रिकापीको राजधानी
विज्ञान कथा :—रिकापीको राजधानी सन् २९५४, अक्टोबर २९ — साँझ ३ः१५ बजे, नियो कान्तिपुर, नेपाल । नियो कान्तिपुर — पृथ्वीको काखमा फैलिएको एउटा अद्भूत नगर, जहाँ प्रकृति र विज्ञानले हातेमालो गरेका छन्, जहाँ आकाशले आफ्नै छालमा सपनाको नक्शा कोरेको छ । बिहानको पहिलो किरण जब सगरमाथाको टुप्पोमा छ्याङ छ्याङ झल्किन्छ, त्यसै क्षण नियो कान्तिपुरका हरेक रूखका पातहरू चिहाउँछन्—जसरी कुनै अन्तरिक्षी यानले सङ्केत पठाउँछ, जीवनको संकेत स्वरूप । सूर्यको उज्यालो यहाँ केवल तातो किरण होइन, विज्ञानको ऊर्जा हो, जसले पहाडका टाकुराबाट नदीका छालसम्म नयाँ चेतना भरिदिन्छ । त्यहाँका हावामा कुनै पृथ्वीजन्य महक मात्र छैन—त्यो त एउटा अज्ञात ग्रहको सासझैँ सुगन्धित छ । बिहानकालको हावा पातलै छ, तर त्यसमा माटो र नीलो ओजोनको हल्का कम्पन मिसिएको छ—मानौं आकाश र पृथ्वी बीच कुनै अदृश्य तरङ्गले निरन्तर संवाद चलिरहेको होस् । खोँचहरूबाट निस्कने कुहिरो अब धुलो होइन, बाष्पित तारा–धुलो हो, जसले सहरको छातामाथि आकाशीय झिलमिल बनाउँछ । त्यो ऊर्जा रातको बेला आकाश हेर्दा नक्षत्रहरू यहाँ पृथ्वीका मानिसहरूका लागि मात्रै चम्कँदैनन्—ति...