त्यो घण्टाकर्ण यो घण्टाकर्ण
त्यो घण्टाकर्ण यो घण्टाकर्ण
सद्गुरु बाबाजी शुद्ध शाकाहार हुन् र उनी बोटविरुवालाई पनि जनावरहरु जत्तिकै माया गर्थे । हरेक शुक्रवार उनी नीराहार बस्थे अनि त्यो बेला उनी थोरै पानी मात्रै पिउँथे । यसरी भोकै व्रत वस्दा उनले बाहिरि चराचरसँग संवाद पनि गर्थे । अरु बेलाभन्दा महाआनन्दित हुन्थे । यो लोककाले उनलाई बुझ्नै सक्दैनथे बरु ती भट्किएकाहरुले उनको आश्रममा उनको योग विस्मृत पार्न फोहोरी राजनीति गर्न आउँथे । बोटविरुवासँग अनि जनावर, चराचुरुङ्गीसँग अन्तरङ्ग कुरा गर्न उनी खप्पिस थिए । उनले अन्य व्यक्तिहरुलाई पनि यो व्रतको महिमा बताउन चाहन्थे, उनले आफ्ना प्रचूर आध्यात्मिक शक्ति समाज भलाइका लागि उद्घादित गरिहन्थे तर उनीहरुले बुझ्ने प्रयाससम्म पनि गर्दैनथे । यसका लागि उनले आफु एक कदम पछि हटेरै भए पनि बहुआयामिक रूपमा सुझाउने प्रण गरे ।
बाबाजीले सुजातालाई सम्झाए कि तिमीले यी दुई विजय र किशोरको हिसाब चेक गर्न आइरहन्छ्यौ । तिमी यसलाई आन्तिरिक लेखापरीक्षण भन्थ्यौ ।
म यहाँ बसेदेखि यी दुईका कृयाकलाप मेरा मानसपटलमा कैद छन् । अब भन्ने बेला आएको छ कि । बाबा परापुर्वकालका एउटा कुरा गर्थे भने सुजाता दिमागले अर्जुनले सुगाको आँखामात्र देखे जसरी विजय र किशोरका कृयाकलापहरु मन्थन गरिरहन्थिन् ।
अब सुन्दै जाऊ है बालिके । ध्यानमग्न बन ।
धेरै पहिले प्राचीन कालमा यो अमरावती कान्तिपुरी नगरीमा जब नेवारहरुको बस्ती बस्न थाल्यो । जित र वयस्क दुई अति मिल्ने साथी थिए । उनीहरु साह्रै मिल्थे । बच्चैबेलादेखिका अमीत साथीहरु थिए उनीहरु । एकअर्काका सम्पुर्ण भावनाहरु साटासाट गरेर सधैँ उनीहरु मग्न भइरहन्थे ।
सुजाताले विजय र किशोरका वालककालका अमीत मित्रता दिमागमा केस्रकेस्रा पल्टाउँदै गइन् । कति घनिष्ठ थिए उनीहरु ! उनी यसैमा घोट्लिरहिन् ।
बाबाले फेरि जित र वयस्कका कुरा भन्दै गए । बालिके ! ती दुईलाई पैसाको समस्याले खुबै पिरोल्यो । परिवार पैसाकै लागि ती दुईसँग अलग्गिए । काम खोज्दै जाँदा लाश जलाउने काम पाए , त्यो पनि बल्ल्तल्ल, धेरै कोशिस गरेपछि मात्र ।
सुजाताले मन्थन गरिन् हो नि विजय र किशोरलाई पनि यस्तै त परेको थियो । काम नपाएर उनीहरु कहाँमात्र भट्किएनन् । बल्ल उनीहरुले यो अफिसमा हिसाब गर्ने काम पाए । किशोरले क्याशियरको काम पाए भने विजयले उसैको आन्तरिक लेखापरीक्षण गर्ने काम पाए अनि मैले यी दुईलाई अर्को तहबाट आन्तिरिक परीक्षण गर्ने काम पाएँ ।
धेरै समय विते । सुजाता फेरि बाबालाई भेट्न आइन् । आफ्नो पूरा नभएको कथा पूरा गर्न बाबासँग जित र वयस्कको कथा सम्पुर्ण सुनाउन आग्रह गरिन् ।
बाबाले फेरि कथा सुरु गरे । बालिके ! उनीहरु लाश जलाउनमा यति अभ्यस्त भइसकेका थिए कि लाश जलाइरहेका ठाउँमै उनीहरु दिउँसोको खाजा चिउरा र तरकारी खान्थे । ती दुईले लाश जलाइरहेका बेला लाशको टाउको पड्किए।र गिदी वयस्कको चिउरामा प¥यो । जितले नखाऊ ! भन्यो तर उसले मानेन । अति मीठो रहेछ भन्दैभन्दै यसरी वयस्कले खाँदै खाँदै जाँदा चिउरा खान छोड्यो । सिङ्गै लाश खान थाल्यो । मान्छेको मासु खान पाएपछि अघोरी बाबाले त अरु हेर्दैनन् जनावर बन्छन् भने यो वयस्क त राक्षश बनिसकेको थियो । उसले जितलाई धेरै पर छोडिदियो । जित उसको बाटोतिर लागेन त्यसैले त ऊ वयस्कबाट धेरै टाढा भयो ।
सुजाताले मन्थन गरिन् । उनीहरु सँगै काम गरेका बेला विजयले खुब सम्झाउन खोजेको थियो तर किशोरले भ्रष्टाचार गर्न छोडेन । उसले सामदामदण्डभेद अपनाई विजयलाई समाजका नजरमा धेरै पछि पार्यो । उसले खुवाउने ठाउँमा खुवाएर पैसा बटुल्न थाल्यो । ऊ पैसा देखेपछि त्रिनेत्र खुलाउने भइसकेको थियो । पैसाको हवसले उसमा विवेक हराइसकेको थियो । विजय त्यो अफिस छोडी अन्तै गइसकेको थियो । जाँदा किशोरले विजयलाई भनेको थियो “तिमी जुन समय आउँछौ म तिम्रा लागि सत्य बोल्छु र तिमीलाई गरिबीबाट छुटकारा दिलाउँछु ।”
बाबाले फेरि कथा सुरु गरिरहेका थिए । वयस्क घण्टाकर्ण बनिसकेको थियो । टोलका राम्राराम्राहरु छानीछानी उसले खान थालिसकेको थियो । मान्छे नै उसको आहारा थियो । घरबाट निस्केका मान्छे रातसम्म फर्किएनन् भने खोज्न जाँदैनथे, धन्न आफु भए पनि बाँचियो भनी उसलाई माया मारिदिन्थे, भुलेर पनि ढोका खोल्न जाँदैनथे । तैपनि घण्टाकर्णलाई उसको जितको उपस्थिति अनि अन्तरङ्गको अत्यन्तै कमी महसुस भइरहन्थ्यो । टोलकाहरुले आफ्नो दैलो (पिछालाखु)मा खाना भोजपत्रमा(बो) सधैँ राखिदिन्थे । यतिले पनि नपुगेर ऊ मान्छे नै खान आइरहन्थ्यो । वयस्कले यस्तो समाजमा महाअत्याचारदुराचार गरेकाले । टुँडिखेलमा बोराका बोरा मांशाहारी, अभक्ष, तामसिक खानाहरु ठुलो भाँडामा तयार पारेर खु्वाउने चलन सुरु गरे । यसले समाजमा आतङ्क छाउन पाएन तर जनताहरु गरिब हुँदै गए । उसलाई मात्र जोहो गरेर जनता भोकै बसी ज्यानमात्र बचाउन पाउने भयो । ऊ भने भयानक भइसकेको थियो ।
यही बेलैमा सुजाताले मन्थन गरिन् कि त्यो भ्रष्टाचारी किशोर पनि त कति हलक्कै अटसमटससँग मोटाइसकेको थियो नि । उसको सँगैको मिल्ने साथी विजय कति मायालाग्दो भई ख्याउटे भएको थियो तैपनि इमानदार ! किशोरले कति खान सकेको होला ! पेटै कत्रो भुँडे भइसकेको थियो । राँगोजस्तो भइसक्यो । क्रूरमा त्योभन्दा क्रूर अरुकोही थिएन । किशोरले बडिगार्डहरु राखेर, ब्युरोक्रासीलाई हातमा लिएर देशकै सम्पत्ति स्वीस बैङ्कमा राख्न थालिसकेको थियो ।
बाबाले कथा सुरु गरे । जनता आजित भएर जितको शरणमा गए । जसरी भए पनि हामीलाई जित दिलाइदिनुप¥यो । हामी लुटियौँ । बरबाद भयौँ ।
यतिबेला सुजाता पनि देशलाई बचाउन ठूलो लेखापरीक्षक भइसकेकी थिइन् । उनले पनि विजयको शरणमा जाने निधो गरिन् ।
बाबाले फेरि कथा सुरु गरे । उक्त घण्टाकर्णको मिल्ने साथी जित त्यहाँ पुग्यो । घण्टाकर्णले भन्यो कि बल्ल मेरो मनलाई महाआनन्दित भयो । तिमी त मेरो हत्केलामै अट्ने भइसका रहेछौ ।
के आज्ञा छ जितजी ?
तिमीलाई मैले यो गलैँचामा राखेर तानेर, यो नगरमा जनतासँगै मिलेर खुसीयाली मनाउन चाहन्छु । जनता यसकै प्रतीक्षामा छन् । बस् तिमीले आँखा चिम्लेर हाँसीदिए पुग्छ । अनि हामी खुसीयालीको मन्त्र पढ्दै, नाच्दै यो गलैँचे रथयात्रा गर्छौ । सबै जनताले घण्टाकर्णलाई डराईडराई पूजा गरे । गलैँचामा बसाएको घण्टाकर्णलाई हजारौँ जनताले रथयात्रा गर्दै लगे । विजयले भने “मेरो मित्रताको लाज राख्न आँखा चिम्म गरि हाँसी दिए मात्र पुग्छ ।” भन्दै लगे । जनताले ठूलो खोलामा बगाउन साउन महिनानै रोजेका थिए । जब ठूलो खोलामा पुगे सबै मिलेर कति पनि माया नगरी वयस्क नामधारी उन्मादी घण्टाकर्णलाई त्यही बाढीको खोलामा एकैसाथ धकेलेर बहाइदिए । बल्ल पापीको अन्त्य भयो । जनता खुसीले रमाए । जनतामा हवसको आतङ्क हट्यो । वर्षौ वर्ष यही दिनको सम्झनामा यसरी नै घण्टाकर्ण बहाएर अद्यापि महोत्सव मनाइरहे ।
यता सुजाताले गोप्य रुपमा भिडियो रेकर्ड गरिरहिन् विजयको सहारामा । किशोरलाई कसरी यति विघ्न अपार भन कमाएको सोधी कुरा बेलिविस्तार लगाउन लगायो । आफ्ना अमीत वालापनका साथीसँग ऊ कुरा गर्न लालायित भइसकेको थियो । उसले स्वीसबैङ्कमा ब्युरोक्रासीको साँठगाँठमा देश डुबाएको सत्यतथ्य बयान दिएर विजयलाई महल बनाउने प्रस्ताव गरिहेका बेला सुजाताका साथ इन्स्पेक्टर किशोरलाई हथकडी लगाउन आइपुगे । बल्ल देशले निकास पायो । जनताले यही दिनको सम्झनामा देश ऋणमुक्त भएको महामहोत्सव अद्यापि मनाइरहे ।
२०७९ साउन ८
बिजु सुवेदी विजय
Comments
Post a Comment