Posts

Showing posts from June, 2021

मैले देखेको दलित

दलित भनेको भेदभावमा पीडित, दलिएको व्यक्ति, पिल्सिएको व्यक्ति भन्ने बुझिन्छ । कुन क्षेत्रमा मात्र भेदभमाव छैन ? पाइला पाइलामा भेदभाव व्याप्त छ । दलित जातमा मात्र होइन हरेक क्षेत्रमा दलित छन् चाहे त्यो व्यक्ति जतिसुकै उच्च जातका किन नहोस् उसले पनि पिल्सिएर बाँच्नु परेको छ । आजको जायज आवाज दलितको आवाज आएको छ । जताततै छाएको छ । समाचार व्याप्त भएको छ । त्यस्तै दलितको कोटाका विरुद्ध पनि जायज आवाज आएको छ । कोटासम्बन्धी पनि जायज कुराहरू छन् । जस्तो कि कुरो मैले एसएलसी दिएको ०४२ सालतिरको हो । त्यो समय पढ्नका लागि टियूको सरकारी क्याम्पसहरू मात्रै थियो । म त्यो बेला इञ्जिनीयर पढ्न चाहन्थेँ । पुल्चोकमा मात्र इन्जिनीयरीङको क्याम्पस थियो । मैले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको थिएँ । प्रथम श्रेणीमा उत्तीर्ण गर्नेहरू यत्ति थोरै थिए कि गोरखापत्रको आधी पृष्ठमात्र प्रथम श्रेणीकाहरूको सिम्बोल नम्बर थिए । त्यसमाथि राम्रो अङ्कले प्रथम श्रेणी ल्याउने त अत्यन्तै थोरै । त्यसमा म पनि थिएँ । हामीजस्ता प्रायःले कमर्श पढ्न वाध्य हुनुपर्यो । कारण थियो कोटा । त्यो कोटा दूर्गम भेगका लागि बढी हुन्थ्यो । काठमाडौँब...

जेठअसार अङ्कको मधुपर्क पढ्दा

१) कथालाई भिन्न भिन्न कथाकारहरूले कुनै न कुनै संस्कृति, परिवेशमूलक समाजका कुराहरू उप्काएर समाजप्रतिको उत्तरदायित्त्व पुरा गरेको हुन्छ । , २) सञ्चारको क्रान्ति इन्टनेटले पनि साहित्यले एउटा नयाँ उचाइमा परिस्कृत गर्दै पु¥याइसकेको छ ।, ३) मधुपर्क साहित्यिक मासिकको ५३औँ वार्षिकोत्सव पारेर प्रकाशनमा आएको यो कथा सङ्ग्रह विशेषाङ्क कोरोनाको अवधिमा ज्यान गुमाएका साहित्यकार, कलाकारहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । यी माथिका ३ बुँदाहरू समेटी सम्पादकिय लेख बाट सुरुमा देख्न सकिन्छ । कोरोना कहरले मृत भएकाहरू सबैप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ...। कथा मेरो मनपर्ने विधा हो । पढ्न पनि अभिव्यक्त गर्न पनि अनि लेख्न पनि । मधुपर्कको जेठअसारको सँयुक्त अङ्क २५ कथा, २ कथाको परिभाषा, व्याख्या, ८ लघुकथा, नोवरीबट अनुदित १ कथा, थारुबाट अनुदित १ कथा र अन्त्यमा एउटा कथाकारको कथा अनुभव समेटिएका छन् । डा. विन्दु शर्माको “समकालीन नेपाली कथा नवीन आयाम र विमर्श” अनि रजनी ढकालको “आजका नेपाली कथामा समसामयिक चेतना” शीर्षकका आलेखहरू पढ्न पाइयो । यी कथाका व्याख्याहरू समाहित लेख नवआगन्तुक साहित्य प्रेमीहरूल...

ओशोको “समाधितर्फ को यात्रा” पढ्दा

 ओशोको “समाधितर्फ को यात्रा”  पढ्दा  मानवले एकदमै दुःख पाएकाले भगवानले सुखी बनाउने उपाय बताउन एउटा वृद्ध मानव चोला लिएर पृथ्वीमा अवतरित हुनुभयो । जब भगवान्ले मानवरूप लिए संसारको सृष्टि, स्थिति, संहारको कार्यमा विचलन सुरु भयो र सैतानी राज सुरु भयो । तैपनि मानवलाई जसरी पनि राम्रो पारुँ भनेर लागिरहेका बेला जब भगवान्ले ठूलो पागल सैतानी हावा आइरहेका थाहा पाएर एउटा महा ठूलो खाल्टो बनाउनुभयो र संसारका सबैलाई त्यहाँ लुक्न आग्रह गर्नुभयो । तर सबैले “सबै ठिक हुँदा पनि किन खाल्टोमा जानुपर्ने ?” भनेर सबैले उक्त बुढोलाई पागल साबित गरेर टेरेनन् । प्रतिक्रिया मात्रै जनाइरहे । जब सैतानी हावा आयो उक्त बूढोरूपी भगवान मात्रै उक्त गहिरो खाडलमा लुके तर अरू सबैलाई सैतानी हावाले पागल बनाए । जब सैतानी हावा गइसकेको थियो भगवानरूपी वृद्ध खाडलबाट बाहिर निस्के र ती पागल मानवहरूको पागलपन हटाउन लाख प्रयत्न गरे तर सबैले वृद्धलाई नै पागल सावित गरेर हाँसेर उनलाई अटेर गरिरहे । यसरी पृथ्वीवासीका दुःख यथावत् नै भयो । यो त यसै सन्दर्भको एउटा गहिरो अर्थको सानो कथा मात्रै हो । ओशोले कसरी विद्रोहतर्फ बुझेर जान न...