भोको पेटको समस्या पहिले समाधान हुनुपर्छ ।
नेपालका स्वदेशका २० लाख मजदूरहरु बेरोजगार भएको ६ महिना भइसक्यो । उनीहरुले यही कमाइले छोराछोरीको फिस तिर्ने र परिवारको छाक टार्ने गर्दै आएका थिए । आज विहान टुडिँखेलमा देखेको थिएँ कि कोही ४ दिन, कोही ७ दिन, कोही ८ दिन भो खाना पेटमा नपठाएको भनी भोकले ढल्लाजस्तो भई थररर काँपी भनिरहँदा कसको मन नरोला ? त्यहाँ युवाहरुले स्वतस्फुर्त रुपमा दैनिक २०० जनालाई लकडाउनको समयदेखि खाना खुवाउँदै थिए । ती युवाहरुले भनिरहेका थिए “भोलि पनि खाना ल्याइदिनुस् न है बाबु ? भनी आफुले अभिभावक भन्नुपर्ने व्यक्तिले गुहार्दा कसको मन विक्षिप्त नहोला ? कस्तो ! आत्मा, मनमुटु नभएको सरकार ! गरिवको पार्टी भनी यिनै जनताको भोटले २ तिहाइको सरकार बनाए । उनै सरकारले पेटमा लात हाने । कान्तिपुर, नयाँपत्रिका, अन्नपुर्णपोस्ट आदि तथा टिभीहरुमा पनि यस्ता समाचारहरु आइएसके । सरकारको कानको आँखाको उपचार गर्नुपर्यो ।” लकडाउन खोल्दा पनि अब त मजदूरको रोजगारको ग्यारेन्टी हुने कुनै छाँट छैंन । अफिस सञ्चालन गर्ने साहूहरु भित्रभित्रको सस्तो कोठामा अफिसका सबै समानहरु थन्क्याएर बेपत्ता भइसके । अनौपचारिक तथ्याङ्कअनुसार आजसम्म ८० जना खाना खान नपाई...