लोकतान्त्रिक पद्धतिमा ध्यान दिऊँ ।
नयाँ वर्ष २०७८ले पाइला टेक्यो । अझै पनि हाम्रो देशमा राजनीतिक किचलो व्याप्त छ । यस्तो हुनुको कारण म नै सर्वेसर्वा हुँ , मेरो मात्रै कुर्सीमा बस्ने हक छ , मै मात्र जान्ने हुँ , सबैभन्दा ठुलो भनेको म नै हुँ भन्ने मानसिकताको धङ्धङी प्रमुख कारक तत्त्व हो । यस्तो मानसिकता अनि ढिपी सबैभन्दा पहिले हटाउनु आवश्यक छ । लोकतान्त्रिक पद्धतिअनुसार बहुमतीय पद्धतिलाई अङ्गीकार गर्न नसक्दा कोरोनाको महामारीका बीच यो वितेको २०७७ पुरै सत्ताको रस्साकस्सीको खिचातानीमै सम्पुर्णलाई तमासा देखाउँदैमा वित्यो । यसले गर्दा राजनीतिक दलहरु जहाँ विदेशमा सबै मिलेर महामारीमा राहतमा ध्यान केन्द्रित गरिरहेका बेला जनताका अत्यावश्यक कुराहरुतर्फ ध्यान दिनबाट सबै राजनीतक दलहरु चुके । सवै साधारण जनताहरु चुलुम्मै ऋणमा डुबिरहेका छन् । सर्वप्रथम यस्ता जनताहरुलाई राहतको प्याकेज ल्याउनु जरुरी छ । कृपया यसबारेमा ध्यान पु¥याइदिनुहुन विनम्र अनुरोध गर्दछु । तर राज्यमा बस्नेले मैले यति गरेँ, मैले उति गरेँ भनी आफैले आफैलाई प्रशंसा गरेता पनि ती मिथ्या भए अनि ती कुराहरु सर्वसाधारण जनताको दैलोसम्म पुग्न सकेन । यदि सबै राजनीतिमा ल...