सहिद तिमी (गीति कविता )
गीति कविता :– सहिद तिमी
बिजु सुवेदी “विजय”
लय ३+२ विश्राम ३+२ विश्राम ३+३ जम्मा १६ मात्रा
सहिद तिमी तिम्रो त अझै इमान बाँकी छ
भट्काइ रह्यो आखिरि सम्म कस्तो यो परीक्षा
यौवन माद छ कस्तो यस्तो अतृप्त शरीर
दुनियाँ हरे सुति नै रह्यो मशाल बनेन
सुताई यस्तो भिखारी जस्तो भूकम्प आयो नि
जति नै पाठ पढाए पनि कस्तो यो मरण
ऊ भयोे ज्ञानी मृत्युको भय गर्दछ सधैं नै
मष्तक मोह गर्दैन जस्ले ऊ चाहीँ अज्ञानी
मैले त देखेँ आवाद गर्ने त्यो हो नि चेहरा
डग्दैन कतै हार्दैन कतै अथक ऊ योद्धा
गरिब जल्दा जल्दछ ऊ नै अभय भएर
रक्तिम आभा उसको हेर सदाको लक्ष्य छ
प्रभात यदि अस्ताए पनि निराश नबनौं
धर्तीको अर्को पाटोमा दिन्छ प्रकाश उसले
२०७४ बैशाख २
बिजु सुवेदी “विजय”
भक्तजन मार्ग
bijusubedi@gmail.com
बिजु सुवेदी “विजय”
लय ३+२ विश्राम ३+२ विश्राम ३+३ जम्मा १६ मात्रा
सहिद तिमी तिम्रो त अझै इमान बाँकी छ
भट्काइ रह्यो आखिरि सम्म कस्तो यो परीक्षा
यौवन माद छ कस्तो यस्तो अतृप्त शरीर
दुनियाँ हरे सुति नै रह्यो मशाल बनेन
सुताई यस्तो भिखारी जस्तो भूकम्प आयो नि
जति नै पाठ पढाए पनि कस्तो यो मरण
ऊ भयोे ज्ञानी मृत्युको भय गर्दछ सधैं नै
मष्तक मोह गर्दैन जस्ले ऊ चाहीँ अज्ञानी
मैले त देखेँ आवाद गर्ने त्यो हो नि चेहरा
डग्दैन कतै हार्दैन कतै अथक ऊ योद्धा
गरिब जल्दा जल्दछ ऊ नै अभय भएर
रक्तिम आभा उसको हेर सदाको लक्ष्य छ
प्रभात यदि अस्ताए पनि निराश नबनौं
धर्तीको अर्को पाटोमा दिन्छ प्रकाश उसले
२०७४ बैशाख २
बिजु सुवेदी “विजय”
भक्तजन मार्ग
bijusubedi@gmail.com
Comments
Post a Comment