लघु कथा :– प्रवृत्ति
लघु कथा :– प्रवृत्ति कथाकार :–बिजु सुवेदी “विजय” एकदिन शहरमा बस्ने दिपकको बिहे गाउँकी एउटी केटीसँग भयो । एकदिन ऊ श्रीमतीसहित पहिलोपटक दशैंमा टिका थाप्न सासु ससुराकहाँ गयो । ऊ शहरको कोलाहल, प्रदुषणदेखि वाक्कदिक्क भएकाले गाउँमा औधी रमाइरहेको थियो । उनकी श्रीमती भने ऊ दङ्ग परेको देखेर रमाइरहेकी थिइन् । उसलाई देख्ने वित्तिक्कै उसलाई ससुराले सोध्यो :– हजुरलाई गाउँ त साह्रै नियास्रो लाग्यो होला ? केही सुविधा भएको होइन यहाँ ज्वाईंसाहेब । दिपकले भन्यो :– कहाँ र बुबा ! शहरको पीडा हजुरलाई के थाहा ? शहरमा सबै सँगै भएर पनि कसैको कसैलाई मतलबै हुँदैन । तर गाउँमा त गाउँका सबै एकै परिवार । शहरमा त प्रदुषणै प्रदुषण, हल्ला पनि त्यत्तिक्कै । गाउँमा त हरियाली नै हरियाली, सबै ठाउँमा शान्त र मनोरम वातावरण । अनि बुबा गाउँमा त सबै खाद्यान्नहरु केमिकलरहित, अर्गानिक र ताजा पाइने । शहरमा भने सबै खाद्यान्नहरु केमिकल भएको जङ्क टाइपको हुने, जेमा पनि साइडइफेक्ट हुने । जुनसुकै कुरा पनि शहरभन्दा मलाई गाउँकै मनपर्यो । गाउँ त स्वर्गै रहेछ हगी बुबा ? गाउँमा गाउँका जसले पनि “शहरका मान्छे ! गाउँ नियास्रो लाग्द...