Posts

Showing posts from 2017

लघुकथा :– भोट केमा ?

—भोट कहाँ खसाल्नुहुन्छ ? —मत पेटिकामा । —छाप कहाँ राख्नुहुन्छ नि ? —मतपत्रमा । —भोट कसलाई दिनुहुन्छ ? —राम्रालाई । —तपाईं त साह्रै बाठो हुनुहुन्छ । —यही त हो नि गोप्य मतदान भनेको । —भन्दा फरक पर्छ र ? —पर्छ नि ! किन चित्त नबुझेकाहरुसँग बैरभाव गर्ने । बरु तपाईं पनि गोप्य नै राख्नुहोस् । —अनि पछि जो जित्यो उसैलाई राखेको भन्नलाई ? —त्यस्तो पनि होइन । यो अधिकारको प्रयोग हो । यो मौलिक हकअन्तर्गत पर्दछ । —अनि बहिस्कारवादीजस्तो देखियो नि ? के भन्नुहुन्छ  यसबारेमा ? अब त फस्नुभो तपाईं । —बहिस्कारवादीलाई पनि नो भोट भन्ने अप्सनमा छाप राख्न दिनुपथ्र्यो । यसपाली निर्वाचन आयोग चुक्यो । अर्कोपालीदेखि यो हुन पनि सक्छ । सर्वोच्चमा गइसकेको केश हो यो । अर्कोपाली योभन्दा राम्रो सरकार आयो भने यो अवश्यनै कार्यान्वयन हुनेछ । —तपाईंलाई त धेरै कुरा आउँदो रहेछ । —यो पनि उहाँहरुको अधिकारभित्र पर्छ नि । —यो चुनावले के हुन्छ ? —मत हालेकाले हारे पनि जिते पनि कानुनको जित हुन्छ । राम्रो प्रकृयाको थालनीसहित जित हुन्छ । —खुल्दुली धेरै मेटाइदिनुभयो , धेरै कुरा थाहा पाएँ । तपाईंले भनेजस्तै जनताको कानुनी राज्य कायम ...

इमानदारिता नै कर्ण हार्नुका कारण

Image
महाभारतकालका युगपुरुष थिए कर्ण । उनी सबैभन्दा श्रेष्ठ भएर पनि सबैभन्दा चेपुवामा पर्ने व्यक्ति पनि थिए । उनी हरेक कुरामा निपुर्ण थिए । कर्तव्यपरायणता, इमानदारिताका त उनी खानी नै थिए । पौराणिक इतिहास माहाभारतमा उल्लेख गरिएका कथनहरुका आधारमा यहाँ कर्णको हारका कारण केलाउने प्रयास गरिएको छ । दम्वोद्भवले सूर्यदेवको अत्यन्तै ठूलो तप ग¥यो । सूर्यदेव प्रसन्न भएर प्रकट भई वरदान माग भन्दा उसले ‘अमरत्व’को वरदान माग्यो । सूर्यदेवले यो सम्भव छैन भने । तब उसले माग्यो कि “उसलाई एक हजार दिव्य कवचको सुरक्षा प्राप्त होस् । यीमध्ये एउटा पनि कवच मात्र उसले तोड्न सकोस् जसले एक हजार वर्ष तपस्या गरेको होस् । जसै कोही यसरी कवच तोड्न सक्छ उसको पनि तत्कालै मृत्यु होस् ।” देवताहरुको आसन डगमगाउन नदिन नरनारायण प्रकट भए । हजार वर्षको युद्ध र तपस्यापछि फेरि एउटा कवच टुट्यो र नारायणको मृत्यु भयो । फेरि नरले आएर नारायणलाई पुनर्जीवन दिए । यसरी यो चक्र फेरिफेरि चलिरह्यो । यसप्रकार ९९९ पटक युद्ध भयो । एउटा भाइले युद्ध गर्दा अर्को भाइले तपस्या गरिरहे । हरेक पटकको मृत्युमा अर्को भाइले उनलाई पुनर्जीवन दिन्थे ।  अन्ति...

गणतन्त्रप्रतिको निष्ठा

गणतन्त्रप्रतिको निष्ठा बिजु सुवेदी “विजय” यसपाली चुनावमा उठेको छैन भनेर भन्नुस् । बरु भूमिमा उठेको छु भन्नुस् । १८ दिनको विश्व कीर्तिमान तोडी, नेपाल भरिको १९ दिने कफ्र्यु कसरी विर्सुँ म । नेपालभरिको टेलिफोनको काटेको कसरी बिर्सुं म । नेपालभरिको इन्टरनेट काटेको कसरी बिर्सुं म । आफ्नै घरैमा कति बन्दी बन्यौं कत्ति हरे ! हामी सर्वसाधारण नेपाली । लाखौं जनताको आलो रगतमा होली खेल्ने नरपशुलाई, नर पिचासलाई सजायँ दिने जोहो उसलाई भोट दिने हो । अहिले पनि नाग झैँ सुस्केरा फेरिरहेको छु । त्यसैले गणतन्त्रप्रतिको निष्ठा अपार छ भनेर भन्नुस् । भलै कुनै पार्टी राम्रो नलागेको अवस्था छ । अहिले पनि कसलाई भोट दिने टुङ्गो छैन । तर गणतन्त्र प्रति पुर्ण समर्थन सदा रहनेछ । गणतन्त्रको बदला अरुमा सम्झौता गरिने छैन । हेर मेरो छातीमा गणतन्त्र लेखिएको छ । नशामा मेरो गणतन्त्र बगिरहेको छ । अझै पनि ज्यानै दिनेछु , हे आम जनता ! तिम्रा लागि । धर्तीमाताको सिपाही, सपुत, रखवाला हुँ म । हे गणतन्त्र ! तिमीलाई बचाइछोड्नेछु । अझैगणतन्त्र प्रति समर्थन बब्बाल छ । यसलाई लाहाछाप लगाएर राख्नुस् । मैले ल्याप्चे लगाएर भनिरहेकोछु । गणतन...

लघु कथा :– प्रवृत्ति

लघु कथा :– प्रवृत्ति कथाकार :–बिजु सुवेदी “विजय” एकदिन शहरमा बस्ने दिपकको बिहे गाउँकी एउटी केटीसँग भयो । एकदिन ऊ श्रीमतीसहित पहिलोपटक दशैंमा टिका थाप्न सासु ससुराकहाँ गयो । ऊ शहरको कोलाहल, प्रदुषणदेखि वाक्कदिक्क भएकाले गाउँमा औधी रमाइरहेको थियो । उनकी श्रीमती भने ऊ दङ्ग परेको देखेर रमाइरहेकी थिइन् । उसलाई देख्ने वित्तिक्कै उसलाई ससुराले सोध्यो :– हजुरलाई गाउँ त साह्रै नियास्रो लाग्यो होला ? केही सुविधा भएको होइन यहाँ ज्वाईंसाहेब । दिपकले भन्यो :–  कहाँ र बुबा ! शहरको पीडा हजुरलाई के थाहा ? शहरमा सबै सँगै भएर पनि कसैको कसैलाई मतलबै हुँदैन । तर गाउँमा त  गाउँका सबै एकै परिवार । शहरमा त प्रदुषणै प्रदुषण, हल्ला पनि त्यत्तिक्कै । गाउँमा त हरियाली नै हरियाली, सबै ठाउँमा शान्त र मनोरम वातावरण । अनि बुबा गाउँमा त सबै खाद्यान्नहरु केमिकलरहित, अर्गानिक र ताजा पाइने । शहरमा भने सबै खाद्यान्नहरु केमिकल भएको जङ्क टाइपको हुने, जेमा पनि साइडइफेक्ट हुने । जुनसुकै कुरा पनि शहरभन्दा मलाई गाउँकै मनपर्यो । गाउँ त स्वर्गै रहेछ हगी बुबा ? गाउँमा गाउँका जसले पनि “शहरका मान्छे ! गाउँ नियास्रो लाग्द...

शब्द चित्र २०७१/०६/२२

शब्द चित्र २०७१/०६/२२ भरौटेहरुको केही दोष छैन । उनीहरु निम्न वर्गका हुन् । उनीहरुले यसो नगरेमा उनीहरुको रोजिरोटी चल्दैन । यो उनीहरुको दासी मानसिकता पनि हो । उनीहरु विद्रोह गर्न सक्दैनन् । एकदुईले विद्रोह गरे पनि साथ दिँदैनन् र विद्रोह गर्नेलाई नै परिवारबाट अलग गरी सामन्तीसँग मिलेर आफ्नै रगतका नातालाई पनि यातनामय जीवन, अझ त्योभन्दा कठोर जीवन जिउन वाध्य पार्छन् । देशमा व्याप्त वेश्यावृत्ती, तस्करीहरुको वोलवाला छ । कानुन भनेको खत्तम अवस्थामा छ । जनताहरु व्युँझाउन देशका सपुतहरु प्नि दविएका अवस्थामा छन् । सबै सर्वसाधारण जनताहरु तस्करी र वेश्यावृत्तीको जालोमा परेका छन् । देशका गुरुहरु सिकाएको जस्तो गर्छन् र आफू पनि व्यवहारमा लागू गर्दैनन् । भ्रष्टाचारीको अनेकौं तरिका भनेजस्तो देशमा जतिसुकै सफा सुग्घर गरे पनि फोहोरी खेल खेलिरहेका हुन्छन् । देश आज उनै तस्करी वेश्याहरुको हातमा छ । राम्रो काम गर्नेहरुलाई सताउन सम्म सताउँछन् यहाँ । शहर शहर रहेन अब । सहरमा सर्वसाधारण जनताहरुलाई दास झैं व्यवहार गरिरहेको छ । यहाँ डाक्टरलाई उपचार गर्न दिँइदैन । वैद्यलाई पनि उपचार गर्न दिइँदैन ।...

प्यारी हजुरआमा !

Image
प्यारी हजुरआमा ! अघिल्लो वर्ष दशैंको पुर्णिमाको दिन अन्तिम भेट थियो हाम्रो हजुरको चिताको आगो जलेको आज एक वर्ष भइसकेछ हजुर कुन लोकमा होला ? हजुरको नाममा यो एक वर्ष कुनै सभा समारोहमा गइएन शुभकामना आदान प्रदान गरिएन हजुरले हाम्रा लागि धेरै गर्नुभयो त्यसैका लागि हामीले हजुरका लागि एक वर्ष साँच्यौँ चाहे वालक अवस्थामा कथा भन्नुभएर होस् अनि जुनसुकैबेला फुक्र्याउनु भएर होस् हजूरको माया असीम छ शब्द सब फिक्का भएका छन् हजुरको स्नेह शब्दले गरेर नसकिने रहेछ Many Many happy returns to you खालि हात आउनु पर्ने खालि हात जानुपर्ने आएपछि सबैले जानै पर्ने रहेछ त्यस्तो कुनै दिन छैन जुन दिन हजुरले हामीलाई नराम्रो चिताउनुभएको अब स्मरणमा मात्र हुनुहुन्छ हजुर प्यारी हजुरहआमा ! हजुर जहाँ हुनुहुन्छ त्यहाँ सबै राम्रो होस् यही प्रार्थना गर्दछु । यही प्रार्थना गरिरहन्छु । २०७४ असोज १८ बिजु सेवेदी “विजय” भकतजनमार्ग bijusubedi@gmail.com

लघु कथा :– को ठूलो ?

लघु कथा :– को ठूलो  ? बिजु सुवेदी “विजय” गोपालीलाई सानैदेखि बाँसुरी बजाउन साह्रै मनपथ्र्यो । ठूलो भएपछि उनले बाँसुरी बजाउन  ठूलाठूला बाँसुरीबादकहरुकहाँ चहारे र सिक्दै पनि गए । तर जत्ति सिक्दा पनि जुन गुरुबट पनि “अझै भएन, अझै भएन ” भन्ने मात्र गुनासो सुन्नु पथ्र्यो । हुनत गोपालीले प्रयास नगरेका होइनन् । तर गुरुले “यो मिलेन ऊ मिलेन” भनेकाले गर्दा उनले कुनै पनि कार्यक्रममा भाग लिएर धन आर्जन गर्न पाएनन् । मतलब उनीसँग आफूसँग प्रतिभा प्रचुर मात्रामा भएता पनि, प्रतिभा प्रष्फुटन गर्न भने पैसा खर्च गर्न सक्दैनथे न नै कुनै त्यस्ता आफूले अरुलाई समर्थन गर्ने र त्यसको बदलामा आफूलाई समर्थन गराउन कुनै तिकडम जानेका थिए । तर सङ्गितप्रतिको उनको लगाव तथा लगन प्रचुर मात्रामा भएकाले गर्दा उनले आफूले अवसर नपाएकाले दाह्री पालेर वैराग भएर बाँसुरी बजाएर बस्थे ।   यसरी उनी सधैँ कमाउने कुनै पनि काम छोडेर वैराग भएर बाँसुरी बजाएर बस्न थाले । यसैका कारण उनी कङ्गाल भइसकेका थिए । तर दिनको एकपटक आफूलाई मनपरेको बाँसुरी बजाएर बस्थे । एकदिन छाप्रोमा बसेर बाँसुरी बजाइरेका थिए, त्यो सुरीलो धुन सुनेर मानिसहरु...

लघु कथा :– ग्रञ्ज

Image
लघु कथा :– ग्रञ्ज बिजु सुवेदी “विजय” “बाबु म पनि बूढी भइसकेँ । तेरा बाबा बजार गएको मान्छे दुई दशक भइसक्यो अत्तोपत्तो छैन । तेरो पढाइ पनि पूरा होला जस्तो छैन । पल्ला किराना पसलेको उधारो अहिलेसम्म तिर्न सकेको छैन , वल्लाको पनि त्यस्तै छ । दशैँ पनि आइसक्यो । तेरा लागि नानाचाचा पनि लिन नसकिने भो बा अब । यो दशैँमा तेरा लागि एकजोर लुगा राखिदिऊँ भनेको त्यो पनि पूरा हुने भएन । मलाई माफ गर है छोरा ।” आमा खिन्न भएर गनगन गर्दै हुनुहुन्थ्यो । “आमा ! पीर नगर्नुहोस् । तपाईंको मेरा लागि लुगा एकजोर राख्ने कुरो पूरा भैसक्यो । आमा ! बाबाको सम्झनाले धेरै भावुक नवबनाउनुस् आमा । उहाँको नाम त बेपत्ता परेकाको नाममा पनि छैन आमा ! बाजस्ताहरु हराएको सरकारी तथ्याङ्कभन्दा कैयौं गुणा बेपत्ता छन् आमा । हाम्रो बुबा नै यसको प्रमाण भएपछि अरु के चाहियो र ?” भन्दै छोराले सुँक्कसुँक्क गर्दै आमालाई फकाउन खोज्यो । “पोहोर बाढी पहिरोको सहयोगका लागि भनेर लत्ताकपडा दिँदा झुत्रो भनेर नलिएको जिन्सको ज्याकेट र पाइन्ट छ नि आमा ? आजकाल त्यसलाई ग्रञ्ज भन्छन् । आफुलाई फेशन मन नपरे पनि परिआएपछि म यसपाल...

मित्रता नै अन्य गनुपर्छ र ?

मित्रता नै अन्य गनुपर्छ र ? शब्दहरु लेखिरहदा मेरा हातहरु कापिरहेका छनधड्कन धड्कीरहेका छन्, अनि मष्तिष्कमा भावुक्ता ,अन्यौलता र विवशताले सताइरहेका छन् । विक्षिप्त मनलाई समाल्दै भत्किएका आशाहरुमा फेरी उकासो लगाउने प्रयास गर्दै शब्दहरु ओकल्दै छु आशा छ स्वृकार गर्छौ भन्ने । अस्मी, हाम्रो मित्रको डोरिलाई तिमीले टुन्ग्याउने विचार गरिछ्यौ ! खै !किन तिमीमा म प्रति वितृष्णा जागेर आयो थाहा भएन । किन यती सजिलै तिमीले हाम्रो मित्रतालाई पूर्णविराम दिने विचार गर्यो ?कतै तिमीलाई कसैले मेरा बारेमा नराम्रा कुरा लगाएर भ्रम त छरेका त छैनन ? तर कसैको भ्रमीत कुराहरुमा हाम्रो विश्वास यसरी सजिलै डगमगाउला भन्ने मलाई लागेको थिएन । अस्मी, तिमी जस्ती शिक्षित नारी पनि किन अन्धि बनेकी ? तिमीले त बुझ्नु पर्ने जिन्दगीका मोडहरुलाई । हो जिन्दगीमा राम्रा नराम्रामोडहरु हाम्रा अगाडी काडेतार बनेर आउँछन । हामीले आफैले डिसीजन गर्नुपर्छ कुनबाटो हिड्ने भन्ने । राम्रोमा भन्दा नराम्राबाटहरुमा कदम बढाउन सजिलो हुन्छ तर पछि त्यसले दिने अप्ठ्याराहरुले जिन्दगी नै निराश बनाउछ । त्यसैले क्षणीक सुख र सन्तुष्टिका लागि तिमीले पनि गलतबाट...

हाम्रो सानो परिवार ।

Image

हाम्रो सानो परिवार ।

Image

गणतन्त्र

गणतन्त्र बिजु सुवेदी “विजय” देश कै लागि अङ्ग र भङ्ग भएथे जनता बेपत्ता भए अहिले सम्म पाएन ठेगाना कैयौं ले हाँसी त्यागेर प्राण गरेथे त्यो बाजी यसरी लाखौं सहिद भए सङ्ग्रामी त्यो घडी मिल्काइ फाले अघिमा बढी राजाको शासन हकको लागि लडेर ल्याए हटाई दमन कुनै नि नेता नबनौं अब राजाको जसरी गणको तन्त्र आइमा सक्यो स्याहारौं बेस्करी यो गण तन्त्र सबैका लागि महान उत्सव सबैको दैलो पुर्याइ हालौं यसकों प्रकाश छुवा र छुत भएका ठाउँ निसाफ दिलाऔं कन्दरा कुना पुर्याइ गाउँ विभेद हटाऔं यो गण तन्त्र सर्वत्र लगी बहार फैलाऔं सङ्घर्ष धेरै गरेर अझै विथोल्न नदिऔं शसक्त पारौं कम्मर कसौं सदा नै बचाऔं यो गण तन्त्र नेपाल लाई सलामी चढाऔं लय :–३+२, ३+२, ३+३ जम्मा १६ नोट :– गणतन्त्र त आयो यसलाई तुरन्तै सँस्थागत पनि गर, गरिव जनताको झुपडीसम्म पनि पु¥याऊ, नेपाल सरकार भन्दै २०७४ जेठ १५को १०औं गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पुर्ण दिदीवहिनी दाजुभाइ शुभचिन्तकहरुमा भावपुर्ण शुभ–कामना सहित । २०७४ जेठ १३ बिजु सुवेदी “विजय” भम्तजन मार्ग, काठमाण्डौं bijusubedi@gmail.com

प्रधानमन्त्री ‘प्रचण्ड’ द्वारा देशबासीका नाममा सम्बोधन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबासीका नाममा सम्बोधन गर्दै पदबाट राजिनामा दिनुभएको छ । प्रचण्ड द्वारा देशबासीको नाममा गरेको सम्वोधनको पुर्ण पाठ यसप्रकार रहेको छ । स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु  ! सर्वप्रथम म नया“ नेपाल निर्माणका लागि बलिदान दिने वीर शहीदहरु, बेपत्ता र घाइते योद्धाहरुप्रति हार्दिक श्रद्धा एवं सम्मान तथा विभिन्न लोकतान्त्रिक र न्यायपूर्ण आन्दोलनका सबै सहभागीप्रति आभार प्रकट गर्दछु । यो विशेष सम्बोधन म हिजो नै संसदमार्फत् गर्न चाहन्थे“ । तर, संसदमा रहेको अवरोधपछि आज सिधै जनतासामू उपस्थित भएको छु । आदरणीय जनसमुदायलाई राम्ररी थाहा छ, प्रधानमन्त्रीका रुपमा मैले अत्यन्त प्रतिकूल परिस्थिति बिरासतमा पाएको थिए“ । त्यतिखेर संविधान कार्यान्वयनको गति अत्यन्त सुस्त र राजनीतिक वातावरण पनि अन्यन्त तनावपूर्ण थियो । एकथरी निराशावादीले अब नेपाल राजनीतिक र संवैधानिक शून्यतामा जाने भविष्यवाणी गरिरहेका थिए र अर्काथरीले राष्ट्रिय अखण्डतामै आशंका गरिरहेका थिए । सबै आर्थिक सूचकांकहरु निराशाजनक थिए । २० घण्टासम्मको लोडसेडिङ सामान...

कथा प्रकाशित गर्ने पत्रिकाहरूको इमेल ठेगाना

*कथा प्रकाशित गर्ने पत्रिकाहरूको इमेल (ठेगाना)** नयाँ पत्रिका, कान्तिपुर तथा गोरखापत्र राष्ट्रिय दैनिकमा लेख तथा शनिवारीय परिशिष्टाङ्कमा साहित्य छपाउन पठाउने इमेल ठेगाना यसमा समावेश गरेको छु । नयाँपत्रिका राष्ट्रिय दैनिकमा लेख तथा प्रतित्रियाका लागि opinion@nayapatrikadaily.com, comment@nayapatrika.com, letter@nayapatrika.com साथै यस अन्तर्गत कथा प्रकाशित गर्ने पत्रिकाहरूको इमेल (ठेगाना) दिने प्रयत्न गरिएको छ | कृपया तपाईंलाई पनि कथा प्रकाशित गर्ने कुनै पत्रिकाहरूको इमेल (ठेगाना) थाहा भए 'कमेन्ट'मा गएर जानकारी गराउनुहोस् | म त्यसलाई माथि 'इडिट' गरेर समावेश गर्नेछु | साथै, अरू पनि पत्रिकाहरूको इमेल (ठेगाना) जानकारी हुँदै आए अनुसार दिंदै जानेछु | यसबाट कथाकारहरूलाई आफ्ना कथा पत्रिकामा प्रेषित गर्न सहज हुने अपेक्षा राखेको व्यहोरा अनुरोध छ | मधुपर्क (गोरखापत्र संस्थान, धर्मपथ, काठमाडौँबाट प्रकाशित)को इमेल : madhupark.gopa@yahoo.com गरिमा (साझाप्रकाशन, पुल्चोक, ललितपुरबाट प्रकाशित)को इमेल : sajhap.garima@gmail.com स्वर्णगजुर' त्रैमासिक (भक्तपुर साहित्यिक समाजको...

आमा

आमा गर्भमा स्नेहले हुर्काउने आमा धर्तीको काखमा थाम्ने प्रकृति आमा आत्मालाई जन्मदिने परमात्मा आमा दिन त के नै सक्छु र सबै तिम्रै त हो नि त्यसैले तिम्रो अगाडि, म सधैं फुच्चे नै त हुँ म तुच्छ प्राणीले दिने भनेको केवल श्रद्धा हो केवल आदर हो केवल सम्मान हो तिमीलाई खुसी तुल्याउन आफु असल बन्ने हो यही नै तिमी प्रतिको समर्पण हो दुःख साराजग हटाउन तिमीलाई सघाउने हो यसरी नै असल कर्म गर्दै जाने हो त्यसैले स्वर्ग भनेको नै आमा हो जय आमा आमाको विजय नै मेरो विजय हो वर्षको ३६५ दिन नै तिम्रो उत्सव हो । २०७४ बैशाख १२ बिजु सुवेदी “विजय” भक्तजन मार्ग, काठमाण्डौं bijusubedi@gmail.com

सहिद तिमी (गीति कविता )

गीति कविता :– सहिद तिमी बिजु सुवेदी “विजय” लय ३+२ विश्राम ३+२ विश्राम ३+३ जम्मा १६ मात्रा सहिद तिमी तिम्रो त अझै इमान बाँकी छ भट्काइ रह्यो आखिरि सम्म कस्तो यो परीक्षा यौवन माद छ कस्तो यस्तो अतृप्त शरीर दुनियाँ हरे सुति नै रह्यो मशाल बनेन सुताई यस्तो भिखारी जस्तो भूकम्प आयो नि जति नै पाठ पढाए पनि कस्तो यो मरण ऊ भयोे ज्ञानी मृत्युको भय गर्दछ सधैं नै मष्तक मोह गर्दैन जस्ले ऊ चाहीँ अज्ञानी मैले त देखेँ आवाद गर्ने त्यो हो नि चेहरा डग्दैन कतै हार्दैन कतै अथक ऊ योद्धा गरिब जल्दा जल्दछ ऊ नै अभय भएर रक्तिम आभा उसको हेर सदाको लक्ष्य छ प्रभात यदि अस्ताए पनि निराश नबनौं धर्तीको अर्को पाटोमा दिन्छ प्रकाश उसले २०७४ बैशाख २ बिजु सुवेदी “विजय” भक्तजन मार्ग bijusubedi@gmail.com

वर्तमानमा जिउने कला छ नयाँ वर्षमा

उकाली ओराली पार गर्दै २०७३ साल पनि वितिसक्यो । २०७४ सालदेखि हरेक पल आशा गरे अनूरुप मङ्गलमय होस्  यही शुभ–कामना गरौं । नूतन वर्षको स्वर्ण रश्मीले छरेर गगन आल्हादित होस् । समुच्च विश्व नै हर्षित, प्रमुदित र उत्साहित होस् । हृदय सरोवर होस् । वन्धुत्व सर्वत्र छाओस् । जनजनमा उल्लास आओस् । यस्तो खुसी आओस् जसले भेदभाव तोडिदेओस् । नवल लालीले सारा जगतलाई उन्मादित गरिदेओस् । आयो नयाँ वर्ष तपाईंको दैलोमा, ढकढकाइरहेछ बारम्बार ढोकामा । वितेका वर्षका भारी विसाई ल्याइसक्यो नयाँ प्रेम उमङ्ग । दुबै हात फैलाई स्वागत गरेको छु नव वर्ष तिमीलाई । ईंश्वरलाई पनि धन्यवाद दिएको छु । आउनुहोस् सबैजना नयाँ वर्षको पहिलो कुञ्ज प्रभातको मिर्मिरे हेरौं । अनि सङ्कल्प गरौं । मेटौं आपसी वैरभाव । आपसमा बाडौं उपहार । सबैजना बनौं साथी आत्मीय । सबै समाज मिली देशलाई प्रेमील बनाऔं । नयाँ उमङ्गले सिकौं भुलिसकेको प्रेमलाई । संसारलाई भनौं “हामी एक हौ” । यही विजयको प्रेमले सबैलाई दिऊँ नयाँ वर्षको शुभ–कामना ।  पहिलेको जे छ राम्रो त्यसलाई लिएर अघि बढौं । पहिलेको जे छ खराब त्यसलाई भुलौं । नयाँ सपनाका साथ होस् तपाईंको...

सन्दर्भ :–वागमती सफाइ अभियान २०० हप्ता

सन्दर्भ :–वागमती सफाइ अभियान २०० हप्ता बिजु सुवेदी “विजय” आजबाट बागमती सफाइ अभियान २०० हप्ताका प्रवेश गरेको छ । प्रत्येक हप्ता काठमाण्डौं उपत्यकाबाट कम्तीमा पनि ५ मेट्रिक टन फोहोर विसर्जन भइरहेको छ तर फोहोरको समस्या ज्यूँ का तिऊँ भई पनि रहेको छ । यो सफाइ अभियान हात्तीको देखाउने दाँत भइरहेको छ ।  मिडियामा फोहोर सफा गरेको फोटो राखेर आफूलाई महान देखाउन घम्साघम्सी नै छ । यस्तो अझै ४०० हप्ता पुगे पनि कायापलट रुपमा शहर सफा हुनेवाला छैन । यो सफाइका लागि सबैमा चेतना हुनु जरुरी छ । फोहोर गरेकोलई सफा गर्ने अभियान होइन कि रोग लागेको लाई उपचार जस्तो होइन कि यस्तो कुनै पनि रोग हुनै नदिने अनि किन उपचारको जररत पर्यो ? सबै ३ करोड नेपालीलाई फोहोर कतै पनि नगर्ने कडाइका साथ दैनिक अभियान चलाउनु जरुरी छ । यसका लागि दैनिक उत्पन्न हुने फोहोरलाई सबैजनाले सधैं नै उचित व्यवस्थापन गर्नु पर्ने हुन्छ । अनि हेर्नुस् हाम्रो नेपाल एकैचोटि सिँगापुर हुनेछ । बेलैमा ध्यान दिएन भने सिँगानपुर हुनेछ । अरु के भनौं यो नेताको भाषणजस्तो भनेको पनि होइन । मुख्य चुरो कुरो भनेको फोहोरलाई उचित व्यवस्थापन भन्नाले ...

लघुकथा :–छोरीको सन्देश

गीत कविता :– मर्यादित गरौं

गीत कविता :– मर्यादित गरौं बिजु सुवेदी “विजय” मर्यादित पेशा सम्मान गरौं कहिल्यै नलोभ्यौं । जस्तोसुकै दुःख भएता पनि डटेर सपारौं ।। डाक्टरको पेशा यस्तै नै हो नि खराब नबनौें । किड्नी बेच्ने ठग माफिया बनी जनता नठगौं । क्लिनिकको ढोका धाउन वाध्य कदापि नपारौं । साहित्यको सेवा आदर गरी अथक लम्किऔं । छाडा यौन पस्की घृणित पारी विभ्रम नगरौं । घुसखोरीे गरी इनाम दिई ंअन्याय नगरौं । शिक्षणको पेशा सुचारु गरी विद्यार्थी सपारौं । ट्युशनको लोभ देखाई धज्जी पढाइ नरोकौंं । अनुत्तीर्ण लाई देखाई लोभ उत्तीर्ण नगरौं । कलाकार पेशा गर्विलो हो नि मनन गरौं लौ । कथाले नै माग्या भनेको भनी नबनौं नगिरौं । नगदको बल इनाम लिई बेतुक नगरौ । वकिलको कर्म न्यायको हो नि यसै मै जुटौं लौ । विपक्षमा लागी अन्याय गरी धनमा नभुलौं । सबैलाई न्याय गरेर डटौं प्रकाश फैलाऔं । लय :–४+२ विश्राम ३+२ विश्राम ३+३ जम्मा १७ २०७३ पुस २३ शनिवार बिजु सुवेदी “विजय” भक्तजन मार्ग, काठमाण्डौं bijusubedi@gmail.com