अख्तियार पदाधिकारीहरूले मार्ग प्रशस्त नगरे शान्तिपुर्ण प्रदर्शन थाल्ने पनि चेतावनी

  अख्तियार पदाधिकारीहरूले मार्ग प्रशस्त नगरे शान्तिपुर्ण प्रदर्शन थाल्ने पनि चेतावनी

जेन्जी मुभमेन्टको २९औँ दिन असोज २० गते विभिन्न जेन्जी समूहहरुको गठबन्धन जेन्जी मुभमेन्ट एलाइन्स zengi movement Allianceले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पुर्णलाई तत्काल स्वेच्छिक राजिनामा दिन आग्रह गरेको छ र समूहले आयोगका अख्तियार प्रमुख राई लगायतलाई पठाएको पत्रमा जेन्जी आन्दोलन भ्रष्टाचार विरुद्धको अभियान भन्दै यसमा सहयोग गर्न भनिएको छ । अख्तियारमा नेतृत्त्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निस्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएको भन्दै उनीहरूले आयोगको विश्वसनीयता गुमाएको दाबी जेन्जी मुभमेन्ट zengi movement ले जारी गरेको विज्ञप्तीम दाबी गरिएको छ । आयोगका प्रमुख र अन्य आयुक्तिहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्त्वको सरकारले संसदीय सुनुवाइविना गरृेको र त्यसले आयोगको स्वतन्त्रता र निस्पक्षतामाथि प्रश्न उठाएको आरोप पनि लगाइको छ । साथै विशेष अदालतको हालसालैको निर्णयलाई उद्धृत गर्दै आयोगको अभियोजन प्रणाली र प्रमुख आयुक्तको निस्पक्षतामाथि पनि गम्भीर प्रश्न उठेको उल्लेख गरिएको छ , विज्ञप्तीमा अख्तियार प्रमुख राई संलग्न भनिएका नेपाल आयल निगमको जग्गा खरीद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र ह्वाइट बडी विमान प्रकरण उल्लेख गर्दै राईले नैतिकताको आधारमा समेत तत्काल पद छाड्नुपर्ने माग गरेको छ । महाभियोग प्रक्रियामार्फत पद मुक्त गर्न सम्भव नभएकाले राजिनामाबाटै गर्नुपर्ने ठहर आफुहरूको भन्दै विज्ञप्तीम अख्तियारका पदाधिकारीहरूले राजिनामा दिएपछि खुल्ला आवेदन प्रक्रियामार्फत निस्पक्ष नियुक्तिप्रक्रियाअघि बढाउन सकिने पनि भनिएको छ । एलाइन्सAllianceले अनौपचारिक तथा विद्युतीय माध्यमबाट गरिएको यो राजिनामाको माग पुरा नभए असोज २१ गते विहान १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक निवेदन दर्ता गर्ने र दवावमूलक कार्यक्रम अघि बढाउने चेतावनी पनि दिएको छ । प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई पनि यस विषयमा जानकाारी गराएको भन्दै अख्तियार पदाधिकारीहरूले मार्ग प्रशस्त नगरे शान्तिपुर्ण प्रदर्शन थाल्ने पनि चेतावनी दिएको छ ।

जेन्जी मुभमेन्टको ३०औँ दिन आज २०८२ असोज २१मा जेन्जी एलाइन्सका युवाहरुले अख्तियारका अनुसन्धान आयोग प्रमुख आयुक्त प्रेम कुमार राईसहित सम्पूर्ण आयुक्तहरुको राजिनामा माग गरेका छन् । जेन्जी मुभमेन्ट एलाइन्सले आयोगका प्रमुखसहित सम्पूर्ण आयोगका पदाधिकारीहरुको राजिनामा माग्दै आज २१ गते मङ्गलवार आयोगको कार्यालयमा पुगेर पत्रसमेत बुझाएका छन् । ह्वाइटबडी घोटालालगायतका भ्रष्टाचारको मुद्दामा मुछिएका र उनको नेतृत्त्वमा आयोगको निष्पक्षतामा शंका उब्जेको आरोप लगाउँदै जेन्जी मुभमेन्ट एलाइन्सले अख्तियारको कार्यालय काठमाडौँको टंगाल पुगेर निवेदन दर्ता गराएको हो । संसद नभएको अवस्थामा महाभियोग सम्भव नभएकाले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने मागसहित जेन्जी एलाइन्स टंगाल पुगेको हो । एलाइन्सले खुल्ला आवेदन प्रक्रियामार्फत योग्यता र क्षमता भएका नयाँ आयुक्त नियुक्ति गर्न अन्तरिम सरकारसँग माग गर्दै राजिनामा नआए थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने समेत चेतावनी दिएको छ । एलायन्सको तर्फबाट हिजो इमेलमार्फत पनि राईलाई पद छोड्न दवावमूलक पत्र पठाइएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले अलोकतान्त्रिक पद्धतिबाट नियुक्ति गरेको राईसहित आयुक्तहरुले भ्रष्टाचार निष्पक्षतासँग छानविन गर्नेमा शंका रहेको भन्दै जेन्जीहरुले निष्पक्ष मान्छे लिनुपर्नेमा जोड दिएका छन् ।

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा