Posts

Showing posts from September, 2024

बाढीपहिरोको चपेटामा नेपाल

 बाढीपहिरोको चपेटामा नेपाल २०८१ असोज १२ नेपालका लागि कालो दिन भयो । बाढी र पहिरोको चपेटामा परेर दारुण स्थिति बनायो । इतिहास हेर्ने हो भने अहिलेको नेपालमा भएको औसत वर्षा ३०० मिमिकोसँग तुलना गर्ने हो भने १०-१२ मिमि मात्र कम वर्षा आजभन्दा साठी वर्ष पहिले हुँदा अहिले जति नोक्सान भएको थिएन । त्यसपछि आजभन्दा २२ वर्ष पहिले मात्र आजभन्दा आधी जति मात्र वर्षा हुँदा पनि धेरै नोक्सान पारेको थियो । यसको प्रमुख कारणमा रुख विरुवाहरु राम्ररी प्रशस्त रोपी नदिँदा कँक्रितको जङ्गल बनाउने लालसाले पहिरोको जोखिम बढिरहेको छ । खोला किनारका आलिसान भवन पनि गल्र्याम्मै ढलेको पनि पाइयो । कति ठाउँ भास्सिएको पनि पाइयो । सयभन्दा बढी नेपालीले इहलीला समाप्त गरिसकेका छन् । अहिले रात्रिकालीन बसका यात्रा सबै स्थगित गरिएका छन् । डोमेस्टिक उडान पनि रद्द भइरहेको छ । खोलाको सतह बढेर बाटोमा बग्न थालेको छ । लगातारको ३ दिनको वर्षपछि अहिले पानी रोकिँदा धेरै राहतको महसुस भइरहेको छ । काठमाडौँ उपत्यकाजस्तो ठाउँमा समेत पानीले धेरै नै हृदयविदारक नोक्सान गरेको छ । बाहिर जाने नाका सबै बाढी र पहिरोको नोक्सानले नाकाबन्दी भइरहेको छ । य...

शाकाहारी बनौँ

Image
शाकाहारी बनौँ आज महाअष्टमी कालरात्रिको उपासना, भक्ति, पुजा, बन्दना, अर्चना, पाठ, जप, तप, यन्त्र, ध्यान, मुद्रा आदिले भावनाले युक्त भई गर्ने महाअवसर हो । यस कालरात्रिमा अमृतको वर्षा गराएर सबै उजाड ठाउँमा अमृत वहार ल्याई शिशिररूपि समयलाई वसन्तमा कायापलट गर्न अहिँसात्मक आन्दोलन गर्न जरूरी छ । शान्ति कारक हानी रहित, शाकाहारको प्रत्येक अक्षरको मूख्य भाव हो । प्रस्तुत छ आज हामी शाकाहार र अहिँसा मूल विषयको वरिपरि रहेर आध्यात्मिक एवम् भौतीक दृष्टिकोणले विस्तृत अध्ययन अनुसन्धान तथा विश्लेषण गरौँँ । अहिँसा मानवीय मूल्यको मार्ग भगवत प्राप्ती सबैभन्दा ठुलो कर्म हो । यो एउटा निस्छल, निर्मल अनि निस्कलङ्क कार्य हो । यसमा निकै ठूलो ऊर्जा हुन्छ । व्रह्माण्ड अनि व्रह्माण्डीय शक्तिसँग साक्षत्कार हुन्छ । यो ठूलो पुन्य अनि सोपान हो । हामी सत्त्वगुणी भएमा मात्र भगवत प्राप्ती हुन्छ । सत्त्वगुणी हुन शाकाहार अभिन्न आवश्यक हुन्छ । त्योभन्दा झन् अहिँसा आवश्यक हुन्छ । त्यसैले अहिँसाविना भगवत् प्राप्ति हुनै सक्दैन । त्यसैले अहिँसा भागवत प्राप्ति हो । अहिँसा नौरथाकी दुर्गामाता हुन् । अहिँसा भगवती हुन् । अहिँसा प्रि...

भ्रष्टाचार

भ्रष्टाचार  जनआक्रोसको ज्वाला दवाउन नसक्दा विद्रेही भनाउँदा पार्टीमार्फत भ्रष्टाचारका फाइलहरु पल्टिए । त्यसमा दुई प्रमुख दलका ठूला माछाहरु पर्ने निश्चित भयो । एउटा प्रखर पत्रकारले त्यसका एक एक प्रमाण केलाएर भोलिको पत्रिकामा प्रकाशन गर्न प्रमाणित गरिसकेका थिए । रातारात विद्रोहीको सत्ता ढल्यो । दुई प्रमुख दलको सरकार बन्यो । पत्रकारले भनिरहेका थिए कि त्यो दुई प्रमुख दल त मोहरा मात्र हुन् त्यसभन्दा माथि हुने भ्रष्टाचारका अन्तराष्ट्रिय फाइलहरु पनि खुल्नेवाला छ , त्यो कारवाहीका लागि त विद्रोहीका बाउको सरकार भएमा मात्र सकिन्छ । भोलि हुन नपाउँदै उक्त पत्रकिाको प्रकाशन नै बन्द भयो भने उक्त प्रखर पत्रकारले दुई करोड सत्र लाख नगद अपचलन गरेको महाअभियोगको फैसला न्यायाधीशले सुनायो । विद्रेहीमार्फत भ्रष्टाचारको फाइल खुलेकोमा प्रखर पत्रकार पक्राउ परेको समाचार आजको सबै राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन भइरहेको छ । २०८१ असोज १३ बिजु सुवेदी विजय

लघु कथा ः देश दुर्घटना

 लघु कथा ः देश दुर्घटना हाड घोटी घोटी मेहनत गरेर के गर्ने ? उसले आज विहान विहानी हिँडाइमा गएका बेला धेरै थकित हुँदा पानीले घोरसँग प्यास लाग्दा पनि उसले सामाजिक सञ्जालमा लेख्ने स्टाटस सोच्यो====== “अभावमा आधी रोटी बाँडी चुँडी खाउँ भन्छ यस्तो माया गरीबको मनले मुटुभित्रसम्म छोइदिन्छ ।” ऊसँग पानी किन्ने पैसा थिएन । धन्न एकठाउँमा त्यो भदौरे गृष्मको समयमा निःशुल्क पानीमा उसको नयनहरु केन्द्रित भयो । विचरा ! उसले त्यहाँ एउटा सिक्का खसाल्यो तर पानी आएन तर त्यहाँ सूचना लेखिएको थियो कि रु १ को सिक्का खसाल्नुहोस् चिसो पानीले प्यास मेटाउन महानगरको नागरिकसँग ऐक्यबद्धता । तर त्यो ऐक्एबद्धतामा उसको सिक्कासमेत निलिदियो पानी नपाएर ऊ झन् तीव्र प्यासी भयो । फेरि अर्को सिक्का पनि त्यसै निलिदियो “जसरी चक्रवर्ती महाराजले चक्रवर्ती व्याजले गरीबलाई निलेझैँ लाग्यो !” उसले यसरी भडास पोख्यो महानगरका नगरपितालाई । धन्न उसले सखारै त्यो नीलो जारको पानी वरै देख्यो अनि अञ्जुलीथापी पानी पियो र सम्झ्यो कि उसका हजुरबुबा यस्तै मेसोमा भादगाउँले टोपीले ती वरा ढुङ्गेधारामा चीसो पानी पिउँथे । पानी पिएर लामो सास खुइएए तानेर...

आमा दिदीबहिनीहरुलाई निषेधाज्ञा किन !!!?

 आमा दिदीबहिनीहरुलाई निषेधाज्ञा किन !!!? कहाँ जाँदैछ्यौ यति राति ? दाइ ! त्यो ! साथीको वर्थडे पार्टीमा जाँदैछु । कहिँपनि जान पाउँदिनौ । भित्र जानू । किन !!! किन !!! तँलाई थाहा छैन ? बाहिरको वातावरण कत्ति विग्रिएको छ ? सेफ छैन केटीहरुका लागि बाहिर जानका लागि !!! हो त !!! दाई !!! म सबै सँगै त जाँदैछु । मेरा अरु साथीहरु पनि जाँदैछन् । थुप्रै साथीहरु आइरहेका छन् । सबै केटीहरु नै हुन् । जे सुकै होस् !!! नजानू भनेपछि नजानू !!! आजकलको समयको ठेगान छैन कहिले कहाँ के हुने हो ? ठिक छ भित्र जाऊ  । मलाई मन परेन । जहाँ पनि जाने हो दिउँसै जाने गर । तर दाई !!! मैले उनीहरुलाई हुन्छ भनिसकेँ र म आउँदैछु भनिसकेकी छु । भनिसकेकी छ्यौ त के भो !!!? आउँदिन भनीदे । तेरो सेफ्टीभन्दा जरुरी छ कि के तेरो पार्टी !!!? तर !!! बाबाले त हुन्छ भन्नुभइसक्नुभो !!! हैन त ? अरे !!! बाबालाई के थाहा ? बाहिरको वातावरण के छ ! के भइरहेको छ ! के भइरहेको छैन ! जा भित्र !!! जा ! जा !! जा !!! २ (छारो फोनमा कुरा गर्दै) अरु को को आउँदैछन् ? साँचो कुरा वताऊ रिया आउँदैछिन् के ? ठिक छ सुन ! मेरो एउटा काम गरिदेऊ । ऊसँग मेरो हाईहेल...