभिन्न तल्लामा परिवारहरू बस्नुहुन्छ भने त भवनको आन्तरिक उर्जालाई जीवन्त र कल्याणकारी बनाइराख्नका लागि यो पनि अनिवार्य छ कि सबैले आफ्नो मनको विकारलाई यसै प्रकार मुक्त राखौं । आपसी सद्भाव बनाऔं । वैरभाव समाप्त गरौं । वातावरणलाई ...

चारवटा कृति

  कवि तथा गायक राजेशमान के.सी. ले लेख्नु भएका विभिन्न विधाका चारवटा कृतिहरू भाद्र ६ गते एक विशेष समारोहका विच सार्वजनिकरण गरिएको खबर छ । समारोहका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा० जगत प्रसाद उपाध्यायले विमोचन गर्नु भएको उक्त कृतिहरूमा “दृष्टिकोण” नामक लेख–निबन्ध सङ्ग्रह, “उत्प्रेरणा” नामक विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय वैज्ञानिक व्यक्तित्वहरूको जीवनी र योगदान सम्बन्धी लेख–रचनाहरूको सङ्ग्रह एवं “सृष्टि” र “जिन्दगीको यात्रा” नामक दुईवटा कविता सङ्ग्रह रहेका छन् । उक्त कृतिहरूको विमोचनपछि आफ्नो मन्तव्य व्यक्त गर्नु हुँदै प्रमुख अतिथि डा० उपाध्यायले कृतिकार राजेशमान के.सी.ले लेख्नु भएका विभिन्न चारवटा कृतिहरू अत्यन्त जीवनोपयोगी एवं समय सान्दर्भिक रहेको र त्यसमा पनि उहाँ गद्य लेखनतर्फ बढी सफल देखिनु भएको हुँदा यसै अनुरुप आफ्नो लेखन कार्यलाई निरन्तरता दिन उपयुक्त हुने सुझावदिनु भयो ।उहाँ विज्ञान प्रविधि कार्यक्रमका सञ्चालक, उद्घाेषक भइ अवकास प्राप्त हुनुहुन्छ ।

दशैंको आशीर्वाद

  दशैंको आशीर्वाद Biju Subedi "Bijay" दशैंको आशीर्वाद पश्चिमी संस्कृतिभन्दा हाम्रो संस्कृति धेरै उत्कृष्ट छ । यसको उत्कृष्ट नमूनाका रूपमा हामीले दशैंमा दिने टीकाको आशीर्वाद पनि एक हो । यो आशीर्वाद निम्न प्रकारको छ । आयु द्रोणसुते, श्रीयं दशरथे शत्रुक्षयं राघवे, ऐर्श्वर्यं नहुषे गतिश्च पवने, मानं च दुर्योधने सौर्यं सान्तनवे, वलं हलधरे सत्यंच कुन्तीसुते, विज्ञानं विदुरे भवन्तु भवतां,  कीर्तिश्च नारायणे ।।   आयु द्रोणसुते द्रोणाचार्यको छोराको जस्तो आयु  (द्रोणचार्यको छोरा अश्वत्थामा जो अष्ट चिरञ्जिवी मध्ये  अश्वत्थामा, वली, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय मध्ये एक हुन् । उनको जस्तो कहिल्यै मर्नुनपर्ने चिरञ्जिवी शरीर होस् भन्ने यसको अर्थ लाग्दछ ।) श्रीयं दशरथे दशरथ राजाको जस्तो सम्पत्ति  (ऋषिहरूले कवुलमा पारेर अथाह सम्पत्ति माग गर्दा होस् वा ठूलो यज्ञ गर्दा सम्पत्तिको आवश्यकता पर्दा होस् वा इत्यादि अन्य कुनै बखत अथाह सम्पत्ति...

कथा विज्ञान ः सुपर ग्यालेक्सीतर्फको यात्रा

 कथा विज्ञान कथा ः सुपर ग्यालेक्सीतर्फको यात्रा बिजु सुवेदी विजय महान वैज्ञानीक राकेश आज धेरै वर्षपछि यान उडाउँदै थिए तर यति पोख्तताका साथ कि त्यो भरखरैको नयाँ यानजस्तो । यान सुपर गतिमै भएर के भोे र त्यो त एकदमै उत्सुकतापुर्ण, एकदमै आल्हादित, एकदमै मजाको यात्राको अनुभव उनीहरूले गरिरहेका थिए । त्यस्तो यात्रा गरिरहेका चारजना मध्ये विजु विजयले यानका चालक राकेशसँग सोधीहाले कि “कसरी यति धेरै समयपछि यति सहजतासँग यो यान चलाउन सम्भव भयो ?” कत्ति पनि वेर नगरिकन राकेशले भने कि “पहिले यो यानलाई चलाउन अगाडि यान नउडाइकनै यसका पार्टपुर्जाहरू सबै स्टार्ट गरी घुमायौँ । जब यसरी धेरैबेर घुमाएँ सबै पार्टपुर्जाहरू फ्रेस भए । पहिलेकै नयाँ अवस्थामै आए । जस्तो हामी धेरै समय घरमा बसिसकेपछि वार्मअपविना बाहिर हिँड्यौँ भने हामीमा सुस्तीपना अनि थकावतपना आउँछ । यो यानमा पनि यही नियम लागू हुन्छ । इञ्जिनहरू जाम हुँदैन । यसरी आज यो यान धेरै वर्षपछि पनि नयाँ यानसरि उडानको महक अनि चहकमा छ । यो हामी पुरै व्रह्माण्डीय प्राकृतिक छटामा यसरी शून्यदेखि अनन्तसम्मको जत्तिकै लाग्ने यायावरी यात्राको सयर गर्नुको जति मजा अरू क...

छातिमा भाला भो

  गीति कविता :– छातिमा भाला भो बिजु सुवेदी “विजय”   यो दिललाई भएन सञ्चो विषको प्याला भो ! भो राम्रो काम गर्छु नि भन्दा छातिमा भाला भो !!   पैसाले सब पाइन्छ यहाँ यो त हो सहर, पाइन्न दिल म भएँ एक्लो हरेक प्रहर । झूठको मुठ्ठी ठुलो छ हरे बहकी रहेछु , नौटङ्की घेरा चक्रमा परी फन्दामा परेछु ।   जता नि हेरेँ लुटाहा, डाँका, चोरी र चकारी, एउटै चिज विभिन्न भाउ कस्तो यो भिखारी । ब्यापार रे यो ठगीको धन्दा गरेको गर्यै छ , विद्वान मान्छे कौडीको भाउ बिकेको बिक्यै छ ।   लय :– ३+२ बिश्राम ३+२ विश्राम ३+३ विश्राम जम्मा १६ मात्रा असारे लय   २०७३ भदौ ११ शनिवार बिजु सुवेदी “विजय” कुलेश्वर, काठमाण्डौं bijusubedi@gmail.com

उत्कृष्ट कथा–प्रतियोगिता२०७९’एक लाख पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

 उत्कृष्ट कथा–प्रतियोगिता२०७९’एक लाख पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । काठमाडौं । बाह्रखरी कथा लेखन प्रतियोगिताको चौथो संस्करण घोषणा गरिएको छ । बाह्रखरी मिडिया प्रालिअन्तर्गतको १२खरी बुक्सले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चौथो डिशहोम बाह्रखरी कथा प्रतियोगिताको चौथो संस्करणका लागि कथा आह्वान गरेको हो । प्रतियोगितामा संसारभरका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरिएको छ । १२खरी बुक्सले विगत चार वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा प्राप्त हुने कथाहरूमध्येबाट बाह्रखरीको आन्तरिक निर्णायकमण्डलले ५० कथा छनोट गरी निर्णायकमण्डललाई उपलब्ध गराउनेछ । तीमध्येबाट निर्णायकले ‘उत्कृष्ट कथा–२०७९’ पुस्तकका लागि २५ कथा छान्नेछन् । त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिसहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । यो वर्ष साहित्यकार तथा समालोचक प्रा. डा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शा...

जनार्दन शर्मा बिर्दोष साबित :- संसदीय छानबिन समिति प्रतिवेदनको पूर्ण पाठ

  १७ दिनको अध्ययनले जनार्दन शर्मा बिर्दोष साबित भएका हुन । संसदीय छानबिन समिति प्रतिवेदनको पूर्ण पाठ Samiti-pratibedan-2079_compressed_compressed (1)-compressed-compressed (1) चुनावको मिति तोक्ने तयारीमा सरकार

त्यो घण्टाकर्ण यो घण्टाकर्ण

त्यो घण्टाकर्ण यो घण्टाकर्ण सद्गुरु बाबाजी शुद्ध शाकाहार हुन् र उनी बोटविरुवालाई पनि जनावरहरु जत्तिकै माया गर्थे । हरेक शुक्रवार उनी नीराहार बस्थे अनि त्यो बेला उनी थोरै पानी मात्रै पिउँथे । यसरी भोकै व्रत वस्दा उनले बाहिरि चराचरसँग संवाद पनि गर्थे । अरु बेलाभन्दा महाआनन्दित हुन्थे । यो लोककाले उनलाई बुझ्नै सक्दैनथे बरु ती भट्किएकाहरुले उनको आश्रममा उनको योग विस्मृत पार्न फोहोरी राजनीति गर्न आउँथे । बोटविरुवासँग अनि जनावर, चराचुरुङ्गीसँग अन्तरङ्ग कुरा गर्न उनी खप्पिस थिए । उनले अन्य व्यक्तिहरुलाई पनि यो व्रतको महिमा बताउन चाहन्थे, उनले आफ्ना प्रचूर आध्यात्मिक शक्ति समाज भलाइका लागि उद्घादित गरिहन्थे तर उनीहरुले बुझ्ने प्रयाससम्म पनि गर्दैनथे । यसका लागि उनले आफु एक कदम पछि हटेरै भए पनि बहुआयामिक रूपमा सुझाउने प्रण गरे । बाबाजीले सुजातालाई सम्झाए कि तिमीले यी दुई विजय र किशोरको हिसाब चेक गर्न आइरहन्छ्यौ । तिमी यसलाई आन्तिरिक लेखापरीक्षण भन्थ्यौ । म यहाँ बसेदेखि यी दुईका कृयाकलाप मेरा मानसपटलमा कैद छन् । अब भन्ने बेला आएको छ कि । बाबा परापुर्वकालका एउटा कुरा गर्थे भने सुजाता दिमागले अर्ज...

बच्चा जन्माउनभन्दा गाह्रो छ

 बच्चा जन्माउनभन्दा गाह्रो छ आफू लेखक भएका कारणले एउटा कुरा फाइदा भयो त्यो के भने लकडाउन अवधिको कुनै सानो समय पनि खेर गएन । लकडाउनमय समयको सदुपयोग गर्दै पुस्तक “शान्ति सम्झौता” तयार गर्न पाएँ । सम्पादन, ह्रस्वदीर्घ, व्याकरणको काम सकाएर २०७८असोज २२मा रत्नपुस्तक भण्डारमा पाण्डु्लिपि बुझाएर आउँदा खुसीको सीमा रहेन । पुस्तकमा ६४वटा कथाहरू हुनेछन् भने कलेजमा पढ्ने नेपाली विषय लिएर पढ्नेहरूका लागि १२० पृष्ठ जतिको कथाको सम्पुर्ण परिभाषा देखि लिएर कथाका सम्पुर्ण उपकरणहरूको कदेखि ज्ञसम्मका सम्पुर्ण वृत्तान्त पनि यसमा सामेल हुनेछन् । पुस्तक कम्तीमा पनि ८००पृष्ठ जतिको हुनेछ । अब प्रकाशनको क्युमा छ यो पुस्तक । यी कुराहरू पाठकहरूसमक्ष बाँड्न आतूर भएको छु । यो बेला प्रकाशकले प्रकाशनका लागि २ महिना समय लाग्ने बताए । २०७८ असोज २६ यसरी मैले फेरि  “शान्ति सम्झौता” पुस्तकका सन्दर्भमा सामाजिक सञ्जालमा स्टाटस राखेँ । (दुई महिनापछिको समय) जम्मा १ लाख ६३हजार ३० शब्दरुको फाइनलरूपको पुस्तकको डिजिटल कपी आज रत्न पुस्तक भण्डारका सम्पादकज्यु माधवदाइसँगै गएर डिजाइनरकहाँ आफ्नो पेनड्राइभ्बाट उहाँको कम्प्युटरम...

“म”

 “म” “म” भन्ने पनि अचम्म हुँदो रहेछ । मैले “म” को खोजी गर्नुपर्छ भन्ने आध्यात्मिक गुरुको उपदेश बाँड्दा हामीले खोजी गर्ने हो “म” को, तिमीलेचाहिँ बिर्सेर पनि “म” को खोजी नगर्नू भन्ने धम्की पाएँ । “म” पनि यस्तो रहेछु मायोपियाको चश्मा लगाइराख्दा पनि कत्तिलाई टाउको दुखाइ हुँदो रहेछ कि तेरो यसले परिचय खुल्छ त्यसैले तैँले इण्डियामा गएर अप्रेशन गर् भन्ने धम्की पाएँ । मुख धोएर लेन्स लाए लेन्स लाएर मुख धुनुपर्ने रे अनि लेन्स लाएर मुख धोए, मुख धोएर लेन्स लाउनुपर्ने रे । “म” को परिचय त्यस्तो रहेछ आँखाको लेन्स नै मेरो परिचय रहेछ ओहो ! त्यो कसरी बदल्ने ? एउटाले म थाहा पाएर मेरो नाम प्रभात भूजेल भने । उफ् ! उसले हुनुसम्मनको यातना बेहोनुपर्ने रे, बल्ल उसलाई “म” को परिचय नदिने बाचा गर्न बाध्य पारियो । अनि मात्रै धर पाउने भयो । प्रतिगामीलाई प्रतिगमण गर्न “म” बाधा भएँ रे, अनि अग्रगमणकारीहरुलाई पनि “म” बाधा भएँ रे कसैलाई मैले गर्दा देश पछि धकेलियो रे भने कसैलाई तैँले देश धेरै अगाडि लान खोजेर विद्रूपिकरण गर्यौ रे । बूढा, बच्चा अनि तन्नेरीगधा सँगै कस्तै किसिमले जनताका अगाडि लग्दा पनि सबैलाई “म” नै बाधा ...