लघुकथा :– युनिक हमाल
लघुकथा :– युनिक हमाल बिजु सुवेदी “विजय” मेरो एकजना अति नै मिल्ने सुरेश हमाल नाम गरेको साथी थियो । हामी स्कूल पढ्दादेखिका साथी थियौं । हामी दुइको रोल नंबर पनि स्कूलमा सधैं एक अङ्कले मात्रै फरक हुन्थ्यो त्यसैले पढ्नमा पनि हामी बीच निक्कै प्रतिस्पर्धा हुन्थ्यो । समयको अन्तराल सँगसँगै उसले क्याम्पस पढ्ने समयमा लभ गरेर बिहे गर्यो । केही समयपछि उसले एउटा छोरो पनि जन्मायो । उ यत्ति खुशी भएको थियो कि त्योभन्दा अगाडि ऊ त्यत्ति खुशि भएको मैले कहिल्यै देखेको थिइन । हुन त उसको लभ सफल भएको बेलामा पनि ऊ अपार खुशि भएको थियो तर छोरो जन्मिँदा ऊ त्योभन्दा पनि बढी खुशि थियो लाग्थ्यो उसले संसार जितेको थियो । एकदिन उसले अचानक मसँग जिद्दी गर्न थाल्यो कि उसको छोराको नाम उसको अति मिल्ने साथी भएको नाताले मैले नै राख्नुपर्छ रे तर उसकी श्रीमतीले भने “हामीहरु दुबै बुढाबुढीले नै राख्दा बेस हुन्छ ।” भनेकी थिई । अनि मैले आफ्नो घाँटीसम्म ल्याइसकेको उसको छोराको नाम नओकली कुनै युनिक नाम राख्न सल्लाह दिएको थिएँ । बिचार हाम्रो भिन्न भएकोले दशवर्षे जनयुद्धको सुरुवातदेखि हामी छुट्टिएका थिय...