अलिकति प्रवचन है साथी–सोम–मित्रहरु


अलिकति प्रवचन है साथी–सोम–मित्रहरु

जस्तो कि मैले पहिले पनि भनिसकेको छु विषयहरुमा आसक्त व्यक्तिहरुका लागि परमसत्यको स्वरुपलाई जात्र एकदमै कठीन हुन्छ । कसैले भनेर आफूलाई साँचामा ढालेका कुराहरुलाई पहिले परित्याग गर्नसक्नुपर्छ ।  अनि आपूmलाई शून्यमा लगेर जे कुरा सप्रमाण चेतनाले देखिएको छ त्यसलाई अनुसरण गरेर मात्रै परमसत्यलाई जात्र सकिन्छ र यस्ता प्रयासहरु निरन्तर गरिनै रहनु पर्छ । त्यसपछि मात्रै चेतनाले आफूले साकार स्वरुपलाई जात्र सक्षम हुन्छ । यसरी के कुरा सत्य हो जात्र सकिन्छ । सामान्यतया जो व्यक्ती देहात्म बुद्धिमा आशक्त हुन्छ ऊ भौतिकवादमा यत्ति लिन हुन्छ कि उसले यो बुझ्न असम्भव जस्तो हुन्छ कि परमात्मा व्यक्ति पनि हुन सक्छ । यस्तो भौतिकवादी व्यक्ति जसको कल्पना सम्म गर्न सक्दैन कि यस्तो पनि दीव्य शरीर छ त्यो नित्य तथा सच्चिदानन्दमय छ । भौतिकवादी धारणाका अनुसार शरीर, नाशवान, अज्ञानी तथा अत्यन्त दुःखमय हुन्छ । अत उनीहरुलाई जब भगवान्को साकार रुपको विषयमा बताइन्छ त उनीहरुका मनमा शरीर सम्बन्धि यो धारणा बनिरहन्छ । यस्ता भौतिकवादी पुरुषहरुका लागि विराट भौतिक जगत्को स्वरुप परमतत्व हो । फलस्वरुप उनीहरु परमेश्वरलाई निराकार मान्दछन् र भौतिकतामा यत्ति तल्लिन रहन्छन् कि भौतिक पदार्थबाट मुक्ति भइसकेपछि पनि आफ्नो स्वरुप बनाइ राख्ने बिचारबाट डराउ्रँछन् । जब उनीहरुलाई यो बताइन्छ कि आध्यात्मिक जीवनमा पनि ब्यक्तिगत तथा साकार हुन्छ उनीहरु पुनः व्यक्ति हुन भयभित हुन्छन् फलतः उनीह्रु निराकार शून्यमा तदाकार हुन मन पराउँछन् । सामान्यतया उनीहरु जीवनको तुलना समुन्द्रको ब्ुलबुलहरुबाट गर्दछन् , जुन टुटिसकेपछि समुन्द्रमै लिन हुन्छन् । पृथक व्यक्तित्वबाट रहित आध्यात्मिक जीवनको यो परमसिद्धि हो । यो जीवनको भयावह अवस्था हो । जुन आध्यात्मिक जीवनको पूर्ण ज्ञानबाट रहित छ । यसका अतिरिक्त यस्ता धेरै मनुष्य छन् जसले आध्यात्मिक जीवनको एक झल्को पनि जनान्दैनन् । अनेकौं वादहरु तथा दार्शनिक चिन्तनको विविध विसङ्गतिहरुबाट हैरान भएर उनीहरु वाक्क दिक्क हुन्छन् अथवा क्रुद्ध हुन्छन् र मूर्खतावश यो निष्कर्ष निकाल्दछन् कि परम कारण जस्तो कुनै कारण हुँदैन अतः प्रत्येक वस्तु अनततोगत्वा शून्य हो । यस्ता व्यक्तिहरु जीवनका रुग्न अवस्थाहरुमा रहनछन् । केही व्यक्तिहरु भौतिकतामा यत्ति आशक्ति हुन्छन् कि उनीहरु आध्यात्मिक जीवनतिर कुनै ध्यान दिँदैनन् र केही व्यक्ति त निराशावस सबै प्रकारका आध्यात्मिक चिन्तनहरुबाट क्रुद्ध भएर प्रत्येक वस्तुमा अविश्यास गर्छन् । यो अन्तिम कोटिका व्यक्तिहरु कुनै न कुनै मादक बस्तुको सहारा लिन्छन् र उनीहरुको मति विभ्रमलाई कहिलेकाहीँ आध्यात्मिक दृष्टि मानिन्छ ।
त्यसर्थ मनुष्यले भौतिक जगतप्रति आशक्तिका तीन अवस्थाबाट छुटकारा हुनु आवश्यक छ त्यो हो आध्यात्मिक जीवनको उपेक्षा , आध्यात्मिक साकार रुपको भय तथा जीवनको हतासताबाट उत्पत्र शून्यताको कल्पना । जीवनका यी तीन अवस्थाहरुबाट छुटकारा पाउनका लागि प्रारम्भमा आत्मसाक्षात्कारताको सामान्य इच्छा हुनु आवश्यक छ । यसबाट मनुष्य यस्ता व्यक्तिहरुसँग सङ्गति गर्ने प्रयास गर्दछन् जो आध्यात्मिक दृष्टिले उठेका छन् ।

बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा