Posts

Showing posts from April, 2025

कथाः “धुलोमा उडेका सपना”

  कथाः “धुलोमा उडेका सपना” पोखराको रमणीय पहाडले घेरिएको त्यो भूभागमा अहिले भव्य अन्तर्राष्ट्रिय विमानस्थल ठडिएको थियो । विमानस्थलको टावर आकाशतर्फ उचालिएको थियो, तर त्यसको छायाँमा गहिरो धाँधलीको कथा लुकेको थियो । (सहरको एक चियापसलमा) अरुण (कागज देखाउँदै)ः “हेर्नुहोस्, रिपोर्ट छ—यो विमानस्थल बनाउन २५ अर्ब खर्च भयो भनिए पनि वास्तविक लागत १० अर्ब पनि थिएन ।” विजय (आश्चर्यचकित हुँदै)ः “के ? बाँकी १५ अर्ब कहाँ हरायो त ?” अरुण (थोरै हाँस्दै)ः “धुलोमा उड्यो ! नेताको बंगला, दलालको गाडी अनि स्वीस बैंकको खातामा गयो होला ।” सन्ध्या (दुःखी हुँदै)ः “हाम्रो पीडित जनता चौरमा पाल टाँगेर बसिरहेका छन्, अनि यी नेता भने सात पुस्ताको सम्पत्ति बनाउने चक्करमा छन् ।” कोरोनाको महामारीका बेला विश्वभरिबाट आएको सहयोगको अधिकांश भाग अलप भयो । सन्ध्या र विजय जस्तै युवा जनशक्ति बेरोजगारीमा डुबिरहेका थिए । एउटा उदाहरण सन्ध्याको गाउँको स्कुल थियो—जसका लागि राहत आएको थियो, तर स्कुलको भित्तोमा अझै पुरानै चिरा परेका थिए । एक दिन अरुणले गहिरो अनुसन्धानपछि विमानस्थल प्रकरण बाहिर ल्यायो । रिपोर्ट प्रकाशित भएपछि केही नेता ...

विद्यालयको अन्तिम पहिलो दिन

Image
 विद्यालयको अन्तिम पहिलो दिन बिहानको घाम एक रङ्गमञ्चको माहोलमा ज्योति थप्ने स्पोटलाइटझैँ झुल्की मलाई पर्दा पछाडि रहेको वादलमाथिको सुन्दर लोकबाट पुकारिरहेको थियो । यस्तैमा निँदरीको घुम्टो ओढी लम्पसार परेको म खै ! एक नाटकको प्रारम्भमा प्रमुख पात्रको परिचय भएजस्तै आफ्नो परिचय भए सम्झी जुरुक्कै उठेँ । ‘वास्तबमा जीवन एक नाटक नै त हो’ भनी मैले आफुलाई सम्झाएँ तर आरोहअवरोहले भरिपुर्ण यस जीवनमा आज केही विशेष घटना घट्न गइरहेको थियो । सायद यस जीवनरूपी नाटकको एक अत्यन्तै महत्त्वपुर्ण उत्कर्ष थियो आज । आज मेरो मनको स्पन्दन पनि अति द्रूत गतिले बग्दै मलाई पार्नु उत्साहित र विह्वल पारिरहेका थिए । त्यस्तो के थियोे र आज यति उत्साहित हुनुमा ? एक बसमा बस्दै यात्रा गर्ने क्रममा जब आफ्नो बसबाट झर्ने पालो आउँछ तब मन अलि भारी हुने नै रैछ हैन र ? त्यस्तै बस चढ्दा चढ्दै म कति छिटो आइपुगेछु नाटकको यस क्षणमा — “विद्यालयको अन्तिम पहिलो दिनमा” । मेरा हातहरूको कम्पनले म एकछिन झस्किएँ र त्यो उः त्यो मेरा विद्यालयका पोशाक लगाउन तयार भएँ । सधैँ झन्झटिलो प्रतीत हुने त्यो पहिरन आज भने अलि फरक सहजपुर्ण अनुभूतियुक्त थि...

सिन्दूरको मौसममा प्रेम

Image
  सिन्दूरको मौसममा प्रेम  जब जीवन आफ्नै गतिमा बगिरहेको थियो, र मन भरी शून्यता थियो । सम्बन्धहरू आए, गए, केहीले चोट दिए, केहीले सम्झना दिए तर त्यसले भने जीवन नै बदलिदियो । चर्किएको ऐनासरि जीवनका छटाहरू विलुप्त भइसकेका थिए । विजयले प्रेममा फेरि कहिल्यै नपर्ने शपथ लिएको धेरै भइसकेको थियो । उनले आफुलाई राम मात्रराम बनाइदियो । प्रेम उसलाई किताबको पात्र लाग्थ्यो — रमाइलो कथामा मात्र सम्भव तर त्यो साँझ, ऊ हिँड्दै थियो — एक्लै, अँध्यारो गल्लीमा, जब उसले उसलाई देख्यो — रितिका । उनले पनि आफुलाई सीता मात्रसीता बनाइदिइन् । उसको आँखामा एउटा शान्ति थियो, जस्तो धेरै कुरा भोगेकी तर केही गुनासो नगरेकी । जस्तो उसको मौनताले विजयशील मनका सबै तुफानहरू शान्त पारिदियो । “मानिसको अचाक्ली भीड, भीडमा सबैको टाउको, अनुहार र शरीर फुस्रे सिन्दूरीय रंगले रंगिएको थियो । अविरै अविरले राताम्मे बनेका ती अनुहारहरूबीच हातहातमा धपक्क बलेका चिरागका समूह अगाडि बढिरहेका थिए । त्यसपछि धिमे र मुस्या बाजा बजाउँदै आएका बाजे समूह, अनि देवीदेवता विराजमान गरिएका खट बोकेर टोलटोल घुम्दै गरेका बालबालिका, युवा र ज्येष्ठ नागरिकह...