लघु कथा :–जसले जे गरे नि हुने

लघु कथा :–जसले जे गरे नि हुने
बिजु सु्वेदी “विजय”


“पहिले पहिले म भरिया भएर बिभित्र देशमा घुम्न जान्थेँ अनि एकैपटक सकेजति लुगाहरु लगाएर आफुले ल्याउन मिल्ने जति सामानहरु बोकेर नेपाल फर्कन्थेँ । घुम्न पठाउने साहूले यएरपोर्ट मै सबै सामानहरु लिएर मलाई नाङ्गेझार पारेर उसका सबै सामानहरु लिएर ट्याक्सीमा राखेर उसको ब्यापार गर्ने होलसेल पसलसम्म उक्त सामानहरु लैजान्थ्यो । यस्तो काम त्यत्तिबेला म जस्ता कैयौं बेरोजगारहरुले गर्ने गर्दथे । अरु नभए पनि पैसा नभएकाहरुले पनि विदेश देख्ने मौका मिल्दथ्यो । प्लेन चढ्ने मौका मिल्दथ्यो । कहिलेकाहीँ अलमलमा विदेशमा रोकियो भने ३–४ दिनदेखि १०–१५ दिनसम्म पनि विदेशी भूमिमा उनीहरुको रहनसहनसँग भिजिनु पर्दथ्यो । त्यसै सिलसिलामा एकदिन मैले सिँगापुर जानु परेको थियो । प्लेनमा मसँगै एकजना मनाङ्गे पनि सिँगापुर जाँदैथियो । जाँदाखेरि उसँग पनि मसँग जस्तै केही पनि थिएन । पछि मैले पनि सिँगापुरबाट साहूले दिएको पैसाले साहरुले भनेको ठाउँमा बोक्न मिल्नेजत्ति साहूको सामान बोकिवरी लाउन मिल्नेजति दामी दामी लुगाहरु लगाएर प्लेनमा सामानहरु राखेर नेपाल आउन सिटमा बसेको थिएँ । संयोगले उक्त मनाङ्गे पनि मसँगै परेको थियो । उसले ठूलो झोला भरी , सुटकेश भरी प्लेन उड्दा उड्दैमा डलरहरु मिलाउँदै थियो । पेटमा बडेमानको बेल्ट सुनको लगाएको थियो जुन पहिले भेट्दा ऊसँग थिएन । एउटा सुटकेश भरी सुनका विस्क्टै बिस्कुटहरु थियो । त्यसलाई पनि उसले मिलाउन थालेको थियो । यत्तिक्कैमा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । उक्त व्यक्ति भन्सार चेकै नगरी ट्याक्सीबाट गएको यो मेरै आँखाले  प्रत्यक्ष देखेको थिएँ । अरु सबै म लगायत प्लेनका यात्रीहरुलाई भन्सारमा सामान एकएक गरी चेक गरी सकेपछि मात्रै उनीहरुको गन्तव्यका लागि जान दिएका थिए । ” यसरी एकजना व्यक्ति मसँगै चिया पिउँदै आफ्नो धारण राख्दै थियो ।
र उसले अझ प्रष्ट्याउँदै भन्दै थियो कि “ प्रसङ्ग के हो भने  अस्ति काठमाण्डौंमा ३५किलो सुन  लगभग १७ करोड बराबरको  अहिलेसम्मकै सबैभन्दा बढी भनेर पक्डेको समाचार जुन नेपाली मिडियाहरुमा आइरहेका छन् यो सरासर एकदमै वाहियात कुरो हो । ट्रकका ट्रक सामान विना चेकिङ्ग पनि गइराछन् । यो सब भागवण्डा नमिली समातिएको मात्रै हो बस् ।
विदेशमा पनि नहुने होइन हुन्छ तर नेपालमा जुन यस्तो भइरहेको छ भन्सार छलेर देश ठालूहरुलाई मात्र धनी पार्ने यस्तो रवैयाले हाम्रो देश  अधोगति तर्फ गइरहेको छ । देशले राजश्व पाइरहेको छैन । यसको मार वेरोजगार तथा गरिवहरुलाई प्रत्यक्ष परिरहेको छ ।  ”
उसले अझ सशक्त रुपमा भन्दै गयो “ चीनमा जस्तो घुस खानेहरुलाई फाँसी दिने कानून बत्रे हो भने यहाँ कोही नेता पनि बच्दैनन् । ट्रान्स्परेन्सी नेपालले घुस खानेमा नेताहरु नै नंबर १ भनेर नतिजा त निकाल्यो तर सजाएँ दिने निकाय भने मौन भएको बुझि नसक्न् भाछ । ”
उसले व्यङ्गय हान्दै  हाँस्दै भन्यो “ वास्तवमा नेपालमा चाहिँ भागवण्डा मिल्यो भने जस्ले जे भ्रष्टाचार गरे पनि हुने रैछ गाँठे । ”

२०७०/०३/२८
बिजु सुवेदी “विजय”
कुलेश्वर काठमाण्डौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा