बच्चा जन्माउनभन्दा गाह्रो छ
बच्चा जन्माउनभन्दा गाह्रो छ
आफू लेखक भएका कारणले एउटा कुरा फाइदा भयो त्यो के भने लकडाउन अवधिको कुनै सानो समय पनि खेर गएन । लकडाउनमय समयको सदुपयोग गर्दै पुस्तक “शान्ति सम्झौता” तयार गर्न पाएँ । सम्पादन, ह्रस्वदीर्घ, व्याकरणको काम सकाएर २०७८असोज २२मा रत्नपुस्तक भण्डारमा पाण्डु्लिपि बुझाएर आउँदा खुसीको सीमा रहेन । पुस्तकमा ६४वटा कथाहरू हुनेछन् भने कलेजमा पढ्ने नेपाली विषय लिएर पढ्नेहरूका लागि १२० पृष्ठ जतिको कथाको सम्पुर्ण परिभाषा देखि लिएर कथाका सम्पुर्ण उपकरणहरूको कदेखि ज्ञसम्मका सम्पुर्ण वृत्तान्त पनि यसमा सामेल हुनेछन् । पुस्तक कम्तीमा पनि ८००पृष्ठ जतिको हुनेछ । अब प्रकाशनको क्युमा छ यो पुस्तक । यी कुराहरू पाठकहरूसमक्ष बाँड्न आतूर भएको छु । यो बेला प्रकाशकले प्रकाशनका लागि २ महिना समय लाग्ने बताए ।
२०७८ असोज २६
यसरी मैले फेरि “शान्ति सम्झौता” पुस्तकका सन्दर्भमा सामाजिक सञ्जालमा स्टाटस राखेँ ।
(दुई महिनापछिको समय)
जम्मा १ लाख ६३हजार ३० शब्दरुको फाइनलरूपको पुस्तकको डिजिटल कपी आज रत्न पुस्तक भण्डारका सम्पादकज्यु माधवदाइसँगै गएर डिजाइनरकहाँ आफ्नो पेनड्राइभ्बाट उहाँको कम्प्युटरमा पेस्ट गरी आउँदा खुसीको सीमा नरहेको कुरा पाठकसँग साट्न आतूर भएको छु । त्यहाँ जाँदा एक पाठक मेरा सङुकलित कथा पढ्ने शुभचिन्तकले “तपाईं आफु लेखक साहित्यकार हरफनमौला भएको” बताउँदा आफु पनि “मास्टर्स अफ अल” भएको आभाष पाएँ । यसबेला सम्पादक महोदयले २ महिना समय पर्खन आग्रह गरे ।
२०७८ मङ्सिर २६
यसरी मैले “शान्ति सम्झौता” पुस्तकका सन्दर्भमा सामाजिक सञ्जालमा स्टाटस राख्ने क्रम जारीराखेँ ।
(फेरि दुई महिनापछिको स्टाटस)
“सामान्य लेख्नेहरू पैसाको शक्तिमा छिटो छपाउँछन् र वाहवाही कमाउँछन् अनि नाम कमाउन पाएको मानी पुलकीत हुन्छन् भलै पाठक यथेष्ट नभएता पनि । अझ त्योभन्दा बढी पुरस्कार पाउन पनि त्यही शक्तिका अस्त्रको खोलोले वाहवाही बटुल्छन् तर पाठकलाई पठनको अनुभूति पटक्कै हुँदैन । यो कटू यथार्थ हो न कि मेरो कुनै पुर्वाग्रह ! अनि पाठक तपाईजस्ताहरूका लेखनको शक्तिमा भित्रैसम्म अनुभूति गर्छन् र प्रकाशनको प्रतिक्षारत हुन्छन् ।” आज प्रकाशन संस्थामा जाँदा धेरैले मलाई यसरी चिनेका थाहा पाएँ ।
प्रशङ्ग मेरो ६४ कथाहरूको सङ्ग्रह अनि “कथाको कथा” कार्यपत्र एकैसाथ सम्म्लित हुने एउटै पुस्तक “शान्ति सम्झौता” प्रकाशनका लागि रत्न पुस्तक भण्डार धाउँदा “फेरि २ महिना कुर्नुपर्ने” आस्वासन पाएँ किनकि म केवल लेखनकै बलमा पाठकका लागि लागिपरेको र यीमाथिका अस्त्र फ्याँक्न नसके तापनि “पाठकको माया पाएका लेखक !” भनेर पुनः भनिँदिँदा आज रिजल्टको प्रकाशनको पर्खाइमा उन्मुक्त अनि गमक्क भई फर्किएँ । अहिले पनि सम्पादकज्युले प्रकाशक साहुजीका अगाडि मलाई “साहुजीले त्यो पढ्ने व्यक्तिलाई दिएका छन्, पढ्नलाई त अलि समय लगाइहाल्लान् ।” भनी पुनः २ महिनाको समय पर्खन आग्रह गरे तर मैले “काम सबै सकाइदिनुहोला, पढ्ने मान्छेलाई खुल्ला दिलले पढ्न दिनुपर्छ । म प्रेसर दिन चाहन्न बरु म तपाईंकै समयमा २ महिनापछि नै आउँछु । प्रकाशनचाहिँ समयमै हुनुपर्छ नि है ?” भनी फर्किएँ । उनले पनि “हुन्छ ! हुन्छ ! भइहाल्छ नि” भनेका थिए ।
२०७८ माघ २६
(फेरि दुई महिनापछिको समय)
प्रकाशकहरू पनि बडो गजबका हुँदा रहेछन् । ६ पटकपछिका समय दिएको समयमा जाँदा पनि “अष्ट्रेलिया गइरहेछ एक महिनापछि आउँछ अनि हेर्नलाई एक महिना त लागिहाल्छ ।” भने मलाई ! यति भन्न नपाउँदै “म त्यसो भए दुई महिनापछि आउँछु ।” भनी आँ गर्दा अलङ्कार बुझे झैँ गरी आएँ । के गर्नु यसरी विभिन्न बहानामा प्रकाशकले झुलाउँदा झुलाउँदै मेरो यो “शान्ति सम्झौता” युक्रेन नेटो र रसियामा फसेजस्तो भइरहेछ ।
२०७९ चैत्र २६
(फेरि एक महिनापछि)
“सत्य संघर्षका कथाहरू” तथा “सत्य पौराणिक कथाहरू” मेरा दुई हातहरू हुन् (मेरा यी दुई पुस्तकहरू रत्नपुस्तक भण्डारबाट प्रकाशित भइसकेको छ) भने यी दुईहातहरूको मीलनको हात जोडाइ अवश्य नै “शान्ति सम्झौता” हो ।
“शान्ति सम्झौता” शीघ्र प्रकाशन हुँदैछ प्रतीक्षा गर्नुहोस् !!!
२०७९ बैशख २६
त्यो स्टाटसको एक महिनापछि मैले यसरी फेसबुकमा विज्ञापनिक स्टाटस राखेँ ।
(दुई महिनापछिको रत्न पुस्तकमा दिइएको समय)
आज पुगियो फेरि ताकेताका लागि रत्न पुस्तक भण्डार यही “शान्ति सम्झौता” छिटो प्रकाशन गर्न दबाब दिनका लागि । “अष्ट्रेलियाबाट मानिस त आइसक्यो” रे तर “अब फेरि एकचोटि फोन गरी सोध्छु ।” रे । “तपाईं चाहिँ २ हप्तामा आउनुस्” रे
“त्यो २ हप्ता असार १०मा हुन्छ तपाईकै समय भयो आउँछु । अबचाहिँ असार १०मै । फरक नपरोस् ब्यारे ।” भनी आएँ ।
२०७९ जेठ २६ “त्यो मान्छे हिजो आयो । अब म भोलि उसलाई दिन्छु । उसले हेर्नलाई त कमसेकम पनि दुई हप्ता लगाइहाल्छ ।” चुरोटको सर्को तान्दै मुख बिगार्दै पीडा भगाएसरि भई पब्लिकेशनको साहुले बाहरिको लबीमा फटाफट हिँड्दै भन्यो ।
“बुझेँ साहुजी म अब अरु कुरा गर्ने मुडमा छैन । म दुई हप्तापछि नै आउँछु ।” मैले भनेँ ।
सम्पादकबाट पो समाधान हुने हो कि भनी म खुरु खुरु सम्पादकलाई भेट्न गएँ ।
“तपाइ्र्रंकहाँबाट पास भएर गइसकेको पाण्डुलिपि कहिल्यै रोकिन्नथ्योे, पब्लिस भइहाल्थ्यो । “सत्य संघर्षका कथाहरू” तथा “सत्य पौराणिक कथाहरू” मेरै उदाहरण सप्रमाण यहाँका अगाडि छ । यसपाली किन रोकिएको हो ? दाई १ डेढवर्षपछि तपाईंले सम्पादनको काम सकाएर पास गर्दा पनि तपाईंको साुहुजीले रोकाए । तपाईंको साहुजी पनि कस्तो ! कस्तो !! पाण्डुलिपि पढ्ने व्यक्ति आइसक्यो आइसकेन पनि मिलाउन नसक्ने । पढिसकेकोलाई पनि पढेको छैन बनाइदिने ।”
“यसपाली मैले पनि बुझेको छैन । तपाईंको पाण्डुलिपिलाई किन लट्काएको ? मैले पनि केही बुझ्नै सकिन ।”
सँगै बसेको मेरो छोराले भन्यो “ड्याडी ! उहाँ त हाम्रो स्कूलमा सबभन्दा होमवर्क नगर्ने विद्यार्थीभन्दा खत्रा रहेछ । बहाना बनाउनमा खप्पिस् । पढिसकेको भनिसकेर पनि अझै पढ्न बाँकीमा पो पु¥याए ।”
२०७९–०३–१३
( अर्को पन्ध्र दिनपछिको समय)
“हेर्नुहोस् न । मलाई नै लाज लागिसक्यो । उसले पढेकै छैन माधवजी ! के गर्ने ? अब त सबैको भन्दा पनि तपाईंको पुस्तक पहिले प्रकाशन गर्नुपर्छ । हो भने ! मलाई यस्तो लागिसक्यो । मलाई नै हतार भइसक्यो, धेरै हतार भइसक्यो । दुईटा किताब त यहाँबाट गर्नु भो । अब यो नगर्ने त कुरै छैन, विजयजी ! तपाईंको कुरा गर्नुहुन्छ ।” भन्दै साहित्यकारहरू जमघट भएको उहाँको पुस्तकभण्डारको अफिस कोठामा जानुभयो ।
“माधव दाइ ! उहाँ त पञ्छिएर जानुभयो । आज अलि सकारात्मक कुरा गर्नुभयो तर प्रकाशनको कुरा अझै लट्किरहेको छ । अब म कहिले आऊँ ? अनि पाण्ड्लिपिमा त केही मिलाउनु नपर्ला नि ? बरु आफ्नो भूमिका खण्ड चाहिँ अहिले धेरै समय घर्किसकेकाले समयसन्दर्भ पारेर अलिअलि इडिट गरेर ल्याउँछु है माधव दाई ?”
“हुन्छ नि त्यस्तो मिलाउन बाँकी केही छैन । अलिअलि मिलाउने, सम्पादन गर्ने कुरो ठीकै हो । समय सन्दर्भ अनुसार सच्याएर ल्याइदिनुहोस् म मिलाई दिउँला ।” माधवदाइले भन्नुभयो ।
अनि भेट्नलाई चाहिँ कहिले आउनुपर्ला नि ?
त्यही यस्तै अर्को महिनाको लास्टलास्टमा आउनुहोला नि ।
हुन्छ । त्यसै गर्नुपर्ला ल म गएँ है माधवदाइ ?
२०७९—०३—२६
Comments
Post a Comment